सिंहदरबारमा बिहान १० देखि ३ बजेसम्म फेसबुक प्रतिबन्ध (Facebook Band in Singh Dubar)

Wednesday
कर्मचारीले कामभन्दा पनि फेसबुकमा धेरै समय बिताउन थालेपछि मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रका कार्यालयमा सामाजिक सञ्जाल फेसबुक चलाउन प्रतिबन्ध लगाइएको छ।
 सिंहदरबारभित्र विस्तारित इन्टरनेट खपत घटाउन र कर्मचारीलाई सेवाग्राहीप्रति उत्तरदायी बनाउन भन्दै अर्थमन्त्रालयले मंगलबारदेखि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म फेसबुक चलाउन नमिल्ने बनाएको छ। फेसबुक प्रतिबन्ध लगाएपछि कर्मचारीहरू कामप्रति बढी जिम्मेवार हुने अर्थको अपेक्षा छ। कर्मचारीहरूले पाँच बजेसम्म काम गर्नुपर्ने भए पनि आधाभन्दा बढी कर्मचारीलाई तीन बजेसम्म भेट्न मुस्किल पर्ने गुनासो छ।

अर्थमन्त्रालयका प्रवक्ता राजन खनालले फेसबुकको बढ्दो प्रयोगले इन्टरनेटको गति सुस्त भई काम प्रभावित भएकाले परीक्षणका रूपमा फेसबुक बन्द गरिएको जानकारी दिए। 'धेरैजनाले फेसबुक चलाउँदा एकातिर इन्टरनेट सुस्त भएर काम गर्न गाह्रो भयो, अर्काेतिर कर्मचारीहरूमा फेसबुक लतले काम प्रभावित भएकाले प्रतिबन्ध लगाइएको हो,' खनालले भने।

सिंहदरबारभित्र रहेका सबै सरकारी कार्यालयलाई फेसबुक प्रतिबन्धबारे जानकारी छैन। सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बेगेन्द्रराज पौड्यालले निर्णयबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए। 'कार्यालयमा फेसबुक बन्द गरिएकोबारे जानकारी छैन,' उनले भने 'कार्यालय समयमा फेसबुकमाथि रोक लगाइएको हो भने निकै राम्रो काम हो।' फेसबुकको बढ्दो प्रयोगले कार्यसम्पादनमा असर पुर्या उनसक्ने भएकाले रोक लगाउने निर्णय उचित भएको उनको भनाइ छ। उनले भने, 'फेसबुक बन्द भएपछि कार्यालयको काम पक्कै प्रभावित हुँदैन।'
From:- nagariknews.com

No comments:

Post a Comment