इन्टरनेट तीन प्रतिशत परिवारसँग मात्रै

Tuesday
नेपालमा कूल जनसंख्याको ९६.७ प्रतिशत परिवारसँग इन्टरनेट पहुँच छैन। राष्ट्रिय जनगणनाको आज सार्वजनिक गरिएको अन्तिम प्रतिवेदन अनुसार कम्प्युटर भएको परिवार ७.२८ प्रतिशतमात्रै छ। त्यसमध्ये २३.६६ प्रतिशत शहरी क्षेत्रमा बस्ने परिवार हुन् भने ३.३७ प्रतिशत ग्रामीण क्षेत्रमा।
यसपटकको जनगणनामा पहिलो पटक परिवारसित कम्प्युटर, इन्टरनेट, टेलिफोन, मोबाइल फोन, मोटर, मोटरसाइकल, साइकल, फ्रिज भए/नभएको तथ्याङ्क लिइएको थियो। यसअघि रेडियो र टेलिभिजनको मात्रै तथ्याङ्क लिने गरिन्थ्यो।
टेलिभिजन हुने परिवारको संख्या बढेको छ भने रेडियो हुने परिवारको संख्या घटेको छ। यद्यपि अझै सबैभन्दा बढी ५०.८२ प्रतिशतसँग रेडियो छ।
टेलिभिजन हुने परिवारको संख्या ३६.४५ प्रतिशत छ। १० वर्षअघि यो संख्या साढे २२ प्रतिशत मात्रै थियो। केवल टिभीको लाइन भएका परिवारको संख्या १९.३३ प्रतिशत छ।
टेलिफोन हुने परिवारको संख्या ७.३७ प्रतिशत छ भने मोबाइल हुनेको संख्या ६४.६३ छ।
Read more ...

झन्डै १७ करोड बोनस टेलिकमद्वारा ग्राहकलाई

Wednesday
एक महिनामा नेपाल टेलिकममा पि्रपेड मोबाइल ग्राहकले १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ खर्च गरेका छन् । नेपाल टेलिकमले चाडबाडको अवसरमा खर्च गरेको रकमबाट १६ करोड ८१ लाख ७१ हजार ३ सय ३६ रुपैयाँ बोनस बाँडेको छ ।
'जीएसएम पि्रपेडका ग्राहकलाई खर्च गरेको रकमको १० प्रतिशत रकम बोनसस्वरूप दिएका छौं,' टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन् । बोनसबापत बाँडिएको रकम सोचेभन्दा बढी भएको उनले बताइन् । 'हामीले १०/११ करोड बोनस बाँड्नुपर्ने अनुमान गरिएको थियो,' उनले भनिन् ।
कम्पनीले असोज ३० गतेदेखि मंसिर ४ गतेसम्म ग्राहकले खर्च गरेको रकमको आधारमा बोनस बाँडेको हो । 'चाडबाडको अवसरमा जीएमएस मोबाइल, पीएसटीएन र सी-फोन (पोस्टपेड) ग्राहकले खर्च गरेको १० प्रतिशत बोनस रकम दिने घोषणा गरेका थियौं,' उनले भनिन्, 'यी सेवाका ग्राहकका लागि भने कात्तिकको बिलमा बोनस रकम उपलब्ध गराइने छ ।'

बोनस पाएको रकम ग्राहकले दुई महिनाभित्र सक्नुपर्ने छ । 'बोनस पाउने ग्राहकले सुरुमा खर्च गर्दा बोनसबाट रकम काटिन्छ,' उनले भनिन्, 'बोनस रकम सकिएपछि मात्र मेन ब्यालेन्सबाट रकम काटिन सुरु गर्छ ।' मंगलबार बोनस रकम पाएको जानकारी नभएपछि टेलिकमका ग्राहकले पैसा नकाटिएको भन्दै लगातार फोन गरेका थिए । 'मोबाइलमा रहेको रकम नघटे पनि धेरैलाई फोन गरंे,' एक ग्राहकले भने, 'तर पछि आफूले पाएको बोनसबाट काटिएको थाहा पाएँ ।'
टेलिकमका अनुसार बोनस योजना सीडीएमएका ग्राहकलाई भने दिइएको छैन । बोनस रकम रिचार्ज गरेको रकम नभई खर्च गरेको रकमको आधारमा पाउने हो । 'रिचार्ज गरेर पैसा ट्रान्सफर गर्नेले बोनस पाउँदैन,' प्रवक्ता प्रधानले भनिन्, 'ट्रान्सफर गरेर पाउने ग्राहकले खर्च गरेको आधारमा पैसा पाउँछ ।'
यस्तै टेलिकमले कात्तिक १ गतेदेखि मंसिर ४ गतेसम्म एक्सेस कोड १४२४ मार्फत फोन गर्दा घटाएको शुल्क मंसिर ३० गतेसम्म निरन्तर हुने जनाएको छ । कम्पनीले अस्ट्रेलियामा एक्सेस कोडमार्फत फोन गर्दा लाग्ने शुल्क प्रतिमिनेट १२ रुपैयाँबाट घटाएर ७ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।
चीन र हङकङमा फोन गर्दा लाग्ने रकम ४ रुपैयाँबाट घटाएर ३ रुपैयाँ कायम गरेको थियो । यस्तै बंगलादेशमा फोन गर्दा लाग्न रकम ८ रुपैयाँबाट घटाएर ४ रुपैयाँ कायम गरेको छ । कुवेत र बहराइनमा फोन गर्दा लाग्ने रकम १२ रुपैयाँबाट घटाएर ८ रुपैयाँ नै कायम हुने व्यवस्था मंसिर ३० गतेसम्म लागू गरिएको छ ।



प्रकाशित मिति: २०६९ मंसिर ६ ०९:२९(कान्तिपुर)
Read more ...

६ अर्ब मोबाइल फोन बोक्नेहरू

Tuesday
विश्वका ६ अर्बभन्दा बढी व्यक्तिसँग मोबाइल फोन रहेको तथ्यांक सार्वजनिक भएको छ। विश्वमा जति जनसंख्या छ लगभग त्यत्तिकै  संख्यामा मोबाइल प्रयोगकर्ता पनि रहेको कुरा संयुक्त राष्ट्रसंघीय टेलिकम संस्थाले जनाएको हो। सञ्चारका कारण संसार अहिले यति साँघुरो  भएको छ कि मोबाइल नहुने मानिसले कसरी आफ्नो दिनचर्या चलाउँलान भनेर अचम्म मान्नु पर्ने अवस्था छ। अन्तर्राष्ट्रिय दूरसञ्चार  युनियनका अनुसार त्यसमध्ये १ अर्ब मोबाइल त चिनियाँ नागरिकले नै प्रयोग गर्छन्। १ सय ५५ देशमा गरिएको अध्ययनपछि यो तथ्यांक  सार्वजनिक गरिएको हो। स्वीजरल्यान्डको जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनले सन् २०११ को अन्त्यसम्ममा विश्वका  दुई अर्ब व्यक्तिले इन्टरनेटको प्रयोग गरिरहेको पनि जनाएको छ। प्रकाशित मिति: २०६९ मंसिर ४ ०९:२५
Read more ...