'विकिपेडिया' परिवर्तनको सङ्घारमा

Tuesday
-सुरेन्द्रबहादुर नेपाली

काठमाडौ, श्रावण ६ - विश्वका ठूला विश्वविद्यालयका प्राध्यापक आफ्ना विद्यार्थीलाई विकिपेडियालाई प्रत्यक्ष स्रोतको रूपमा उपयोग नगर्न निर्देशन दिन्छन् तर पनि विश्वमा सर्वाधिक जनताले ज्ञानस्रोतका लागि उपयोग गर्ने पाँच प्रमुख वेबसाइटभित्र विकिपेडिया परेको छ र विकिपेडियनहरू यो १० वर्षे बुढो भएकाले यसको स्वरूपमा परिवर्तन गर्नुपर्ने धारणा राख्छन् ।
'हवाइ' भाषाको छिटो अर्थात 'विकी' र ज्ञानकोशको 'पेडिया' शब्दहरू जोडेर सन् २००१ मा जिमी वेल्स तथा ल्यारी स्याङ्गरले स्थापना गर्नुभएको विकिपेडियामा आरम्भमा अङ्ग्रेजी भाषाका केबल २५ लेखहरू थिए । हाल यो सङ्ख्या बढेर दुई करोड २० लाख पुगेको छ र विकीले आफ्नो अर्थ गुमाएर सबैलाई निःशुल्क उपलब्ध गराइएको ज्ञानकोशको रूपमा आफूलाई स्थापित गरेको छ ।
यसबीच ८७ मुलुकका एक हजारभन्दा बढी विकिपेडियन वासिङ्टनस्थित जर्ज वासिङटन विश्वविद्यालयको क्याम्पसमा वाषिर्क बैठकमा भेला भए । यस भेलाको नाम भने हृयाकाथोन राखिएको थियो । यहाँ उनीहरूले विकिपेडियाका अनलाइन लेखहरूका विषयमा अनकौँ तर्क राखे । एघार वर्ष पुरानो भएको विकिपेडिया हाल आफ्नो पहिचानको सङ्कटमा रहेको अनुभव उनीहरूले गरे ।
द एजको अनलाइन संस्करणमा जुलाई १५ मा 'विकिपेडिया कनप|mन्ट्स इट्स आइडेन्टिटी क्रिसिस' नामक लेखमा हेले सुकायामाले बैठकका केही सहभागीले हाल फेसबुक तथा टि्वटरले जनतालाई आकषिर्त गरेको समयमा विकिपेडियाले पनि आफूलाई परिवर्तन गर्नुपर्ने बताएको उल्लेख गर्नुभएको छ ।
जर्मनीबाट आएका सफ्टवेयर इन्जिनियर सबास्टियन वालरोथले यो १० वर्ष पुरानो वेबसाइट जस्तो देखिएको र यसमा जनतालाई सहभागी हुन तथा फोटो, भिडियो राख्न तथा अन्य प्रयोगकर्तालाई सजिलो बनाउने काय गर्न कठिनभएको बताउनुभयो ।
आरम्भमा अनलाइन पारिभाषिक ज्ञानकोश तयार गन इच्छुक विश्वका लेखकहरू हाल विकिपेडियाको स्वरूप विशाल हुन थालेपछि उनीहरू एकापसमा कम आवद्ध भएको महसुस गर्न थालेका छन् । विकिपेडियाले नयाँ सम्पादक र विशेष गरी महिलालाई आकर्षण गर्न प्रयास गरिरहेको छ ।
विकिपेडिया हाल २८५ भाषामा रहेको छ र हाल योरुबा, स्वाहिली तथा अपि|mकान भाषामा पनि विस्तार हुँदैछ । यसमा दुई करोड २० लाख लेखहरू रहेका छन् र करिब एक लाख त यसका सहयोगी नै छन् । कहिलेकाँही लेखहरू बोट्स जस्ता कम्प्युटर कार्यक्रमले तयार गर्ने तथा अनुवाद गर्ने गरेका छन् । विकिपेडियामा आरम्भदेखि हालसम्म समुदायको निरन्तरताका लागि लेखकहरूलाई आमन्त्रण गर्ने गरिएको र उनीहरूलाई पहिलो लेखनमै सकेसम्म नभगाउन प्रयास गरिएको छ
सम्पादक माइकल सोले अब सबै कुरालाई ठीक बनाउनुपर्ने बताउनुभयो । हालका दिनमा उहाँ व्याकरण र हिज्जेका गल्ती सच्याउँदै हुनुहुन्छ । उहाँ हाल यो काम पहिले जस्तो आकर्षक नभएको बताउनुहुन्छ । संरचनागत रूपमा तलबाट माथि जाने विकिपेडियाको संस्कृति निकै महत्वपूर्ण छ र नाफा नकमाउने यसको उद्धेश्यका लागि यो अझै प्रभावी देखिन्छ । यो वेबसाइट चन्दामा भर पर्छ र पछिल्लो प्रयासमा यसका समर्थकहरूले यसलाई दुई करोड २० लाख अमेरिकी डलर उपलब्ध गराएका छन् ।
विकिपेडियाले आफ्नो सक्रिय सम्पादकहरू गत वर्षदेखि गुमाउन थालेको विकिमेडिया फाउन्डेसनका अध्यक्ष सु गार्डनरले बताउनुभयो । यसका पेजहरू अझै परम्परागत तथा हातैले तयार गर्नुपर्ने भएकाले पनि यसमा समस्या देखिएको उहाँले उल्लेख गर्नुभयो । उहाँ यसमा अझै ४० लाख पेजहरू थप्न चाहनुहुन्छ । विकिपेडियाले सम्पादक थप्न प्रयास गरेपनि यसमा विविधता कायम गर्न प्रयास गरिरहेको छ ।
यी सबैबीच पनि विकिपेडिया व्यापारिक भइसकेको छैन । यसमा ३५ जना मात्र कर्मचारी रहेका छन् ।  विकिपेडिया आफ्नो गल्तीप्रति सधँै इमान्दार रहेकाले पनि यसलाई जनताले मन पराएको गार्डनरको भनाइ छ । गार्डनरले विकिपेडिया आफ्नो बस्तु बेच्नका लागि तयार गरिएको बस्तु नभएकाले नै यसमा मानिसको आकर्षण रहेको बताउनुभयो ।
यो समस्या समाधान गर्न विकिपेडियाले सम्पादन गर्न सजिलो सफ्टवयर उपयोग गरेको छ र एडा इनिसिएटिभसँग साझेदारी गरेको छ । यसले 'ओपन सोर्स' प्रविधिमार्फत यो समुदायलाई सहयोग गर्छ । विकिमेडिया फाउन्डेसनका सञ्चार प्रमुख जे वाल्सले नयाँ प्रविधिले योगदान दिन चाहने व्यक्तिलाई एक अर्काको सहयोगका विषय थाहा हुने र उनीहरूलाई आपसमा आवद्ध गर्न सजिलो हुने बताउनुभयो ।
विकिपेडियाको संस्कृतिमा परिवर्तन हुनुको पछाडि यो एउटा अनलाइन इन्साइक्लोेपेडिया हुनुको अतिरिक्त एउटा इन्टरनेट कम्पनी, एउटा वकालत समूह तथा एउटा अनलाइन पुस्तकालयको रूपमा अनौठो संयोजनमा परिणत हुनुको कारण पनि रहेको गार्डनरले बताउनुभयो ।
जनवरी महिनामा अनलाइन चोरी नियन्त्रण ऐनको विरोधमा विकिपेडियाले आफ्नो अङ्ग्रेजी भाषाको स्रोतलाई २४ घण्टाका लागि बन्द गर्नुपरेको थियो ।
रसियाली भाषाको संस्करणले पनि इन्टरनेटको कालो सूची ऐनविरुद्द जुलाइ १० मा यस्तै प्रयास गर्नुपरेको थियो । यो अभियानले रसिया तथा विश्वमै धेरैको ध्यान आकर्षण गर्‍यो । यसो भए पनि यो विधेयक पारित भइसक्यो । केही विकिपेडियनले यो साइटले आफ्नो वकालयतको क्रियाकलापलाई धेरै अगाडि लैजान नहुने बताएका छन् ।
यस वेबसाइटका संस्थापक जिमी वेल्सले एक अन्तर्वार्तामा अब यसलाई परिवर्तन गर्नुपर्ने समय आएको बताउनुभएको थियो । बैठकको आरम्भमा वेल्सले आफू विकिपेडियाको प्रमुख नभएको र यसमा काम गर्ने सबै प्रमुख भएको बताउनुभयो । उहाँले हाल विकिपेडियालाई विभिन्न दिशातर्फ लैजाने प्रयास भए पनि यसले निर्णय एकतर्फी रूपमा नगर्ने बताउनुभयो ।
उहाँले विकिपेडियाको स्वरूप पनि संयुक्त रूपमा परिवर्तन हुने जानकारी दिनुभयो । उहाँले विकिपेडियामा काम गर्ने सबैले यसलाई निःशुल्क तथा खुला इन्टरनेट सुविधा दिने एउटा अभियानका रूपमा यसका समुदायलाई अगाडि बढाएकाले यसमा एकाधिकारवादी कार्यशैलीको नमुनाले काम नगर्ने बताउनुभयो ।
वेल्सले आफ्नो साइट कहिल्यै बन्द नहोस भन्ने चाहेको तर इन्टरनेट स्वतन्त्रतालाई नै प्रभावित बनाउने अवस्थामा यो गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले साइट बन्द हुँदाको अवस्था भने छलफलको विषय हुने अवस्था सिजर्ना गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले विकिपेडियाका अभियान बिचारधारालाई सम्मान गर्ने तथा एकअर्कालाई सुन्ने वातावरण सिर्जना गर्ने रहेको पनि उल्लेख गनुभयो ।
जनवरी महिनामा विकिपेडियाको अङ्ग्रेजी संस्करण २४ घण्टा बन्द हुँदा विश्वका अनुसन्धाकर्ताहरूलाई आफ्नो ज्ञानस्रोत गुमेको अनुभव भएको थियो । प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा ज्ञान प्राप्त गर्न चाहने प्रायः सबै आफ्नो ज्ञानलाई एकपटक सत्यापन गर्न विकिपेडिया जाने गरेको त्यसै समयमा सार्वजनिक भएको थियो र यस २४ घण्टामा उनीहरू पुनः पुस्तकालय तथा ज्ञानको अन्य स्रोत धाउन बाध्य भएका थिए ।
विश्वका सबै भाषामा सबै ज्ञान निशुल्क उपलब्ध गराउनु विकिपेडियाको प्रारम्भिक अभियान थियो र हाल यसका प्रयोगकर्ता ३२ करोड ५० लाख रहेका छन् । यो सार्वजनिक ज्ञान विश्वका जनताले उपयोग गर्ने पाँच प्रमुख इन्टरनेट साइटमध्ये एक बन्न पुगेको छ ।
विकिपेडिया अब पुरानो भएको र यसले आकर्षण गुमाएको धारणा धेरैले राखे पनि धेरैले यसलाई इन्साइक्लोपेडियाको यस्तै अवस्थामा देख्न चाहेको घटनाक्रमले देखाएको छ । रासस (स्रोतः विभिन्न समाचार संस्था र इन्टरनेटका स्रोत)

प्रकाशित मिति: २०६९ श्रावण ६ ०७:०६(कान्तिपुरमा)

No comments:

Post a Comment