रेडहेरिङको सूचीमा एफ वन सफ्ट (F1Soft Listed on Red herring))

Wednesday
मोबाइल बैकिङ र सूचना प्रविधिसम्बन्धी सफ्टवेयर निर्माता कम्पनी एफ वान सफ्ट इन्टरनेसनललाई रेडहेरिङले २०१२ का लागि एसियामा नवीनतम प्रविधिका लागि काम गर्ने कम्पनीको अन्तिम सूचीमा सूचीकृत गरेको छ । 
रेडहेरिङले सूचीकृत गर्ने एसियामा नवीनतम प्रविधिका लागि काम गर्ने कम्पनीको सूचीमा पर्ने एफ वान सफ्ट नेपालको पहिलो कम्पनी भएको जनाइएको छ । रेडहेरिङले विश्वमा पुराना प्रविधिलाई विस्थापित गर्दै नयाँ प्रविधि अपनाउने सूचना प्रविधिसम्बन्धी कम्पनीलाई सम्मानित गर्न यस्तो सूची बनाउँछ । रेडहेरिङले सामाजिक सञ्जाल फेसबुक, टिवट्रजस्ता कम्पनीलाई पनि सुरुवाती दिनमा भविष्यका सम्भावनायुक्त कम्पनीका रूपमा सूचीकृत गरेको थियो । 
रेडहेरिङका प्रकाशक एवं प्रमुख कार्यकारी एलेक्स भियक्सले एफ वान सफ्टमा भविष्यका लागि ठूलो सम्भावना देखिएका कारण एक सयको सूचीमा राखिएको बताए । एफ वान सफ्टका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो कम्पनी सूचीकृत भएपछि गर्व महसुस भएको बताए ।
More details about red herring listed company:- http://www.redherring.com/red-herring-asia/asia-2012-finalists/
प्रकाशित मिति: २०६९ भाद्र १४ (कान्तिपुर)
Read more ...

सेक्स पार्टी गर्न खोज्ने पक्राउ फेसबुकबाट

Tuesday
              सामाजिक सञ्जाल साइट फेसबुकमा बुङ्गा बुङ्गा नामको सेक्स पार्टी गर्न सूचना राख्ने ४० वर्षका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार जिल्ला मोरङ हनुमान मन्दिर टोल - ६ विराटनगर स्थायी ठेगाना भई कुमारीगाल (नयाँ बस्ती) बस्ने किर्तन पोखरेल पक्राउ परेका हुन्।
Web hosting
              उनले फेसबुकमा कृशी कृशको नामबाट बुङ्गा बुङ्गा इभेन्ट बनाएका थिए। सो पार्टीमा १० देखि १७ वर्ष उमेरका किशोरीहरु समावेश गरी उनीहरुबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने ब्यक्तिहरुका लागी दुई हजार यूरो खर्च लाग्ने भन्ने सूचना प्रवाह गरेको देखिएको सिआइबीले बताएको छ।

                पोखरेल अन्तर्राष्ट्रिय रुपमा यौन पर्यटन कार्यमा संलग्न रहेको र उनले प्रयोग गरेका इमेलहरुबाट आर्थिक लाभका लागि नग्न तस्विरहरु आदान प्रदान गर्ने गरेको आरोप प्रहरीले लगाएको छ।
प्रहरीले उनलाई कुमारीगालबाट शुक्रबार नै पक्राउ गरेको र विद्युतीय कारोबार ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरिय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ।
अभियोग प्रमाणित भए विद्युतीय कारोबार ऐन अन्तर्गत ५ वर्ष कैद र १ लाखसम्म जरिवाना हुनसक्छ।
साभार:- नागरिक
Read more ...

गाउँ - गाउँमा सस्तो सेवा दिने तयारीमा नेपाल स्याटलाइट

Tuesday

टेलियासोनेराले नेपाल स्याटलाइटको सेवा विस्तार ग्रामीण क्षेत्रमा केन्द्रित हुने बताएको छ । केही महिनाअघि नेपाल स्याटलाइटको मुख्य सेयर किनेपछि पहिलो पटक नेपाल आइपुगेका टेलियासोनेराका उच्च अधिकारीहरूले स्याटलाइटको सेवा सहरमा भन्दा ग्रामीण क्षेत्रमा सस्तो सेवा दिन केन्दि्रत हुने बताए ।
टेलियासोनेराको एनसेलमा पनि मुख्य लगानी छ । स्याटलाइटले 'हलो नेपाल' ब्रान्डमा ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गरिरहेको छ । 'ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको माग बढिरहेको छ,' टेलियासोनेरा युरेसियाका अध्यक्ष टेरो किभिसारीले भने, 'एनसेलले अहिलेको जस्तै सहरी क्षेत्रमा केन्दि्रत हुने छ । स्याटलाइटले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्छ ।' सेवा विस्तारको क्रममा कानुनी र प्राविधिक रूपमा सम्भव भए दुई कम्पनीबीच पूर्वाधार बाँडफाँड गर्ने उनले बताए । 
Web hosting
राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा टेलिसोनेराका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत लार्सनाइबर्ग (दायाँ) र कम्पनीका युरोएसिया अध्यक्ष टेरो किभिसारी । तस्बिर: कान्तिपुर

सोमबार आयोजित कार्यक्रममा दुई कम्पनीमा लगानी गरेर बजार एकाधिकार गर्न खोजेको हो भन्ने प्रश्नमा टेलियासोनेराका प्रमुख कार्यकारी अधिकृत लार्स नाइबर्गले आफूले अन्य देशमा पनि यस्तो लगानी गरकाले
नेपालको लगानी सामान्य भएको बताए । 'बजार परिपक्व हुँदै जाँदा एकभन्दा बढी कम्पनीमा लगानी गर्नु प्रभावकारी हुन्छ,' उनले भने, 'नेपालको मोबाइल घनत्व पनि ६० प्रतिशत मात्र छ ।'
टेलियासोनेराको लगानी आएपछि ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालनको लाइसेन्स पाएको स्याटलाइटले गत महिना सेवा विस्तार तीव्र गर्ने जनाएको थियो । उसले पूर्वाधार निर्माणका लागि चिनियाँ कम्पनी जेडटीईसँग पनि सम्झौता गरिसकेको छ ।
तर टेलियासोनेराका अधिकारीहरूले स्याटलाइटको लगानीको बारेमा स्पष्ट पारेनन् । उनीहरूले लाइसेन्स सर्तअनुसार काम हुने जनाएको छ । हाल रहेको स्याटलाइटको व्यवस्थापन समेत परिवर्तन गरिने जानकारी कम्पनीले दिएको छ । किभिसारीले नेपाल स्याटलाइट पनि एनसेल जस्तै गुणस्तरमा केन्दि्रत हुने दाबी गरे ।
प्रकाशित मिति: २०६९ भाद्र  (कान्तिपुर)                                                  
Read more ...

A talk show on IT and Entrepreneur in Kathmandu

Wednesday
Who can participated?

All  IT professional and graduate of IT  and management and people who aspire to make a venture.career  an IT and management.

Program Highlights:
  • Discussion on  current treads,challenges and opportunities in the field.
  • Sharing of experiences from entrepreneur of the sector
  • Understanding the global perspective in the field of IT
Guests:

Mr. Narayan Neupane - General Secretary  - CAN
Mr. Subash Sharma     - Vice- Persident      - F1soft
Mr. Bijay Barakoti      - Creative Director   - Sunbi Design Studio
Mr. Amit Gurung        - Brand Manager      - BrainDigit


Venue:
Sunway International Business
Mid-Baneshwor, Kathmandu

Date:
Saturday, 25th August, 2012

Time:-
10:30 am onwards

Free Registration:-
Please call at:- 4464524/5
to get your space

Ad on Himalayan times




Read more ...

NTA to study Internet Protocol version 6

Wednesday
Nepal Telecommunications Authority (NTA) is going to study Internet Protocol version 6, a new addressing system that will allow more internet addresses to be assigned than the current version 4, which is the dominant communications protocol for most Internet traffic as of 2012.

“The new web addressing system — Internet Protocol version 6 — will succeed the present addressing system — Internet Protocol version 4 — that will run out of internet addresses in some years,” according to the regulator.

Each device on the Internet like a computer or mobile telephone, must be assigned an Internet Protocol — the primary protocol that establishes the Internet — address in order to communicate with other devices. With the ever-increasing number of new devices being connected to the Internet, there is a need for more addresses than the current version 4 can accommodate.

More than 100 countries throughout the world have already started the process of being migrated to the Internet Protocol version 6, assistant director at the authority Baburam Dawadi said, adding that the regulator has just started the process.

Internet Protocol version 4, which the country is using at present, will be exhausted due to excessive Internet users, he said. “All the countries should move to Internet Protocol version 6 before the current system will run out of addresses.”

‘Internet Protocol version 4 exhaustion’ doesn’t mean that the internet will stop working, instead, it describes when there will be no more unallocated addresses available.

According to Asia-Pacific Network Information Centre – which is the regional internet registry for the Asia-pacific region — Internet Protocol version 6 will replace the current version.

Asia Pacific Network Information Centre — the internet registry for India — has run out of Internet Protocol version 4 addresses with barely a few left for transition to Internet Protocol version 6. “The department of information and technology had directed all states and the central government to switch to Internet Protocol version 6 by March 2012 but the plan is still running behind schedule.”

The Authority will appoint expert to evaluate current situation and process of migration within a month. It has incorporated the plan of completing study in its yearly plan too, Dawadi said, adding that the authority will take concrete decision regarding migration by the end of current fiscal year.

Internet Protocol version 4 can support only about 4.29 billion IP addresses and newer devices may not be able to access the internet as the unique numbers run out. The IP address space is managed by the Internet Assigned Numbers Authority globally, and by five regional Internet registries responsible in their designated territories for assignment to end users and local Internet registries, such as Internet service providers.

Source News:- The Himalayan times
Read more ...

New Loadshedding schedule in Nepal

Monday
Loadshedding Schedule effective from 2069-05-04

More details:-  http://nea.org.np/loadshedding.html
Read more ...

CAN SoftTech-2012 to begin next month

Tuesday
The Computer Association of Nepal (CAN) has announced to organize CAN SoftTech-2012 on September 13-16 in the capital.
A total of 51 stalls of the national and international companies would be kept in the Fifth CAN SoftTech, the organizer said at a news conference in the capital on Monday.
Chairman of CAN SoftTech Suresh Kumar Karna said that software relating to education, computer security, banking, information management, accounts management and others would be availed.
Likewise, different activities of information and technology done by the government agencies would be one of the major attractions in the SoftTech.


Read more ...

इन्टरनेटमा स्वतन्त्रता खतरामा

Saturday
आमसञ्चार क्षेत्रका सरोकारवालाहरुले वाक् तथा अभिव्यक्तिको स्वतन्त्रताको संवैधानिक हक खतरामा रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ र इन्टरनेट सोसाइटी नेपालले गरेको अभिव्यक्ति स्वतन्त्रता र इन्टरनेट विषयक अन्र्तक्रियाका सहभागिहरुले इन्टरनेटको माध्यममा नागरिकको त्यसखालको स्वतन्त्रतामाथि खतरा रहेको बताएका हुन् ।
वाक् र अभिव्यक्ति स्वतन्त्रताका क्षेत्रमा प्रविधिको विकासले अवसरसँगै विभिन्न चुनौती थपिएको उनीहरुले बताए । अन्र्तक्रियामा नेपालमा अनलाइन क्षेत्रमा नीतिगत सून्यता रहेको उनीहरुले भनाइ थियो । कार्यक्रममा सहभागी पत्रकार, ब्लगर र अनलाइन मिडिया सम्बद्धहरुले सामाजिक सञ्जाल र इन्टरनेटको व्यापक प्रयोगले मिडियाको मान्यता र प्रभावमा फरक पारेको बताए ।
कार्यक्रममा इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष बाबुराम अर्यालले दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा रहेको जुनसुकै बेला जुनसुकै वेबसाइट बन्द गराउन लगाउने अधिकारका कारण इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रता खतरामा रहेको बताए । ‘प्राधिकरणले दिएको कुनै पनि वेबसाइट ब्लक गर्ने निर्देशन दिने र त्यसलाई सबै इन्टरनेट सेवा प्रदायकले मान्नुपर्ने अवस्था हुँदा त्यसले अभिव्यक्ति स्वतन्त्रतामा गम्भिर प्रभाव पार्छ’ अर्यालले भने । उनले देशमा रहेका मुख्य १० वटा इन्टरनेट सेवा प्रदायकलाई दिइने एउटै निर्देशनले वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुन सक्ने अवस्था रहेको बताए । प्राधिकरणको इन्टरनेट तथा इमेल सेवा सञ्चालन सम्बन्धी निर्देशिकामा नै ‘सेवा संचालन सम्वन्धमा प्राधिकरणबाट समय समयमा दिएको निर्देशनको पालना गर्नू पर्नेछ’ भनिएको छ ।
पत्रकार महासंघ सदस्य तथा डिजिटल मिडिया संयोजक उज्ज्वल आचार्यले वाक् तथा अभिव्यक्ति स्वतन्त्रताका सन्दर्भमा इन्टरनेट सेवा प्रदायकलाई पनि सरोकारवाला निकायका रुपमा राख्नुपर्ने बताए । कार्यक्रममा हालै पत्रकार महासंघले पत्रकारहरुमाझ गरेको सोसल मिडिया सर्भेको सारांश पनि प्रस्तुत गरिएको थियो ।

Read more ...

सिंहदरबारमा बिहान १० देखि ३ बजेसम्म फेसबुक प्रतिबन्ध (Facebook Band in Singh Dubar)

Wednesday
कर्मचारीले कामभन्दा पनि फेसबुकमा धेरै समय बिताउन थालेपछि मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रका कार्यालयमा सामाजिक सञ्जाल फेसबुक चलाउन प्रतिबन्ध लगाइएको छ।
 सिंहदरबारभित्र विस्तारित इन्टरनेट खपत घटाउन र कर्मचारीलाई सेवाग्राहीप्रति उत्तरदायी बनाउन भन्दै अर्थमन्त्रालयले मंगलबारदेखि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म फेसबुक चलाउन नमिल्ने बनाएको छ। फेसबुक प्रतिबन्ध लगाएपछि कर्मचारीहरू कामप्रति बढी जिम्मेवार हुने अर्थको अपेक्षा छ। कर्मचारीहरूले पाँच बजेसम्म काम गर्नुपर्ने भए पनि आधाभन्दा बढी कर्मचारीलाई तीन बजेसम्म भेट्न मुस्किल पर्ने गुनासो छ।

अर्थमन्त्रालयका प्रवक्ता राजन खनालले फेसबुकको बढ्दो प्रयोगले इन्टरनेटको गति सुस्त भई काम प्रभावित भएकाले परीक्षणका रूपमा फेसबुक बन्द गरिएको जानकारी दिए। 'धेरैजनाले फेसबुक चलाउँदा एकातिर इन्टरनेट सुस्त भएर काम गर्न गाह्रो भयो, अर्काेतिर कर्मचारीहरूमा फेसबुक लतले काम प्रभावित भएकाले प्रतिबन्ध लगाइएको हो,' खनालले भने।

सिंहदरबारभित्र रहेका सबै सरकारी कार्यालयलाई फेसबुक प्रतिबन्धबारे जानकारी छैन। सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बेगेन्द्रराज पौड्यालले निर्णयबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए। 'कार्यालयमा फेसबुक बन्द गरिएकोबारे जानकारी छैन,' उनले भने 'कार्यालय समयमा फेसबुकमाथि रोक लगाइएको हो भने निकै राम्रो काम हो।' फेसबुकको बढ्दो प्रयोगले कार्यसम्पादनमा असर पुर्या उनसक्ने भएकाले रोक लगाउने निर्णय उचित भएको उनको भनाइ छ। उनले भने, 'फेसबुक बन्द भएपछि कार्यालयको काम पक्कै प्रभावित हुँदैन।'
From:- nagariknews.com
Read more ...

'Developing IT sector will benefit economy' in Nepal

Wednesday

The government must designate a particular area in the city and ensure 24-hour electricity with security — that is a basic necessity — and encourage Information Technology (IT) companies to move to the area, according to an expert.

The ‘zoning’ will not only encourage IT companies but also help generate other economic activities in the area, said executive chairman of deerwalk Inc Rudra Pandey.

The government could offer subsidy to IT companies like tax break and security to encourage them, said the head of deerwalk that has already established itself as one of the largest software companies in Nepal — in just three years — with 170 employees and 30 US companies as its regular clients. “The government can create a resource pool by taking the lead to jump start one sector by preparing specialised manpower.”
The IT industry can help transform the country’s economy by creating employment opportunities for thousands of youths, said Pandey, adding that the future of the country is in the hands of the youth, who share a common vision of developing Nepal.

He opined that there is no magic formula to create employment. “But a country like Nepal has a future in software and tourism,” he said, adding that the country has comparative advantage in them.

But the government has to improve and upgrade the infrastructure and keep the  city clean as in the long term infrastructure development is key, added Pandey, who started D2Hawkeye Inc and brought offshore consultancy to Nepal in 2002.

He sold the company to Verisk Analytics, though the company retained him as chief operating officer till 2010.

However, Pandey’s dream, confidence and entrepreneurship gave birth to deerwalk Inc that is headquartered in Lexington, Massachusetts. It offers high quality services to its onshore clients with a local presence in the US, and at the same time, it also gives them benefits of offshore pricing which is generally lower than that of local companies through its wholly owned subsidiary based in Kathmandu. He plans to provide jobs to some 1,000 youths in the next five years.

Deerwalk has a campus in Kathmandu that provides applied education, which the IT entrepreneur thinks is key to better job opportunity, “but the government has to control quality,” added Pandey.

Besides education, the government must start massive training programmes for the youth, who can work in the country or choose to go for foreign employment, according to Pandey. “In both the situation, the country will gain as migrants will send double remittance as compared to the current amount and if they remain in the country, one can get better employment.”

There are only two types of businesses — either one provides service to consumers or

to other businesses — he opined, adding that in both types of businesses a young graduate can provide service to the consumer by doing the same thing in a different way, like what he did.

Sources:- The Himalayan Times
Read more ...

Learning web development

Monday
If you’re interested in wed designing or even blogging, “Web Road Show at Prime College” is where you need to be. Starting from 12 noon, the three hour event is a joint partnership between BrainDigit and Microsoft Innovation Center (MIC) Nepal.

The event is free for all students who will learn about blogging and website development using SageFrame as a Content Management System (CMS) and Microsoft as a web development platform. While the BrainDigit team will be tutoring the students on using the SageFrame CMS based on Microsoft Platform, MIC Nepal will talk about its activities and initiatives and share other web technologies with the students.

The main highlight of the event will be learning to develop a website using SageFrame CMS within 15 minutes.

Hem Sagar Pokhrel, 22, one of the two Microsoft Student Partners (MSPs) from Prime College, says, “Microsoft Student Partners (MSPs) are chosen on the basis of innovation, creativity and participation in social events. This is a worldwide program. Microsoft Innovation Center (MIC) Nepal chooses two students from every IT college each year. The MSPs are provided with available Microsoft resources for free, and they are the connecting link between IT students and the Microsoft Corporation.”

Ranjana Dangol, another Microsoft Student Partners (MSPs) from Prime College, says, “Since a MSP is the bridge between Microsoft and the students, what we do is share the knowledge we have about Microsoft with other students. We tell them about the latest products and show them how to use it.”

Enrollment for “Web Camp”, a four day event by MIC Nepal, will also take place during the program. ‘Web Camp’ will teach students about HTML 5, CSS 3 and web developing among other things.


Publish  on REPUBLICA (Aug 5)
For more information on MIC Nepal, log onto www.nepal.micnetwork.org.
Read more ...

दूरसञ्चार कम्पनी इन्टरनेट प्रतिस्पर्धामा

Sunday
योगेश खतिवडा -  दूरसञ्चार कम्पनीवीचको प्रतिस्पर्धा अब डाटा (इन्टरनेट) सेवामा सुरु भएको छ । डाटा सेवा बिस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको र ग्राहकको चासो बढेकाले कम्पनी यसमा केन्दि्रत भएका हुन् ।
नेपाल टेलिकमका साथै निजी क्षेत्रका एनसेल र यूटीएलले डाटा विस्तारलाई भ्वाइस (टेलिफोन) सरह प्राथमिकतामा राख्न थालेका छन् । भ्वाइस सेवा अहिले सबैभन्दा ठूलो आम्दानीको स्रोत हो ।
जीएसएम मोबाइलमा गुणस्तरीय जीपीआरएस दिन नसकेको टेलिकमले अव आफू डाटामा केन्दि्रत हुने घोषणा गर्‍यो । 'यस वर्षका योजनामा डाटा सेवालाई प्राथमिकतामा राखेका छौं,' टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने, 'उपलब्ध प्रविधि र मागको कारण हामी यसमा केन्दि्रत भएका हौं ।' कम्पनीले चालू आवका योजनामा वाइम्याक्स, आईपीसीडीएमए, स्माई प्रो, स्याटलाइट इन्टरनेट प्रविधिको विस्तार छन् । जीएसएम थि्रजी र एनजीएन सेवाको पूर्वाधार तयारी पनि उसको योजनामा छ । यी सबै आयोजना इन्टरनेट सेवा विस्तारमा केन्द्रित छन् ।
शिक्षित र सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा पनि डाटा सेवाको माग बढेको थिके बताउँछन् । कम्पनीले चीनको हुवाई कम्पनीसँग ४८ लाख क्षमताको मोबाइल लाइन विस्तारको सम्झौता गरिसकेको छ । जसमा डाटा केन्दि्रत थि्रजी सेवाको हिस्सा ४५ प्रतिशत हुनेछ ।

'नयाँ भित्रिएका प्रविधि पनि भ्वाइसभन्दा डाटामा केन्दि्रत छन्,' उनले भने । ई-गभर्मेन्ट, ई-कमर्स, ई-एजुकेसन, ई-हेल्थजस्ता कुरालाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइरहेकाले बेला ग्रामीण क्षेत्रमा डाटाको माग बढ्नेछ । 
मोबाइल सेवाको लाइसेन्स पाएको एनसेलले उच्च गति इन्टरनेट भएको थि्रजी सेवा दिइरहेको छ । फ्रिक्वेन्सी पाए फोरजी प्रविधि पनि भित्र्याउने बताएको एनसेलले प्याकेजमा डाटा सेवासमेत दिँदै आएको छ । उसका डाटा प्रयोगकर्ता पछिल्लो समयमा लगातार बढिरहेका छन् । उसले ल्याएको ब्ल्याकबेरी सेवा पनि डाटामा केन्दि्रत छ । 'हामी पनि डाटामै केन्दि्रत हुने हो,' एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले भने, 'माइक्रो वेभ पि|mक्वेन्सीको कारण नयाँ योजना ल्याउन सकेका छैनौं ।'
नियामक निकाय दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले इन्टरनेट प्रोटोकलमा आधारित प्रविधि व्यापक भएकाले अब डाटामा जानु बाध्यता भएको बताए । 'प्रविधिले डाटा, भिडियो र भ्वाइसलाई एकै ठाउँमा ल्याइसकेको छ,' उनले भने, 'त्यसैले सबै कुरा सम्भव भएको डाटा सेवामा प्रतिस्पर्धा बढेको हो ।'
विकसित मुलुकमा डाटा सेवाको प्रयोग उच्च भएको खनालले बताए । 'नेपालमा अझै ४/५ वर्ष भ्वाइसमै दूरसञ्चार कम्पनी केन्दि्रत हुन्छन्,' उनले भने, 'त्यसपछि डाटाको प्रयोग अत्याधिक हुन्छ ।' 
भिडियो, भ्वाइस र डाटालाई नेपालको नियमनमा एकै ठाउँमा राख्नुपर्ने अवस्था आएको खनालले बताए । 'अब टेलिभिजन इन्टरनेटमा हेर्न सकिन्छ,' उनले थपे, 'भ्वाइस कल इन्टरनेटमार्फत सम्भव भएको छ । त्यसैले नियमन र कानुनी व्यवस्था एउटैमा हुनुपर्छ ।'
डाटा सेवा सम्बन्धी एप्लिकेसन निर्माणमा भएको वृद्धिले पनि यसको माग बढेको उनले बताए । 'नेपालका दूरसञ्चार कम्पनीको आम्दानीमा अहिले डाटा सेवाको हिस्सा काम छ,' उनले भने, 'अबको केही वर्षमा डाटा आम्दानीको मुख्य स्रोत बन्ने निश्चित छ । त्यसैले प्रतिस्पर्धा यसमा केन्दि्रत भएको हो ।'
प्रवक्ता थिकेका अनुसार उनको कम्पनीको कुल आम्दानीमा ४ प्रतिशतको हाराहारीमा मात्र डाटा सेवाको योगदान छ । 'यो बढ्ने क्रममा छ,' उनले भने । कम्पनीले यस आर्थिक वर्षभित्र साढे सात लाख आईपी सीडीएमए वितरण गर्ने योजना बनाएको छ । डाटाको प्रयोग बढ्दै जाँदा यसको शुल्कमा पनि गिरावट आउने र त्यसले प्रयोगलाई अझै व्यापक बनाउने उनले बताए ।

प्रकाशित मिति: २०६९ श्रावण २१ ०९:२५(कान्तिपुर )
Read more ...