रेडहेरिङको सूचीमा एफ वन सफ्ट (F1Soft Listed on Red herring))

Wednesday
मोबाइल बैकिङ र सूचना प्रविधिसम्बन्धी सफ्टवेयर निर्माता कम्पनी एफ वान सफ्ट इन्टरनेसनललाई रेडहेरिङले २०१२ का लागि एसियामा नवीनतम प्रविधिका लागि काम गर्ने कम्पनीको अन्तिम सूचीमा सूचीकृत गरेको छ । 
रेडहेरिङले सूचीकृत गर्ने एसियामा नवीनतम प्रविधिका लागि काम गर्ने कम्पनीको सूचीमा पर्ने एफ वान सफ्ट नेपालको पहिलो कम्पनी भएको जनाइएको छ । रेडहेरिङले विश्वमा पुराना प्रविधिलाई विस्थापित गर्दै नयाँ प्रविधि अपनाउने सूचना प्रविधिसम्बन्धी कम्पनीलाई सम्मानित गर्न यस्तो सूची बनाउँछ । रेडहेरिङले सामाजिक सञ्जाल फेसबुक, टिवट्रजस्ता कम्पनीलाई पनि सुरुवाती दिनमा भविष्यका सम्भावनायुक्त कम्पनीका रूपमा सूचीकृत गरेको थियो । 
रेडहेरिङका प्रकाशक एवं प्रमुख कार्यकारी एलेक्स भियक्सले एफ वान सफ्टमा भविष्यका लागि ठूलो सम्भावना देखिएका कारण एक सयको सूचीमा राखिएको बताए । एफ वान सफ्टका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो कम्पनी सूचीकृत भएपछि गर्व महसुस भएको बताए ।
More details about red herring listed company:- http://www.redherring.com/red-herring-asia/asia-2012-finalists/
प्रकाशित मिति: २०६९ भाद्र १४ (कान्तिपुर)

No comments:

Post a Comment