6th National conference on science‚ tech in Kathmandu

Tuesday
The Sixth National Conference on Science and Technology has started from day in the capital.

The conference will continue till September 27,said Nepal Academy of Science and Technology (NAST).

Prime Minister Dr Baburam Bhattarai inaugurated the conference this morning at Everest Hotel in Nayabaneshwor.

Scientists from India, China, Korea, Bangladesh, Pakistan, Japan are also presenting their research papers on the various topics ranging from Chemistry, Geography to Engineering during the conference.

1000 scientists from different parts of the world are participating in the conference,said NAST.

"542 research papers will be presented."
Read more ...

'Nepali research institutes are eligible for EU funding

Tuesday
European Union to Nepal on Tuesday said the research institutes in Nepal are eligible to submit proposals for EU funding under Seventh Framework Programme to conduct research on various topics related to science and non science streams.

Addressing the programme, Dr. Alexander Spachis, Head of the European Union Delegation to Nepal Ambassador Spachis made public the funding opportunities for research institutes at the Sixth National Conference on Science and Technology organised today by the Nepal Academy of Science and Technology (NAST) in the presence of Prime Minister Dr. Baburam Bhattarai, Ministers, secretaries and eminent scientists.

Projects worth over EUR 8.1 billion are open to organisations and businesses in all EU Member States, FP7 partner states and specifically eligible countries, envoy said on the occasion.

The calls target both innovation and a range of societal challenges, building a bridge to Horizon 2020, the next funding programme for EU research from 2014-2020.
Source:- THT
Read more ...

मंगलबारदेखि विज्ञान सम्मेलन

Friday
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को आयोजनामा 'छैंटौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन' मंगलबार काठमाडौंमा सुरु हुँदैछ। 'विज्ञान, प्रविधि र आविष्कार मार्फत आर्थिक विकास' नारा दिई आयोजना गरिने उक्त सम्मेलन तीन दिनसम्म चल्ने नास्टले जनाएको छ। नास्टले २०४५ सालदेखि प्रत्येक चार वर्षमा यो सम्मेलन आयोजना गर्दै आएको छ।
'देश विकासमा विज्ञान तथा प्रविधिको भूमिका महत्वपूर्ण हुन्छ,' सम्मेलन आयोजना गर्नुको कारण खुलाउँदै नास्टका उपकुलपति सुरेन्द्रराज काफ्लेले भने, 'सम्मेलनको उद्देश्य यो सन्देश नेपालका वैज्ञानिक तथा प्राविधिज्ञका अलावा अन्य नीति निर्माता र राजनितिज्ञसम्ममा प्रवाह गर्नु हो।'
काफ्लेका अनुसार सम्मेलनमा विश्वभरबाट १ हजार २ सय भन्दा बढि वैज्ञानिक तथा प्राविधिज्ञले भाग लिने छन्। सम्मेलनमा ५ सय ४२ वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ।
सम्मेलनमा भारतीय राष्ट्रिय विज्ञान प्रतिष्ठानका अध्यक्ष कृषन लाल प्रमुख वक्ताका रूपमा रहने छन् भने चिनियाँ विज्ञान प्रतिष्ठानका तीनजना, दुई जापानी र तीन नेपाली विशिष्ट वैज्ञानिकले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
'सम्मेलनमा प्रस्तुत हुने अनुसन्धान कार्यपत्रको छनोट गर्दा संख्याभन्दा पनि गुणस्तरमा जोड दिइएको छ,' नास्टका उपकुलपति काफ्लेले स्पष्ट पारे, 'सम्मेलनमा तीन-चार हजार वैज्ञानिक तथा प्राविधिज्ञको सहभागिता हुन सक्थ्यो, तर स्थानाभाव आदिका कारणले सम्भव हुन सकेन।'
नास्टका अनुसार सम्मेलनमा ८ वटा प्यानल व्याख्यान, दुई वटा विशेष व्याख्यान र २५ वटा आमन्त्रित व्याख्यान हुने छन्। यस्तै सम्मेलनको प्राविधिक सत्र अन्तर्गत भौतिकशास्त्रका २७, रसायनशास्त्रका ८० वटा, जिवशास्त्रका ७१, गणितिय विज्ञानका १७, कृषि तथा पशु विज्ञानका ६९, इन्जिनियरिङ तथा प्रविधि/उर्जाका ३५, स्वास्थ्य विज्ञानका ३६, जैविक तथा खाद्य प्रविधिका ३४, वन, वातावरण तथा जलवायु परिवर्तनका ५८, सुचना तथा सञ्चार प्रविधिका १६ र अन्य १३ वटा कार्यपत्र प्रस्तुत हुने छन्।
'सम्मेलनबाट राजनितिक क्षेत्र र नीति निर्माताहरु अभिप्रेरित हुनु हुनेछ। जसले विज्ञान प्रविधिको क्षेत्रको विकासका लागि कमसेकम राष्ट्रिय बजेटको एक प्रतिशत छुट्याउन उहाँहरुले सघाउनु हुनेछ,' उपकुलपति काफ्लेले भने, 'यसपटकको सम्मेलनको निचोडले विज्ञान प्रविधिको क्षेत्रमा नयाँ आशा जगाउनसफल हुने आशा हामीले लिएका छौं।' हालसम्म यस्ता पाँच वटा राष्ट्रिय स्तरका सम्मेलनहरु सम्पन्न भैसकेका छन्। यी सम्मेलनमा विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरुको सहभागिता हुने गरेको छ। यसअघिका सम्मेलनमा नोवेल पुरस्कार विजेता वैज्ञानिकहरु अब्दूस सलाम, पिटर एन्डरसन, क्लाउस फन क्लितछिङ्ग र रिचर्ड आर अर्नस्ट आदिले सहभागीता जनाएका थिए।
नास्टले पहिलो राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन २०४५ वैशाखमा आयोजना गरेको थियो। पहिलो सम्मेलनमा नेपाल, भारत, बेलायत, श्रीलंका र थाइल्याण्डका वैज्ञानिकले एक सय ६७ वटा वैज्ञानिक शोधपत्रहरु प्रस्तुत गरेका थिए। २०५१ जेठमा भएको दोस्रो सम्मेलनमा एक सय ८७ वैज्ञानिकले कार्यपत्र प्रस्तुत गरेका थिए।
तेस्रो सम्मेलन २०५४ फागुनमा आयोजना गरिएको थियो, जुन सम्मेलनमा नोबेल पुरस्कार विजेता प्रख्यात भौतिकशास्त्री क्लाउस फोन क्लितछिङ्ग सहभागी भएका थिए। सम्मेलनमा भारत, संयुक्त अधिराज्य, जर्मनी र इटालीका प्रसिद्ध वैज्ञानिकले २ सय ८९ वटा शोधपत्र प्रस्तुत भएका थिए।
१७ देशका १२ सय वैज्ञानिक सहभागी रहेको चौंथो सम्मेलन (२०६० चैत)मा ५ सय ४२ वटा वैज्ञानिक शोधपत्र प्रस्तुत भएका थिए। यो सम्मेलनको प्रमुख वक्ता नोवेल पुरस्कार विजेता प्राध्यापक रिचर्ड आर अर्नस्ट थिए। पाँचौ सम्मेलन २०६५ सालमा आयोजना भएको थियो। ६ सय ५० वटा शोधपत्र प्रस्तुत भएको यो सम्मेलनमा करिब १ हजार ४ सय वैज्ञानिक एवम् प्राविधिज्ञ सहभागी थिए।
स्रोत:- नागरिक  न्युज डट कम
Read more ...

६० प्रतिशत बढे इन्टरनेट प्रयोगकर्ता

Thursday
एक वर्षको अवधिमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या ६० प्रतिशतभन्दा धेरैले बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्तमा ३१ लाख ११ हजार इन्टरनेट प्रयोगकर्ता थिए । गत वर्षको अन्तमा यो संख्या बढेर ५० लाख ४३ हजार पुगेको छ । एक वर्षको अवधिमा मोबाइलमा जीपीआरएस चलाउनेको संख्यामा उच्च वृद्धि भएकाले समग्र इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । पुरानो प्रविधि डायलअपका ग्राहक भने घटेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार एक वर्षमा प्रतिएक सय जनतामा थप ८ जनाले इन्टरनेट चलाउन थालेका
छन् । अघिल्लो आर्थिक वर्षको अन्तमा इन्टरनेट घनत्व १० दशमलव ८९ प्रतिशत थियो । अहिले यो बढेर १८ दशमलव ९४ प्रतिशत पुगेको छ । जीपीआएर चलाउने संख्या एक वर्षमा झन्डै दोब्बर भएको छ । गत आर्थिक वर्षसम्म २८ लाख ३० हजारले जीपीआरएस चलाउँथे । अहिले यो बढेर ४६ लाख ८३ हजार पुगेको छ ।
मोबाइलका ग्राहक बढेकाले जीपीआरएस चलाउनेको संख्या पनि बढेको हो । मोबाइल सेवा लिएपछि जीपीआरएस एक्टिभ गराउन सहज भएकाले यो संख्या वृद्धिमा सहयोग पुगेको टेलिकम कम्पनीहरूले जनाएका छन् । बजारमा आएको इन्टरनेट मितव्ययी नयाँ स्मार्ट फोनले पनि यसका ग्राहक बढाएका हुन् ।
 अहिले मुख्य दुई दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले जीपीआरएस सेवा दिइरहेका छन् । यसमा सबैभन्दा बढी जीपीआरएसका ग्राहक एनसेलका छन् । प्राधिकरणका अनुसार एनसेलका जीपीआरएस ग्राहक संख्या २८ लाख १३ हजार छन् । टेलिकमका जीपीआरएस ग्राहक संख्या १८ लाख ७० हजार छन् ।
प्राधिकरणको तथ्यांकले नयाँ प्रविधि भित्रँदै गर्दा इन्टरनेट सेवाका पुराना प्रविधि पनि विस्तारै हट्दै गएको छ । केही वर्ष अगाडि धेरैले प्रयोग गर्ने डायलअप सेवाका ग्राहक एक वर्षमा बढ्नुको साटो घटेको छ । अघिल्लो आर्थिक वर्षसम्म २० हजार
(टेलिकमका ५ हजार ७ सय ४५ र आईएसपीका १४ हजार ६ सय १०) ले डायलअप सेवा लिन्थे । गत आर्थिक वर्षको अन्तसम्ममा डाउलअप सेवा लिनेको संख्या १५ हजार ७९ (टेलिकम ४ हजार ५ सय ३२ र आईएसपीको १० हजार ५ सय ४७) छन् । सुस्त र फोनको समेत पैसा बुझाउनुपर्ने भएकाले यसका ग्राहक घटेका हुन् ।
एक वर्षको अवधिमा वायरलेस मोडेम र अप्टिकल फाइवर अर्थनेटका ग्राहक बढेका छन् । अघिल्लो आवमा यी सेवाका ग्राहक २२ हजार थिए । गत आवमा यो बढेर ४५ हजार पुगेको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले मात्र दिँदै आएको केवल इन्टरनेटका ग्राहक वृद्धिदर भने सुस्त छ । अघिल्लो आवमा केबल इन्टरनेटका ग्राहक १५ हजार ६ सय २९ रहेकोमा अहिले बढेर १७ हजार ९ सय ६८ पुगे । पछिल्लो पटक लोकपि्रय बनेको एडीएसएल सेवाका ग्राहक संख्या एक वर्षमा झन्डै २५ हजार थपिएर ९२ हजार पुगेका छन् । यो सेवा पुगेको राजधानीका साथै अन्य सहरमा यसको माग उच्च छ । टेलिकमले यसको विस्तार आवश्यकताअनुसार गर्न सकेको छैन । नेपाल टेलिकम र यूटीएलले सीडीएमए प्रविधिबाट दिइरहेको इन्टरनेट ग्राहक संख्या १ लाख ५४ हजारबाट बढेर १ लाख ८८ हजार पुगेका छन् ।

प्रकाशित मिति: २०६९ आश्विन ३ १०:१०(कान्तिपुर)
Read more ...

४३ हजार घुमे क्यान सफ्टटेक २०१२मा

Tuesday
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा भएको क्यान सफ्टटेक आइतबार सकिएको छ । सफ्वेयर क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सुरु भएको मेला चार दिन चलेको थियो ।
क्यानका अनुसार मेला ४३ हजारले अवलोकन गरेका थिए । सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गरिरहेका सफ्टवेयर उद्योगी, प्रयोगकर्ता, नीति/निर्माता, विद्यार्थीलगायत यस क्षेत्रमा चासो दिने व्यक्तिले मेला अवलोकन गरेको क्यानले जनाएको छ । अन्तिम दिन मात्र ६ हजार ९ सय २५ ले मेला अवलोकन गरेका थिए ।
मेलामा सेवा, व्यापार, शिक्षालगायत विभिन्न क्षेत्रका लागि तयार पारिएका सफ्टवेयर थिए । मेलामा इन्फोडेभ्लपर्सको आई अफिस तथा इम्पावर सफ्टवेयर आकर्षण भएको क्यानको विज्ञप्तिमा उल्लेख छ । मर्कन्टाइलले दुर्गम क्षेत्रमा इन्टरनेट पुर्‍याउन सकिने सानो भिस्याट, वेल्ट्रोनिक्सका नयाँ प्रविधिको लेड पिन्टर, नेपवेयजको एन लोकेटलगायत विभिन्न किसिमका सफ्टवेयर मेलामा थिए । प्रहरीले साइबर कानुनसम्बन्धी जनचेतना प्रदान गर्ने स्टल पनि मेलामा राखेको थियो ।

मेलामा २०१२ मा सूचना प्रविधिमा लगानीका अवसर, सफ्टवेयर स्वतन्त्रता दिवसका अवसरमा भाइरस फ्री कम्प्युटिङ साथै माक्रोफाइनान्सलाई सूचना प्रविधिमैत्री बनाउनेबारे पनि छलफल भयो ।
प्रकाशित मिति: २०६९ आश्विन १ ०९:०४(कान्तिपुर )
Read more ...

इन्जिनियरिङका विद्यार्थीलाई सरकारी परियोजनामा इन्टरर्नसीपको अबसर

Tuesday
संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालयले विभिन्न विश्वविद्यालयमा अध्ययनरत ५ सय जना इन्जिनियरिङका विद्यार्थीलाई सरकारका विभिन्न विकाश परियोजनामा खटाउने भएको छ ।
गुणस्तरीय तथा सक्षम जनशक्तिलाई सरकारी जनशक्तिका रुपमा आकषिर्त गर्ने उद्देश्यस्वरुप मन्त्रालयले यस्तो योजना बनाएको हो । अहिलेका विकाश योजनामा रहेका जनशक्तिको क्षमता तथा कार्यकुशलता सन्तोषजनक नरहेको तथा भ्रष्टाचार समेत व्याप्त रहेको गुनासो बढिरहेको बेला मन्त्रालयले ताजा तथा सक्षम जनशक्तिलाई विकाश परियोजनामा भित्राउने योजना बनाएको रिपब्लिका दैनिकले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले इन्जिनियरिङका विद्यार्थीहरुले अब मन्त्रालयका निर्माण आयोजनाहरुमा ६ महिने इन्टर्न गर्नुपर्नेछ । त्रिभुवन विश्वविद्यालय लगायत अरु विश्वविद्यायका इन्जिनियरिङ कलेजमा अध्ययनरत ५ सय जना विद्यार्थीले पहिलो चरणमा निर्माण आयोजनामा खटाउने योजना रहेको उहाँको भनाइ छ । यसबाट विद्यार्थीको करिअरको विकाशका लागि स्थानीय विकाशमा समेत सघाउ पुग्ने उहाँको भनाइ छ ।
योजना अन्तरगत इन्जिनियर अध्ययनरत विद्यार्थीहरुले जिविस तथा नगरपालिका मातहतका विकाश परियोजनामा काम गर्नेछन् भने ओभरसियर विद्यार्थीहरुले गाउँ विकाश समितिका विकाश परियोजनामा काम गर्नेछन् ।

स्रोत:- अनलाइन खबर डट कम
 
Read more ...

Dozens of opportunities for Information Technology in Nepal

Saturday
There are lots of opportunities for IT  field in Nepal, Basically Data Entry, Call Center, Medical Transcription, GPS Mapping, Distant Learning,TeleMedicine, BPO, and obviously Outsourcing and Cloud Computing .
Source New.:- Nagarik National Daily, 15 Sep, 2012
Read more ...

यस्ता छन सफ्टेक २०१२ का आकर्षण

Saturday

आयोजक उही कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)। स्थान र विशेषतामा भने भारी अन्तर। हरेक वर्ष माघमा हुँदै आएको क्यान इन्फोटेकमा पाइला राख्ने ठाउँ समेत हुँदैन। तर भदौमा हुँदै आएको क्यान सफ्टेक भने निकै होलो देखिन्छ।   जति सहभागी आएका छन् नेपालमा बनेका सफ्टवयर र प्रविधिबारे बुझ्न चाहनेकै उपस्थिती छ। आयोजकका शव्दमा गुणस्तरीय अवलोकनकर्ताको उपस्थिती अपेक्षा अनुसारकै छ।

'त्यो मेला र यो मेलाको प्रकृति र लक्षित समूहनै फरक छ,' क्यानका सचिव अमृत पन्त भन्छन्। माघको इन्फोटेकमा नयाँ र पुराना सबै प्रविधिका सामानहरु हुन्छन्। त्यसबेला किन्न र हेर्ने उद्वेश्यले जिज्ञासुहरुको भीड हुन्छ।
सफ्टेकमा भने देखिने र तात्तानै किनिहाल्ने वस्तुहरु छैनन्। मेलामा प्रविधिलाई सजिलो बनाउनको लागि सहयोगी चिज छन्। 'झट्ट हेर्दा सफ्टवयर देखिने चिज होइन, जसले चलाउँछ त्यसले मात्र महसुस गर्न सक्ने खालको हो,' पन्त सफ्टेकको महत्व उल्लेख गर्दै भन्छन्।

त्रिपुरेश्वरस्थित वर्ल्डट्रेड सेन्टरको चौथो तल्लामा विहीबारदेखि भइरहेको सफ्टेक पाँचौ संस्करण हो। यसअघि यस्तै खालको सफ्टेक चार पटक भैसकेको छ। 'नेपालीले बनाएका सफ्टवयरलाई बाहिर जनसमक्ष ल्याउने र जेन्यूइन सफ्टवयरको प्रयोग गर्न बल पुर्‍याउन यो मेलाले सहयोग पुर्‍याउँछ,' क्यानका अध्यक्ष सुरेशकुमार कर्णले भने।
क्यानले सफ्टवयर र प्रविधिको लागि केही गरेन भनेर प्रश्न उठाउनेहरुका लागि गतिलो जवाफ पनि हो यो मेला। हरेक माघमा हुने इन्फोटेकको क्रममा क्यानले नाफामुलक काममात्र गर्‍यो, पेनड्राइभ र कम्प्युटरमात्र बेच्न यस्तो मेला गर्‍यो भनेर आलोचना गर्नेका लागि सफ्टेकले जवाफ दिने अपेक्षा आयोजकको छ।
५१ स्टल रहेका क्यान सफ्टेकमा विशेष आकर्षण के छन् त? सर्वसाधारण र सूचना प्रविधिप्रति चासो राख्नेहरु कतातिर झुम्मिएका थिए त? तिनका विशेषता र नयाँ सेवा के छन् त?
काठमाडौंको जिपिएस एन-लोकेटः
गाडीमा यात्रा गर्दागर्दै पेट्रोल सकियो। नजिक पेट्रोल पम्प कता छ? अब तनाव लिनु आवश्यक छैन। काठमाडौंको जुनसुकै कुनामा भएपनि प्रयोगकर्ताको नजिकको पेट्रोल पम्पलाई एन-लोकेट एप्लिकेसनले जानकारी दिन्छ।
नेपवेजले बनाएर एन्ड्रोइडमा राखेको यो एप्लिकेसन गुगलप्लेबाट सित्तैमा डाउनलोड गर्न सकिन्छ। 'यो एप्स डाउनलोड गरेपछि आफ्नो नजिकको बैंक शाखा, रेष्टुरेन्ट, अस्पताल, बिभिन्न देशका दुतावासहरु, पार्टी प्यालेस, सपिङ मल, विमानस्थल, रिसोर्ट, बिद्यालयका बारेमा समेत जानकारी पाउन सकिन्छ,' नेपवेजका प्रमुख कार्यकारी अधिकृत दिपेन चापागाईले भने।
आफूले खोजेको सेवाको नजिकको ठाउँ र त्यो ठाउँमा जाने बाटो, दूरीलाई समेत एन-लोकेटलाई देखाउँछ। गुगलम्यापमा काठमाडौंको नक्सा भएपनि कुन सेवा कहाँ छ भन्ने बारेमा अहिलेसम्म सही जानकारी उपलव्ध छैन।
यो एप्लिकेसनले काठमाडौंको विवरणलाई व्यबस्थित गर्ने प्रयास गरेको छ। यसमा अहिले चलिरहेको क्यान सफ्टेकमा कुन स्टलमा के छ? सम्पर्क व्यक्ति को हो भन्ने जानकारी समेत राखिएको छ।
'डेढ महिनाभित्र यो एप्सलाई एप्पल (आइप्याड, आइफोन) मा समेत उपलव्ध गराउने तयारीमा छौं,' चापागाईले भने। एप्पलमा यो एप्सलाई राख्न लाग्ने शुल्क समेत नेपवेजले तिरिसकेको छ।
अहिले प्रोटोटाइप भर्सनमा उपलव्ध गराइएको यो एप्सलाई भविष्यमा अझै गहन र विज्ञापन समेत राख्न मिल्नेगरि बनाउने योजनामा कम्पनी छ।
पुस्तकालयको मुमोलसः
कलेजदेखि दिएर सार्वजनिक पुस्तकालयको निम्ति उपयोगी सफ्टवयरको खोजीमा हुनेलाई क्यान सफ्टेकमा 'मुमोलस' आएको छ। अन्तर्राष्ट्रिय स्तरको पुस्तकालयको लागि नेपालमै तयार गरिएको यो सफ्टवयरले किताबलाई अनलाइन बुकिङ गर्न मिल्छ।
'कुनै किताब लगेर तोकिएको मिति गुजि्रन लाग्यो भने एसएमएसबाटै जानकारी आउँछ,' मुमोलसको निर्माणमा संलग्न इरासफ्टका डिजाइनर एण्ड डेभलपर ओम खड्काले भने। सफ्टवयरका विज्ञ र पुस्तकालयका क्षेत्रमा लामो अनुभव भएकाहरुको सहकार्यबाट यो सफ्टवयर तयार गरिएको हो।
पुस्तकालयमा रहेका किताब, पत्रिकाहरुलाई बर्गिकरण गर्ने, नम्बर दिने, लिएको र बुझाएको विवरणलाई यसले निकै सजिलोसँग राख्छ।
काठमाडौं विश्वविद्यालय, सेन्ट जेभिएर स्कूल, सायम कलेजले यो सफ्टवयरको प्रयोग गर्दै आएका छन्।

यो सफ्टवयरले स्कूल, कलेज, पुस्तकालयलाई स्वचालित र व्यबस्थित बनाउने समेत खड्काले बताए। कम्पनीले भविष्यमा 'इ-लाइब्रेरी' को अवधारणालाई मुर्त रुप दिने गरि सफ्टवयर निर्माण गरिरहेको छ।
मर्कन्टाइलको भिस्याटः
दुर्गम गाउँमा इन्टरनेट पुर्‍याउन मर्कन्टाइलले सानो भिस्याट सार्वजनिक गरेको छ।
'थीन-राउट' नाम दिइएको यो भिस्याटले दुईसय ५६ किलोबिट प्रतिसेकेण्डको स्पिडमा देशको जहाँसुकै पनि इन्टरनेट दिनसक्छ। 'बैंकको एटिएमका लागि यो भिस्याट निकै प्रभावकारी ठहरिएको छ,' मर्कन्टाइलकी निता श्रेष्ठले भनिन्। दुइसय ४५ केबिपिएस आवश्यक नपर्नेलाई यसबाट एकसय २८ केबिपिएसमा झार्न पनि सकिन्छ।
दुईसय ५६ केबिपिएसको लागि भिस्याटको निम्ति एकलाख १० हजार रुपैयाँ पर्छ। मासिक शुल्क भने २७ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
दुर्गम स्थानमा रहेका स्कूल, कलेजहरुका लागि समेत यो भिस्याटले इन्टरनेट कनेक्सन गर्न निकै सजिलो हुने भएको छ।
बेलट्रोनिक्सको लेड प्रिन्टरः
बेलट्रोनिक्स ट्रेडिङ कम्पनीले लेजरभन्दा नयाँ प्रविधिको लेड प्रिन्टरलाई सफ्टेकमा सार्वजनिक गरेको छ। जुनसुकै बैंकिङ सफ्टवयरबाट समेत प्रिन्ट हुनसक्ने यो प्रिन्टर कार्बन शून्य हो।
'कतिपय नेपाली बैकिङ सफ्टवयरमा प्रिन्टरहरु चल्दैनन्, तोकिएकै प्रिन्टरमात्र चल्छन्, तर बेलट्रोनिक्सका प्रिन्टरहरु जुनसुकै सफ्टवयरमा पनि चल्छ,' कम्पनी सहायक महाप्रवन्धक सुवासचन्द्र घिमिरले बताए।
सफ्टेकको कागजरहित अफिसः
सरकारी कार्यालयमा सेवाग्राहीले निवेदन दर्ता गराएदेखि अन्तिमसम्म पुग्दा फाइलै हराउने समस्या पुरानै हो। यो समस्यालाई हल गर्न सफ्टेक फाउण्डेसनले 'पेपरलेस अफिस सिस्टम' ल्याएको छ।
'कामको फ्लो बढाउने र कार्यालयहरुलाई पुर्ण रुपमा कागज रहित बनाउने गरि यो सफ्टवयर बनाएका छौं,' फाउण्डेसनका निर्देशक फणिन्द्र निरौलाले भने।
निवेदन दर्ता गरेपछि कुन शाखामा आफ्नो कागजपत्र पुग्यो भन्नेसम्मको विवरण निवेदकले हेर्न मिल्ने हुँदा यसले सुशासन र भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग गर्छ। अस्पतालमा बिरामीको रेकर्डलाई पनि कागजरहित रुपमा राख्नेगरि यो कम्पनीले सफ्टवयर बनाएको छ। जुन विवरणलाई बिरामी विश्वका जुन अस्पतालमा उपचारको लागि गएपनि आफ्नो 'पासवर्ड' प्रयोग गरेर हेर्न, डाक्टरलाई देखाउन सक्छ।
यो कम्पनीले कलेजको लागि व्यबस्थापन सूचना प्रणाली, होटलको लागि समेत उपयुक्त सफ्टवयर बनाएको छ। जसलाई अहिले सफ्टेकमा आउनेलाई देखाइरहेको छ।
सरकारी कार्यालयलाई कागजरहित बनाउने सफ्टवयरको मूल्य तीनलाख रुपैयाँमा पर्ने निरौलाले बताए।
इन्टरनेट सेवामा प्रतिस्पर्धाः
भायानेट, वेवसर्फर, सुविसुले सफ्टेक मार्फत सस्तो प्याकेज ल्याएका छन्। जहाँबाट ग्राहकले इन्टरनेटका बिभिन्न प्याकेजका बारेमा जानकारी लिन सक्ने सुविधा दिइएको छ।
कम्पनी दर्ताको जानकारीः
नयाँ व्यबसाय सञ्चालन गर्ने तयारीमा रहेका तर कसरी सुरु गर्ने भन्ने जानकारी नभएकाका निम्ति जानकारी लिने थलो हुनसक्छ क्यान सफ्टेक। कम्पनी रजिष्ट्रार कार्यालयले अनलाइनबाट कम्पनी दर्ता गर्ने तरिकादेखि लिएर लाइसेन्सको पुर्ण जानकारी दिनको लागि छुट्टै स्टल राखेको छ।
केही साता अघिमात्र अन्तर्राष्ट्रिय वित्त निगमको सहयोगमा सार्वजनिक गरिएको लाइसेन्स पोर्टल र त्यसभित्रका जानकारी दिनका लागि सरकारी निकायले स्टल राखेको हो।
सफ्टेकमा नेपाल प्रहरीले साइबर कानुन संबन्धि जनचेतना जगाउन स्टल राखेको छ। जहाँ इमेल, सामाजीक सञ्जाल (फेसबुक, टि्वटर आदी) को प्रयोगमा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको छ।
सफ्टेक मेलामा केबुल टिभी महासंघले अवलोकनकर्ताले डिजिटल प्रविधिको अनुभव गर्न सक्नेगरि स्टल राखेको छ।

स्रोत:- नागरिक  न्युज डट कम
Read more ...

Software Freedom Day Celebrating Fossian

Saturday
EMILIA TERZON
Pokhara´s Khom Raj Sharma is your typical free and open-source software (FOSS) enthusiast: he loves computers, browsing the Internet, and is a self-confessed IT geek.  But he can´t see any of the information displayed on his computer monitor. “Disability is just diversity of the human race,” he said of his profound blindness. Born in a rural village where nobody else was blind, the 28-year-old is a major inspiration today to a niche IT community quietly growing across Nepal in the last 10 years.

First coined globally in the 90s, FOSS promotes the use of computer software that is both free to download and use, and can be modified to suit an individual user´s needs. Unlike expensive market dominators - such as Adobe Photoshop and Microsoft Word - these programs have no pricetag or copyright licenses preventing their evolution.

Hempal Shrestha, founder of FOSS Nepal, said its local active fan base is relatively small - in the thousands - and mostly comprised IT professionals, fanatics and students. Those participating unknowingly, however, are innumerable. Mozilla´s web browser and email software, Firefox and Thunderbird, are two widely downloaded examples of FOSS. For Pradeep Mahato, operator of the Bishwanath Institute of Computer (BIC) in Chitwan that opened this year, the founding “flossophy” (philosophy) behind it is “freedom”.

Mahato, who teaches his students at BIC solely in FOSS, said the movement is all about “freedom to use, freedom to share, and freedom to modify”. Of course, for a country like Nepal, where piracy of software and illegal downloading is rampant, the “free” is this statement almost seems like a non-issue.

Yet its followers say FOSS offers an alternative to illegal activity; giving poorer Nepalese access to more programs while encouraging creativity in the IT community. For instance, Mahato uses a version of the FOSS operating system, Linux, on his personal laptop that´s modified to display and navigate purely in Hindi and Nepali.  Sharma also uses Linux, Firefox, and a FOSS screen reader for the visually impaired called Nonvisual Desktop Access (NVDA).

“FOSS is especially important for the visually impaired in Nepal because most of them are from poor backgrounds,” said Sharma.

“Having access to IT for reading is a big challenge. It´s beyond their expectations. FOSS makes it accessible and affordable for them.”Mahato said other benefits to his 50 students include software that´s free of computer viruses and general cost cutting. “They are always trying to make their custom desktop interface unique from other Linux desktops,” he said of his students.

Yet there are setbacks to FOSS. Many of these programs require training to install and learn, and modifying software is something best left to those with IT skills.Some programs, like Linux affiliated software, are often incompatible with non-FOSS operating systems used widely, like Windows, making file sharing complicated.
Shrestha, Mahato, and Sharma will be just some of those celebrating at IT events held across the world this Saturday for Software Freedom Day.

Yet they said FOSS has a long way to go before it makes it into the mainstream as a common business and personal practice.“The business and government sectors need to be strong. They shouldn´t be using pirated software when they could save so much money with FOSS,” said Shrestha.

Some NGOs, like the United Nations´ Nepalese wing, have been moving towards widespread implementation of this software within their administration.“The first advocates of this need to really put our efforts together and make it happen for a developing country,” said Sharma.

Sharma is today dedicated to teaching other visually impaired Nepalese how to use NVDA via his non-profit Pokhara training centre.“When I went blind, I felt like I was the only person in the world facing that challenge. People were negative because they´d never seen people like me doing these things.“I made a decision to change that. The world is not limited. It is so important to encourage social initiatives that really empower people.”
 


Published on 2012-09-15 07:00:23(Myrepublica)
Read more ...

Can Soft Tech 2012 Begain From Today

Wednesday
CAN Soft Tech 2012 Begain From Today at WTC Building ,Tripureshwor, Kathmandu

Read more ...

११ अश्लील नेपाली साइट बन्द

Monday
सरकारले अश्लील भिडियो तथा सामग्री भएका ९३ वेबसाइटलाई नेपालमा नखुल्ने गरी ब्लक गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले  अश्लील भिडियो तथा सामग्री भएका ९३ वेबसाइट नेपालमा नखुल्ने बनाउन सबै इन्टरनेट सेवाप्रदायकलाई निर्देशन दिएको बताइन्छ।  पहिलेको लिस्टमा नयाँ गुनासो आएका साइटसमेत थपेर ब्लक गर्न निर्देशन दिइएको प्राधिकरणका सहायक निर्देशक बाबुराम दवाडीले  बताएका छन्। दवाडीका अनुसार भदौ १२ गतेसम्म गुनासो आएका वेबसाइटहरूको लिस्ट इन्टरनेट सेवाप्रदायकलाई पठाइसकिएको छ।

नेपाली युवा-युवतीका यौन गतिविधि इन्टरनेटमा फैलिएर उनीहरूको जीवन नै बरबाद हुन थालेपछि गृहमन्त्रालयले त्यस्ता अश्लील भिडियो  भएका वेबसाइट नेपालमा बन्द गर्न निर्देशन दिएको बताइन्छ। नाम चलेकी एक नायिकाको नाममा खोलिएको वेबसाइटमा उनका साथै अन्य  अश्लील भिडियो रहेकाले प्राधिकरणले त्यसलाई पनि ब्लक गर्न निर्देशन दिएको कुरा सिंहदरबार डटकमले उल्लेख गरेको छ।

गृहमन्त्रालयले इन्टरनेटमा सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अश्लील सामग्री प्रसारण एवं प्रवाह हुने गरेको र तिनले समाजमा विकृति-विसंगतिका साथै आपराधिक गतिविधि बढाएकाले विद्युतीय कारोबार ऐन, २०६३ विपरीत त्यस्ता सामग्रीहरू प्रसारण, प्रदर्शन, बिक्री- वितरण र प्रवाह गर्न निषेध गरिसकेको छ। विद्युतीय कारोबार ऐनले निषेध गरेका त्यस्ता सामग्रीहरू इन्टरनेट सेवाप्रदायकलगायत सम्बद्ध  संस्थाहरूले तिनको प्रसारण, प्रवर्द्धन, वितरण एवं प्रवाह गर्ने कार्य बन्द गर्नुपर्छ। ऐनले निषेध गरेका सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अश्लील सामग्रीहरू प्रकाशन, प्रदर्शन, प्रसारण एवं बिक्री-वितरण गरे दफा ४७ अनुसार १ लाख रुपैयाँ जरिवाना तथा ५ वर्ष कैद  सजायको व्यवस्था छ। त्यस्ताखालका अश्लील सामग्रीहरू कसैले प्रसारण, बिक्री-वितरण एवं प्रवाह गरेको थाहा भए गृहमन्त्रालय, शान्ति  सुरक्षा शाखा, सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र प्रहरी प्रधान कार्यालयमा जानकारी दिन भनेको छ। त्यसरी  जानकारीमा आएका साइट ब्लक गर्न प्राधिकरणले इन्टरनेट सेवा-प्रदायकहरूलाई निर्दशन दिने गरेको छ। नेपालमा ब्लक भएका अधिकांश  अश्लील साइट नेपाली युवा-युवतीका भिडियोले भरिएको बताइन्छ। ब्लक हुने ९३ साइटमध्ये ११ नेपाली छन्। जसमध्ये अधिकांश निःशुल्क खो ल्न सकिने ब्लग हुन्
Sources:-  ekantipur.com
Read more ...

क्यान सफ्टटेकको तयारी

Sunday
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले भदौ २८ गतेदेखि गर्ने क्यान सफ्ट टेकको तयारी पूरा भएको छ । सफ्टवेयर तथा सोलुसनको क्षेत्रमा भएको नयाँ उत्पादनको प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सुरु भएको मेलामा ३५ कम्पनीको ५१ स्टल रहने क्यानका महसचिव नारायण न्यौपानेले जानकारी दिए । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सञ्चालन हुने पाँचौं संस्करणको मेला ४ दिनसम्म चल्नेछ । आयोजकले सफ्टवेयर क्षेत्रमा नेपालले गरेको विकासका साथै नेपालमा भएको सफ्टवेयर व्यवसायको सम्भावनाको जानकारी पनि मेला मार्फत गराउने जनाएको छ । यस क्षेत्रमा लगानी बढ्न नसकेको तर सम्भावना बढी भएको क्यानका अध्यक्ष सुरेश कर्णले बताए । 'सेवा क्षेत्रमा धेरै ठूलो परिवर्तन ल्याउन सम्भव छ,' उनले भने, 'मेला सफ्टवेयर र सोलुसनमा केन्दि्रत हुनेछ ।' नेपालमा सफ्टवेयर व्यवसाय गर्ने साना कम्पनीले केही वर्ष ठूलो उपलब्धि हासिल गरेको उदाहरण धेरै भएको उनले बताए । 'हामीले सफ्टवेयर आउटसोर्सिङको सम्भावना देखेका छौं,' उनले भने, 'अब नेपालभित्रै पनि सफ्टवेयरको व्यवसाय बढेको छ
Read more ...

19th Annual General Meeting of CAN

Friday
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को
१९औं वार्षिक साधारण सभा सम्बन्धि सूचना

कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) को १९ औं वार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा बस्ने भएकाले विधानमा भएको व्यवस्था बमोजिम सबै सदस्यहरुलाई सहभागिताका लागि ईमेल मार्फत जानकारी पठाइने साथै यस एशोसिएसनको वेव साईट www.can.org.np मा पनि सूचना प्रकाशित गरिएको सूचित गर्दछौं । कारणवस कुनै सदस्यहरुले उक्त सूचना नपाए यसै सूचनालाई आधार मानि उक्त वार्षिक साधारण सभामा उपस्थित हुनको लागि अनुरोध गर्दछौं ।
साधारण सभाहुने मिति र स्थान
मिति  ः २०६९ आश्विन २० गते शनिबार
समय  ः विहान ठिक ९ः३० बजे
साधारण सभामा छलफल हुने विषयहरु
                १. वार्षिक कार्य प्रगति प्रतिवेदन
                                क) क्यानको आ.व. २०६८÷०६९ को वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत तथा पारित ।
                                ख) आ.व. २०६९÷०७० को निमित्त भावी कार्ययोजना प्रस्तुत तथा पारित ।
                २. आर्थिक प्रतिवेदन
                                क) आ.व. २०६८÷०६९ को लेखापरिक्षण प्रतिवेदन प्रस्तुत तथा पारित ।
                ख) आ.व. २०६९÷७० को लागि अनुमानित बजेट प्रस्तुत तथा पारित ।
                ग) आ.व. २०६९÷०७० को निमित्त लेखा परीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण ।
                ३) क्यान महासंघीय अवधारणामा छलफल ।
                ४) कार्यसमितिको निर्वाचन
                ५) विविध
नोटः
१. मताधिकारका लागि सदस्यता नविकरण अनिवार्य भएकाले नविकरण गर्नु पर्ने सबै सदस्य महानुभावहरुले यहि २०६९ आश्विन ५ गते भित्र क्यानको सचिवालय, मैतिदेवीमा आफ्नो   सदस्यता नियमानुसार नविकरण गर्नुहुन अनुरोध छ ।
२. संस्थागत सदस्य महानुभावहरुले संस्थाको प्रतिनिधित्व जनाउने पत्र समय भित्र सचिवालयमा बुझाउन र व्यक्तिगत सदस्य महानुभावहले परिचय पत्र साथमा लिई आउन अनुरोध छ । स्थानीय संघ सदस्यहरुलाई नविकरण तथा प्रतिनिधित्व सम्बन्धि पत्र ईमेल मार्फत जनकारी गराईएको छ । यदि सो  पत्र इमेल मार्फत नपाइएको भए यसै सूचनालाई आधार मानी क्यान सचिवालयमा सम्पर्क       गर्न हुन तथा समय भित्र नविकरण गर्नु हुन अनुरोध छ । 
३. निर्वाचन तालिका क्यान सचिवालयको सूचना पाटीमा टाँस गरिनेछ । मतदान बाहेक निर्वाचन सम्बन्धि सबै कार्यक्रमहरु क्यानको सचिवालय मैतिदेवीमा सम्पन्न गरिनेछ । थप जानकारीका लागि क्यानको सचिवालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

                                                                                                नारायण न्यौपाने
                                                                                                महासचिव
                                                                                                कम्प्यूटर एशोसिएसन अफ नेपाल (क्यान)
                                                                                                मैतिदेवीमार्ग, काठमाण्डौं, नेपाल ।
                                                                                                फोनः ४४३२७००, ४४२४०४३
                                                                                                Email: info@can.org.np
                                                                             URL: www.can.org.np

Sources:- www.can.org.np
Read more ...

अनाथलाई खाना फेसबुकले गर्दा

Friday

उपेन्द्र लामिछाने, काठमाडौं, -  रीमा दिदीको एउटा खुट्टा नै रैनछ। त्यसैले धेरै दुःख पाउनुभएको रहेछ। बाबाममी कोही पनि नभएकाले उहाँ अनाथालयमा बस्नुहुँदो रहेछ।  रीमा दिदीको उपचार गर्न पाए कति रमाइलो हुन्थ्यो तर पैसा नै छैन। मैले त मेरो खुत्रुके फुटाएर २०० दिन्छु, हजुरहरू पनि सहयोग गर्दिनु न है प्लिज...।- हजुरहरूकी प्यारी अदीति

लैनचौरकी ७ वर्षे अदीति पौडेलले बाबा हरिरामको फेसबुकमा गरेको अपिल यति प्रभावकारी हुन्छ भन्ने सोचेकै थिइनन्। तर बाबाकै सहयोगले यस्तो अपिल पोस्ट गरेको भोलिपल्टैदेखि अर्थात गत मंगलबारदेखि रीमाका लागि मात्र हैन, अन्य १३ जना अनाथका लागि पनि खाना जुटाएको छ। काठमाडौं काँडाघारीस्थित सृजनशील बाल सेवा परिवारमा आश्रित बालबालिका अहिले ती अदीतिप्रति यही कारण आभारी छन्।

बायाँ खुट्टाको चल्ने शक्ति गुमाएपछि ५ वर्षकै उमेरमा आमाबुबाबाट तिरस्कृत ९ वर्षे रीमा पुरीलाई भेट्न बाबु हरिराम पौडेलको साथ पुगेकी अदीतिले त्यहाँबाट फर्केपछि रीमा र उनका साथीको अवस्था चित्रण गर्दै फेसबुकमार्फत सहयोग गरेकी थिइन्। जुन सहयोगको खाता उनले आफैंले खुत्रुकेमा जम्मा भएको पैसा दिएर खोलेकी थिइन्।
'न्युयोर्क बस्नुहुने साहित्यकार गीता पन्थले एक सय अमेरिकी डलर मासिक रूपमा पठाउने लिखित प्रतिबद्धता जाहेर गर्नुभएको छ,' हरिरामले भने, 'योभन्दा अगाडि पनि रीमा पुरीको उपचारका लागि ८ हजार ५ सय उहाँबाट प्राप्त भइसकेको छ।'
त्यसैगरी गजलकार रवि प्राञ्जलले रीमा र उनी बस्ने संस्थाको सहयोगका लागि १० हजार सहयोग गरेका छन् भने उनको अपिल पढेर अर्का गजलकार आनन्द श्रेष्ठले १ हजार, कतारमा रहेका विक्रम डोटेल र कुमार सुब्बाले ५ हजार २२, कुमार रेग्मीले ८ हजार ४ सय, बानेश्वर क्याम्पस मानविकी संकायका विद्यार्थीको तर्फबाट २ हजार ९ सय र अन्यबाट गरी ३४ हजार ५ सय रुपियाँ जम्मा भइसकेको हरिरामले जनाए। 'सहयोग आउने क्रम जारी छ,' उनले भने, 'हामी पारदर्शी तवरले सबै रकम उनलाई हस्तान्तरण गर्दैछौं।'
यसअघि उनीआबद्ध लिस्नर्स क्लबले ७८ हजार हस्तान्तरण गरिसकेको छ। उनीबारे नागरिकमा समाचार आएपछि यसअघि नै पोखरास्थित एक अस्पतालले उनलाई कृत्रिम खुट्टा जडान गरिदिने जनाइसकेको छ।
गएको शनिबार काँडाघारी पुगेकी अदीतिले रीमा पुरीले गाएको 'कति बसौं पीरमाथि पीर सहेर, अहिलेसम्म रोएरै बाँच्या छु बालकमै बाबा गएर' बोलको गीत सुनेकी थिइन्। 'त्यहाँबाट फर्केलगत्तै उनले आफ्नो खुत्रुके फोरेर २ सय रुपियाँ रीमालाई दिन भनिन्,' अदीतिकी आमा विकलाले भनिन्, 'अनि बाबालाई भनेर फेसबुकमा पनि अपिल गरिन्। अहिले सहयोगी बढेपछि अदीति निकै खुसी छे।'
अदीति आफू र आफूलाई आश्रय दिने संस्थाका लागि सहयोग जुटाउन लागिपरेकामा रीमा पनि कम्ता खुसी छैनन्। उनले भनिन्, 'सानो बच्चाले पनि ठूलो काम गर्न सक्छन् भनेको यही रहेछ।' आश्रम सञ्चालिका उमादेवी बस्नेतले पनि एउटी सानी नानीको अपिलले अनाथालयमा बस्ने १४ बालबालिकाको पेट भरिने स्थिति आउनु चानचुने नभएको बताइन्।
सा भार:- नागरिक न्युज डट कम
Read more ...

अपराध अनुसन्धानमा सफलता फेसबुकले

Wednesday
केपी ढुंगाना(लेखक),  नेपालमा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्तासँगै पीडक संख्या पनि बढ्दो छ। सर्वसाधारणमात्रै हैन, उच्च तहका सरकारी अधिकारी र प्रहरीलाई समेत हैरान बनाएको छ फेसबुक लगायतका सामाजिक सञ्जालले। सोसियल बेकर्स डट कमका अनुसार नेपाली फेसबुक प्रयोगकर्ताको संख्या १७ लाख बढी छ। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख देवेन्द्र सुवेदी महाशाखाको साइबरक्राइममा आएका उजुरीमध्ये सोसल नेटवर्क सम्बन्धी ३२ वटा छन्। तीमध्ये अधिकांश उजुरी फेसबुक सम्बन्धी छन्।

जटिल अनुसन्धान प्रकृयाका कारण फेसबुक लगायतका सामाजिक सञ्जाल सम्बन्धी आउने उजुरीले प्रहरीलाई समेत दिक्क बनाउने शब्द बनिसकेको अवस्थामा केन्द्रिय अनुसन्धान व्युरोले भने फेसबुककै सहयोगमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान सफल बनाएको छ।
इन्जीनियरिङ अध्ययन संस्थान पुल्चोकको प्रवेश परिक्षाको प्रश्नपत्र लिक गर्ने समूहलाई व्युरोले फेसबुकको सहयोगको पक्राउ गर्न सफल भएको हो। उसले फेसबुकको सहयोगमा प्रश्नपत्र बिक्रीमा संलग्न समूहको पहिचान गर्दै १४ जनालाई पक्राउनै गरेको छ।

प्रहरीले प्रश्नपत्र लिक गरी बिक्री गरेको अभियोगमा सिद्धार्थ लामा, लोकेन्द्र विष्ट, किशोर विष्ट, रविन पोखरेल, किशोर विष्ट, रविन पोखरेल, वीरेन्द्र साह, मदन मण्डल, मनोज यादव, शिव सागर यादव, राम विनय मण्डल, अमितकुमार यादव, राजिव चौलागाई, राजकुमार राउत, करण चौरसिया र निरज चौधरी पक्राउ परेका छन्।

घटनामा संलग्न कृष्ण झा र प्रमोद यादव फरार छन्। एक कपी प्रश्नपत्र प्रमोदले समेत बिक्री गर्न लिएको खुले पनि उनी पक्राउ नपरेकाले उनले प्रश्नपत्र क-कसलाई बेचे भन्ने खुल्न सकेको छैन।

व्युरोका प्रहरी अधिकारीले फेसबुकको समूहमा राखिएको प्रश्नपत्र सम्बन्धी अडियो क्लिपका आधारमा अनुसन्धान अगाडि बढाउँदा प्रश्न पत्र लिक गर्ने र बिक्री गर्ने आपराधिक घटनामा संलग्नहरुको पहिचान गर्न सकेको हो।

व्युरोका प्रमुख उपेन्द्रकान्त अर्यालले मंगलबार अनुसन्धान विवरण सार्वजनिक गर्दै 'फेसबुकमा प्रश्नपत्र पढेको अडियो क्लिप भेटिएपछि त्यसैको आधारमा घटनामा संलग्न अभियुक्त पक्राउ गर्न सफल भएको बताए।

प्रहरीका अनुसार विद्यार्थीले सजिलोका लागी फेसबुकमा गु्रप पेज बनाएर परीक्षाको दिन साउन २७ गते बिहानै त्यसमा प्रश्न पत्र पढेको क्लिप राखेका थिए। सोही क्लिपको आधारमा परीक्षामा सहभागी हुने विद्यार्थीले अडियो क्लिप डाउनलोड गरेर सुनेर आठ बजे भएको परिक्षामा सहभागी भएका थिए।

तर, केही दिनमै प्रश्नपत्र बाहिरिएको पुष्टी भएपछि क्याम्पसले करिव १० हजार सात सय विद्यार्थीको परीक्षा रद्द गर्दै अनुसन्धानका लागि व्युरोलाई आग्रह गरेका थिए।

यसरी फैलियो प्रश्नपत्र
व्युरोका अनुसार फेसबुकमा रहेको नेभर माइन्ड समूहमा अडियो क्लिप सार्वजनिक भएको अनुसन्धान गर्दा परिक्षार्थी निरज चौधरी शंकाको घेरामा परेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले परिक्षाको अघिल्लो दिननै सो अडियो क्लिप डाउनलोड गरेको स्विकार गरे पनि अनुसन्धानको बाटो खुलेको थियो।

इन्जीनियरिङ अध्ययन संस्थानको प्रश्नपत्र सानेपामा रहेको सिग्मा प्रेसले छाप्ने गरेको थियो। त्रिचन्द्र कलेजमा अध्ययनरत लोकेन्द्र विष्टले सोही प्रेसमा काम गर्दै आएका थिए। इन्जिनियरिङ कलेजको प्रवेश परिक्षाको प्रश्न छापिने गरेको चाल पाएका उनले मेसिन अपरेटर सिदार्थ लामालाई प्रश्न पत्र बिक्री गर्दा निकै आम्दानी हुन्छ भन्दै प्रश्न छाप्ने समयमा एक कपी लुकाउन हौस्याएका थिए।

प्रहरीका अनुसार २८ गते हुने प्रश्नपत्र २४ गते लिक भइसकेको थियो। प्रश्न छापिने समयमा क्याम्पसका प्रतिनिधि निरीक्षणका लागी प्रेसमै बस्ने भएकाले गाह्रो हुने भएपछि उनले एककपी प्रश्नपत्र काम नलाग्ने कागजजस्तो पोको पारेर मेसिनमुनि फ्याकेर लोकेन्द्रलाई दिएका थिए।
व्युरोका डिआइजी अर्यालका अनुसार उनीहरूले सबै प्रश्न पत्र लिक गर्न सकेका थिएनन्। प्रश्न नम्बर १९ देखि ५६ र ९२ देखि १ सय १४ नम्बरका प्रश्न लिक भएको अनुसन्धानमा खुलेको अर्यालले बताए।

अनुसन्धान अधिकारीका अनुसार लोकेन्द्रले होलिभिजन स्कुलका खेलकुद शिक्षक किशोरलाई प्रश्नपत्र दिएपछि उनले खरिदकर्ताको खोजी गरेका थिए। उनले अर्का खेलकुद शिक्षक रविन पोखरेललाई प्रश्नपत्र दिएपछि उनले बिक्रीका लागि एभरेष्ट कलेजमा बिबिए पढ्दै गरेका वीरेन्द्र साहलाई दिएका थिए।

प्रहरीका अनुसार वीरेन्द्रले ५० हजारमा इन्जीनिरिङ कलेजका विद्यार्थी मदन मण्डललाई बिक्री गरे। उनले र बिइका परिक्षार्थी प्रमोद यादवलाई समेत प्रश्नपत्र दिएका थिए। वीरेन्द्रले सो रकममध्ये ३० हजार रविन पोखरेललाई दिएका थिए। रविनले २० हजार किशोर विष्टलाई दिएको खुलेको डिआइजी अर्यालले बताए।

मदन मण्डलले मनोज यादव, मनोजले शिव सागर यादव र शिवले अमितकुमार यादव, राजिव चौलागाई र कृष्ण झालाई प्रश्न पत्र दिएको खुलेको छ। अमित मार्फत राजकुमार राउत, करण चौरसिया र निरज चौधरीसम्म प्रश्न पत्र पुगेको थियो।

२६ गते अमितकुमार यादव र रामविनय मण्डललगायतकालाई शिव सागर यादवले बिई र बिआर्चको प्रश्नपत्र आफूसँग रहेको भन्दै १५ हजार माग गरेका थिए। प्रहरीका अनुसार शिवसागरले कृष्ण झालाई प्रश्नपत्र बेचेर १५ हजार लिएका थिए।

राजकुमार राउतले १५ हजार दिने सर्तमा प्रश्नपत्र मेलबाट मागेका थिए। उनीहरुले मोवाइलबाट प्रश्नपत्रको तस्विर खिचेर पठाउने प्रयास गर्दा नगएपछि राम विनय मण्डलले राजीव चौलागाईको मोवाइलमा रहेको प्रश्नपत्र पढेर राउतलाई सुनाएका थिए। उता, राउतले भने सो रेकर्ड गरेका थिए।

व्युरो प्रमुख अर्यालका अनुसार करण चौरसियाले सो अडियो क्लिप राजकुमार राउतको मोबाइलबाट आफ्नो मोबाइलमा सारेर फेसबुकमा राखेका थिए।

क्याम्पसका डिन भरतराज पहाडीले प्रश्नपत्रको सुरक्षाका लागि क्याक्पसका निरीक्षक प्रेसमै बसेर प्रश्न छाप्ने गरे पनि झुक्याएर प्रश्नपत्र बाहिरिएको बताए। उनले प्रश्नपत्र लिक गर्न संलग्न देखिएकालाई अब परीक्षामा सहभागी नगराउने र तत्काल बोर्ड बैठक बसेर अर्को परीक्षाको मिति तोक्ने बताए।

प्रश्नपत्र छपाइका लागी सरकारले सेक्युरिटी प्रेसकै व्यवस्था गरेको भए पनि सोबारे आफूलाई जानकारी नभएको डिनको तर्क थियो। उनले क्याम्पसको बोर्डले प्रेसको चयन गर्ने र सोबारे आफूलाई समेत जानकारी नहुने दावी गर्दै यसमा केही त्रुटी भएकाले अब भने सेक्युरिटी प्रेसमा छाप्ने बताए।

प्रश्नपत्र लिक गरेर १० हजार विद्यार्थीको भविष्यमाथी खेलवाड भए पनि पक्राउ परेकाहरूमाथि सार्वजनिक अपराध ऐन अर्न्तगत मात्रै कार्वाही हुने भएको छ। प्रश्न कानुनी व्यवस्थाको अभावमा गम्भीर प्रकृतिको अपराधमा पनि सार्वजनिक अपराधजस्तो फितलो कानुन लगाउनुपर्ने बाध्यता रहेको बताउँदै अर्यालले भने 'यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछौं।'

स्रोत:- नागरिक न्युज  डट कम
Read more ...

Cyber crime ‘soars’ as FB, Twitter get more popular

Wednesday
ANKIT ADHIKARI (writer) - The number of registered cyber crimes in Kathmandu, especially through social networking sites like Facebook and Twitter, has undergone a dramatic 300
percent growth over the last two fiscal years.
Data from the Metropolitan Police Crime Investigation Division (MPCID) showed the number of registered Facebook offenses rose by three times from the fiscal year 2010/11 to 2011/12. When tallied with the number of cyber crime cases in 2009/10, the data showed an astounding growth of nearly 12 times.
The steady increase in the popularity of social networking sites, particularly Facebook, has led to the rise in the number of misdemeanours that range from password hacking to creating fake user accounts for defamation, said police.
However, according to SSP Devendra Subedi, MPCID in-charge, the number of registered cases is still very low, compared to the assumed rate of cyber offenses that occur in the city. “Owing to a lack of awareness, the number of individuals taking their cyber plight to the police is very low, regardless of the growth that has been noticed lately,” said Subedi, addressing a programme on Tuesday. While just three cases of cyber crime were registered at the MPCID in 2009/10, the number rose to 12 the next year, followed by 36 in 2011/12.
The nature of crime complaints, police said, are usually about the tagging of nude photographs on Facebook, erroneous postage of personal telephone numbers, personal defamation through hacked accounts and the misuse of photographs posted on Facebook. Of all the cyber crime cases registered, almost 70 percent are directly related to Facebook, showed MPCID data.
Meanwhile, police are having a difficult time dealing with these cases, as there are no proper guidelines or effective national policy in place to prosecute those involved in cyber crime through social networking. “Tracking down the IP addresses, we make our way to the computer used for the crime,” said SSP Subedi. “When the computer turns out to be at a public cyber cafe, all efforts become useless.”
In most cases, after receiving complaints, police delete the respective fake Facebook account in coordination with the Nepal Telecommunications Authority and Internet Service Providers. In some cases, police have also emailed Facebook headquarters in the United States for specific action.
“Given the growing popularity of networking sites, the problem islikely to be aggravated. Besides enhancing our probe mechanism, we need to focus on increasing public awareness of the matter,” said Subedi.
Among other kinds of registered cyber crime cases are email threats, illegal data access, hacks, websitedisputes and web SMS threats.

Sources:- ekantipur.com
Read more ...

बीईको प्रवेश परीक्षा रद्द, अर्को परिक्षा असोज २० भित्र

Tuesday
त्रिभुवन बिश्वबिद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले गत साउन २७ गते भएको बीईको प्रवेश परिक्षा रद्द गर्दै अर्को प्रवेश परीक्षा असोज २० गतेभित्र गर्ने भएको छ ।
प्रवेश परीक्षा अगावै प्रश्नपत्र आउट भएको भन्दै आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारी र संस्थान डीन कार्यालयवीच गएराती अबेर  भएको वार्तामा नयाँ प्रवेश परीक्षा गर्ने सहमति भएको हो ।
अखिल क्रान्तिकारीका नेवा राज्य समिति संयोजक रामचन्द्र अधिकारीले दिएको जानकारीअनुसार पुरानो परिक्षा रद्द गर्दै नयाँ प्रवेश परीक्षा गर्ने, परीक्षा बोर्ड बिघटन गरि नयाँ परिक्षा बोर्ड गठन गर्ने, प्रश्नपत्र आउट गर्नमा दोषी देखिएकालाई कारवाही गर्न सहयोग गर्ने र कार्यालयमा लागेको ताला खोल्ने ४ बुादे सहमति भएको छ ।
नेपाल सरकार केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिबेदनमा पनि प्रश्नपत्र चुहिएको उल्लेख भएकाले त्यसलाई मान्यता नदिने सहमति भएको त्यसमा संलग्न जो कोहीलाई कारवाही गर्न सहयोग गर्ने सहमति भएको अधिकारीले जानकारी दिनुभयो ।
Sources:- onlinekhabar.com
Read more ...

Call for Admission in Graduate Programs of School of Engineering

Monday
Admission Notice in Graduate Programs of School of Engineering
More Details
Read more ...

साढे २ अर्ब बाहिरियो ब्यान्डविथबाट

Saturday

दूरसञ्चार कम्पनीहरुले ब्यान्डविथ वापत गत वर्ष विदेशी कम्पनीलाई साढे दुई अर्ब रुपैयाँ तिरेका छन्। टेलिफोन र इन्टरनेट सेवा प्रदायक ११ वटा कम्पनीले गत आर्थिक वर्ष २०६८/६९ मा २ अर्ब ५८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सटहीका लागि दूरसञ्चार प्राधिकरणसँग सिफारिस लिएका छन्।कम्पनीहरुले इन्टरनेटको ब्यान्डविथ, विदेशी परामर्शदाताको भुक्तानी गर्न प्राधिकरणसँग सिफारिस लिनुपर्छ। इन्टरनेटका प्रयोगकर्ता वृद्धिसँगै ब्यान्डविथको माग निकै बढेको छ। अहिले भ्वाइस र डाटा दुवै ब्यान्डविथको माध्यमबाट आदानप्रदान हुन्छ।
विदेशी कम्पनीलाई भुक्तानी गर्न सबैभन्दा बढी विदेशी मुद्रा सिफारिस लिने कम्पनीमा एनसेल अगाडि छ। एनसेलले २ अर्ब १७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सटहीका लागि सिफारिस लिएको छ। यो रकम वर्षभरि सबै कम्पनीले सटही गरेको रकमको ८४ प्रतिशत हो। 




प्राधिकरणका निर्देशक आनन्दराज खनालले ब्यान्डविथमा नेपाली दूरसञ्चार कम्पनीहरुको खर्च बढ्दै गएको बताए। इन्टरनेट ग्राहक बढेको र भ्वाइससमेत ब्यान्डविथबाट आउनजान थालेको हुँदा कम्पनीले ठूलो रकम तिरेका हुन्।
प्राधिकरण स्रोतका अनुसार दुई वर्षअघि आव २०६६/६७ मा नेपालका दूरसञ्चार कम्पनीहरुले ९६ करोड ६२ लाख रुपैयाँ विदेशी कम्पनीलाई तिरेका थिए। विगत पाँच वर्षअघिको दाँजोमा अहिले ब्यान्डविथको मूल्य भारी मात्रामा घटेको छ।
नेपाल टेलिकमले भने गत वर्ष १२ करोड ९९ लाख रुपैयाँमात्र विदेशी मुद्रा सटही गरेको छ। दुई वर्षअघि टेलिकमले पनि ब्यान्डविथ र अन्य भुक्तानीका लागि झन्डै ५० करोड रुपैयाँ भुक्तानी गरेको थियो।
प्राधिकरणका उपनिर्देशक दीपेश आचार्यका अनुसार युटिएलले तीन करोड २२ लाख, एसटिएम टेलिकमले दुई करोड ६७ लाख, नेपाल स्याटेलाइट टेलिकमले तीन करोड २८ लाख र स्मार्ट टेलिकमले चारकरोड दुई लाख रुपैयाँ विदेशी मुद्राको सिफारिस लिएका छन्।
इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा बढी ब्यान्डविथको शुल्क मर्कन्टाइल कम्युनिकेसनले तिरेको छ। यो कम्पनीले ब्यान्डविथको भुक्तानी गर्न ६ करोड ५८ लाख साटेको थियो। त्यस्तै वर्ल्डलिंकले तीन करोड ९८ लाख, कम्युनिकेसन एन्ड कम्युनिकेटले तीन करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ। 
नेपाल टेलिकमलाई भने विदेशी मुद्रा सटहीका लागि प्राधिकरणसँग सिफारिस लिनुपर्दैन। टेलिकम आफैंले विदेशी मुद्रा सटही गरेर भुक्तानी गर्छ। केही थोरै परिमाणको लागि मात्र प्राधिकरणसँग सिफारिस लिएर टेलिकमले भुक्तानी गर्दै आएको छ।
नेपालमा विभिन्न दूरसञ्चार कम्पनी र इन्टरनेट सेवा प्रदायकले झन्डै १० गिगाबाइट ब्यान्डविथ लिएका छन्। यो ब्यान्डविथलाई कुराकानी गर्न र इन्टरनेट (डाटा) मा प्रयोग गरिन्छ।  
प्राधिकरण स्रोतका अनुसार गत वर्षसम्म स्याटेलाइटमार्फत ब्यान्डविथ किन्ने गरेकोमा नेपाली कम्पनीले अहिले अप्टिकल फाइबरबाट आदानप्रदान गरिरहेका छन्। स्याटेलाइटभन्दा अप्टिकल फाइबर सस्तो पर्छ।
उपकरण आयात घट्यो
दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष आयात गर्ने उपकरणमा गरेको लगानी भने घटेको छ।
दुई वर्षअघि ६ अर्ब १३ करोडको उपकरण आयात भएकोमा गत वर्ष चारअर्ब ५५ करोडको मात्र आयात भएको छ। सबैभन्दा बढी नेपाल टेलिकमले दुई अर्ब ४० करोडको उपकरण आयात गरेको छ भने एनसेलले दुई अर्ब पाँच करोडको आयात गरेको थियो।
नेपाल स्याटेलाइट, स्मार्ट टेलिकम र एसटिएमले गत वर्ष सेवाको विस्तार र नयाँ उपकरणमा खासै खर्च नगरेको प्राधिकरणको विवरणले देखाएको छ।
 टेलिफोन कम्पनी र इन्टरनेट सेवा प्रदायकले गत वर्षभरिमा उपकरण ल्याउन चारअर्ब ५५ करोड खर्चेका छन्। दूरसञ्चारको विकास निम्ति सरकारले उपकरणमा एक प्रतिशतमात्र भन्सार लगाएको हुँदा त्यो सुविधा लिन प्राधिकरणको सिफारिस चाहिन्छ।
स्रोत:-(नागरिक)

Read more ...