Notice For Adsl users from NTC

Thursday

Read more ...

आइफोन-फाइभको नानो सीम ल्याउँदै एनसेल

Thursday
एक महिनाअघि एप्पल कम्पनीले सार्वजनिक गरेको 'आइफोन-फाइभ' का लागि मिल्ने नानो सिमकार्ड एनसेलले ल्याउने भएको छ। नोभेम्बर पहिलोसाताभित्र एनसेलले नानो सिमकार्ड ल्याउने घोषणा गरेको छ।

आइफोनका फाइभभन्दा अघिल्लो 'फोर' र 'फोर-एस' मा माइक्रो सिमकार्ड लाग्थ्यो। परम्परागत सिमकार्डलाई काटेर माइक्रो सिम बनाउन मिल्छ।

तर आइफोन-फाइभमा भने माइक्रो सिमभन्दा सानो आकारको आवश्यक पर्ने भएको हुँदा अहिलेसम्म नेपाली मोबाइल कम्पनीहरुले उपलब्ध गराएका छैनन्। विदेशबाट आइफोन-फाइभ ल्याएर प्रयोग गरिरहेकाले हलुकासँग काटेर चलाइरहेका छन्।

परम्परागत सिमकार्डलाई आइफोन-फाइभमा प्रयोग गर्न काट्ने क्रममा बिग्रिएको गुनासो एनसेलको ग्राहकसेवा केन्द्रमा बढेको छ। एनसेलले यो समस्या समाधानका लागि अक्टोबरको अन्तिमदेखि नोभेम्बर पहिलो साताभित्र नानो सिम ल्याइसक्ने जनाएको छ।
सा भार:- नागरिक न्युज डट कम
Read more ...

अब ग्यालेक्सी नोट टु नेपालमा

Thursday
सामसुङ मोवाइलको आधिकारिक वितरक इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आईएमएस) ले नेपाली बजारमा आइतबारदेखि सामसुङ ग्यालेक्सी नोट २ सार्वजनिक गरेको छ । दक्षिण कोरियाली कम्पनी सामसुङले ल्याएको यो सेट अन्य ग्यालेक्सी सेटभन्दा केही ठूलो छ । यस्तै एस पेन भनेर ल्याइएको सुविधाबाट नोट लेख्न र स्त्रिmन कोर्न सजिलो हुने कम्पनीले जनाएको छ ।

नयाँ मोबाइल सार्वजनिक गर्दै आईएमएसका अध्यक्ष दीपक मल्होत्राले नयाँ नोटमा धेरै आधुनिक सुविधा भएको बताए । उनले नयाँ नोट पर्खिर बसेकाले सोचे अनुसारको सुविधा यसमा पाउने उनले बताए । यसमा गुगलको एन्ड्रोइड जेलि विन अपरेटिङ सिस्टम छ । यसअघिका ग्यालेक्सी नोटमा रहेको ड्युलट कोर प्रोसेसरभन्दा यसको प्रोसेसर छिटो रहेको कम्पनीले जनाएको छ । नोट २ मा ५ दशमलव ५ इन्चको टच स्त्रिmन छ । यो १५ दशमलव १ सेन्टिमिटर लामो, ८ सेन्टिमिटर चौडा र ९ दशमलव ४ मिलिमिटर बाक्लो छ । यसको स्त्रिmनमा ग्राहकले एकैपटक धेरै प्रोगाम सञ्चालन गर्न सक्छन् ।
आइतबार कम्पनीले सामसुङ ग्यालेक्सी एस डुअस पनि सार्वजनिक गरेको छ । ४ इन्चको टच स्त्रिmन भएको यो सेटमा पनि एन्ड्रोइड आइसक्रिम स्यान्डविच अपरेटिङ सिस्टम रहेको छ ।


प्रकाशित मिति: २०६९ आश्विन ३० १०:०४(कान्तिपुर)
Read more ...

अब नेपाल पनि एप्पलले आइफोन-५

Friday
एप्पलले आइफोन-५ सार्वजनिक गर्दा संसारका ग्याजेट प्रेमी खुसी भए । नेपालीलाई भने नानो सीम मात्र लाग्ने खबरले दुखी बनायो । नेपाली आइफोन प्रेमीको चिन्ता नेपाली बजारमा आइफोन भित्रिएपछि हटेको छ । आइफोन ४ एस मा भन्दा सजिलै नयाँ भर्सनमा नेपाली मोबाइल प्रदायक कम्पनीको सीम प्रयोग गर्न सकिने भएको छ । त्यति मात्र कहाँ हो र ? आइफोन उत्पादन हुने मुलुक अमेरिकाका बासिन्दाले भन्दा अगाडि नेपालीले बजारमा सिधै आइफोन किन्न पाउने भएका छन् । अमेरिकामा आइफोन लिन चाहनेले मोबाइल सेवा प्रदायक कम्पनीमा फर्म भरेर कुर्नु पर्छ । विश्व बजारमा एप्पलका उत्पादन सार्वजनिक भएको दुई साता नबित्दै नेपालमा भित्रिएको यो पहिलो पटक हो ।

आइफोन-५ पर्खिएका धेरै देशका प्रविधिप्रेमीले दुई साताअघि चलाउन पाएका हन् । त्यो पनि मोबाइल सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा बेचिएका सेटमात्र । ती सेट किन्दा मोबाइल सेवा दिने कम्पनीको सेवा समेत प्रयोग गर्नै पर्ने बाध्यता हुन्छ । यसले गर्दा मोबाइलको मूल्य निकै महंगो पर्न जान्छ ।
नेपाली बजारमा न्युरोडको सिटिभी मोबाइलले आइफोन ५ भित्र्याएको हो । नानो सिम लाग्ने खबरले निराश भए पनि ग्याजेट प्रेमीको क्रेज देखेर सिटीभिका सञ्चालक अलाइभ ग्लाइडरले एउटा सेट झिकाएका थिए । त्यसमा उनले नेपाल टेलिकमको सीमलाई काटेर प्रयोग गरिहेरे । 'सीम काट्न आइफोन ४ मा भन्दा सजिलो भयो, उनले भने, 'आइफोन ५ मा नेपाली मोबाइल कम्पनीका सीम चलाउन समस्या हुँदैन ।'
आइफोन ४ मा समेत सानो साइज (माइक्रो) को सीम लाग्छ । आइफोन हुनेहरूले नेपाली कम्पनीका सीम काटेर प्रयोग गरेका छन् । आइफोन ५ का लागि चिप्स मात्र बाँकी राखेर अरु भाग कैचीले काटे हुने ग्लाइडरले बताए । आइफोन ४ का लागि भने सीम मेसिनले मिलाएर काट्नु पर्छ । नेपाली बजारमा एप्पलको उत्पादनका आधिकारिक बिक्रेता नभएकाले विक्रेताहरुले अन्तराष्ट्रिय बजारबाट ल्याएर बेच्ने गरेका छन् । विदेशबाट आफन्तमार्फत झिकाएर प्रयोग गर्नेहरू त्यतिकै छन् । नेपाली ग्याजेट प्रेमीले आइफोनमा लाग्ने सीम नेपाली मोबाइल कम्पनीका छैनन् भनेर निरास हुनु पर्दैन, उनले भने, हामी सिम लिएर आउनेलाई सेटमा फिट गरेर आइफोन ५ उपलब्ध गराउछौं ।'

नेपाली कम्पनीको सीम प्रयोग गरेर आइफोनको पछिल्लो भर्सन चलाउँदा निकै आनन्द आएको ग्लाइडरले सुनाए । आइफोन ४ एस चलाउँदै आएका उनले नयाँ भर्सन फाइभ निकै पातलो, हल्का र तीब्र गतिमा चलेको अनुभव गरे । फोरएसभन्दा १८ प्रतिशत पातलो छ । सेटको लम्बाइ केही लामो अर्थात स्क्रिन ४ इन्च छ । अघिल्लोभन्दा २० प्रतिशत हलुका भएकाले बोक्न सजिलो छ । 'मोबाइलमा ८ मेगा पिक्सेलको क्यामेरा जडान गरिएको छ, सिटिभीमा बिक्रेताको अनुभव बटुलेका सागर सेगलले सुनाए, पानोरोमिक भ्युमा खिच्ने भएकाले यसको क्लालिटी भने २८ मेगापिक्सेल बराबरको हुन्छ ।
ए सिक्स डअल कोर १.२ गिगाहर्जको प्रोसेसर जोडिएकाले निकै छिटो चल्ने उनको दाबी छ । यसले गर्दा बेब ब्राउजिङ, डाउनलोड दुई गुणा छिटो हुन्छ । कम्पनीले फोर एसको र्‍याम क्षमता २ सय ५६ बाट नयाँ भर्सनमा दोब्बर बनाएर १ जीबीको राखेको छ ।
बजारमा सार्वजनिक हुँदा यसमा अहिले प्रयोग भइरहेको एप्पलका एडप्टरबाट यो चार्ज नहुने बताइएको थियो । यसको एडप्टरको मात्रै २५ डलर तिर्नु पर्ने थियो ।  आइफोन ५ किन्न चाहनेले यसको पनि चिन्ता नगरे हुने भएको छ । पुरानो एडप्टरमा जोडेर चलाउन मिल्ने केबल एप्पलले उत्पादन गरेको छ । त्यसैले पुरानो एडप्टर हुनेले नयाँ फेर्नै पर्ने बाध्यता हुने छैन ।
आइफोन आफ्नै बजारमा यति छिटै किनेर प्रयोग गर्न पाउनु नेपालीहरूका लागि निकै खुसीको कुरा हो हुने खानेहरूका लागि । सर्वसाधारणको पहुँचमा आउन भने केही समय कुर्नै पर्छ । सिटीभीले सुरुमा आइफोन ५ को मूल्य १ लाख १६ हजार रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा सुलभ रूपमा पाउन थालेपछि केही सातामै यसको मूल्य घटने कम्पनीले जनाएको विश्व बजारमा समेत सजिलै नपाइने आइफोन भित्र्याउन निकै संघर्ष गर्नु परेको सिटिभी मोबाइलका ग्लाइडर बताउँछन् । 'बजारमा पाउनै कठिन भयो,' उनले भने, 'कम्पनीले तोकेभन्दा अतिरिक्त रकम तिरेर किन्दा, भन्सारलगायतका कर जोड्दा केही महंगो परेको उनले बताए ।
lnghimire@gmail.com

प्रकाशित मिति: २०६९ आश्विन २५ ०७:१७((कान्तिपुर ))
Read more ...

Science Conferences and NAST

Monday
वैज्ञानिक वा विज्ञानको कुरा गर्नासाथ हामी न्युटन, चार्ल्स डार्विन वा अल्बर्ट आइन्स्टाइनको नामबाट सोच्न सुरु गर्छौं जो स्वभाविक पनि हो । यस्ता उच्चस्तरिय वैज्ञानीकहरु नि:सन्देह संसारकै गहना भएपनी उनिहरु त्यस राष्ट्रको र त्यहाँका जनताका लागि पनि आफ्नै गर्वका बिषय बनेका हुन्छन् । नेपालमा धेरै अघिदेखी वैज्ञानिक अनुसन्धान गरेका वैज्ञानिकहरुको खासै अभिलेख नरहेपनी पछिल्ला समयमा बिभिन्न विकसित मुलुकमा गइ अनुसन्धानात्मक कार्यमा आवद्ध रहेका थुप्रै वैज्ञानिक हरुको नाम र उनिहरुले विकसित मुलुकका वैज्ञानिक सरह गरेका कामको चर्चा समय समयमा विभिन्न समाचारका माध्यममा सुन्नमा आईरहन्छ जो स्वयंमा गर्वको कुरो हो । भर्खरै मात्र नेपाल एकेडेमी अफ साईन्स एण्ड टेकनोलोजी (NAST) ले वैज्ञानिक सम्मेलन सम्पन्न गरेको छ ।
नास्टका कुलपती तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आथित्यमा उद्घाटित यो सम्मेलनमा २०० भन्दा बढी सोधपत्रहरु प्रस्तुत गरिएका थिए । नेपालको एकमात्र सरकार आवद्ध विज्ञान र प्रविधिको बिकास गर्न लागिपरेको संस्थाले गरेको यो सम्मेलन सर्हानिय र सम्झना योग्य छ । विभिन्न मुलुक लगायत नेपाली र बिदेशमा अध्ययन अनुसन्धानरत नेपालीहरुले प्रस्तुत गरेका सोधपत्रले नेपालमा वातवरण अनुकुल हुने र नेपाल सरकार विज्ञानको विकासमा सम्बेदनशिल हुने हो भने अबको यस वैज्ञानिक जमातले नेपाल भित्रपनी केहिगर्न सक्ने आँट राख्छ भन्ने स्पष्ट पारेको छ ।
नेपाल विश्वकै एउटा यस्तो भौगोलिक विविधता भएको देश हो जहाँका वनस्पति, शुक्ष्म जिवाणु लगायत अन्य प्राणिका प्रजातीहरु विश्वका अन्य देशमा पाइए पनि तिनिहरु भित्र रहेको तात्विक भिन्नता अन्य देशमा पाइने यिनै वनस्पति, जिवाणु वा प्राणिभन्दा भिन्न हुन्छ जस्को मुल कारण नेपालको भौगोलिक स्वरुप हो । नेपालको उत्तर दक्षिणको २६ देखी ३२ किलोमिटर को चौडाई भित्र समुन्द्रको सतह भन्दा ६० मिटर माथि रहेको झापाको केचना देखि ८,८४८ मीटर अग्लो सगरमाथा अवस्थित छ । यसरी सानो दुरीको फरकमा पनि धरातलिय स्वरुपमा ब्यापक भिन्नता बिद्यमान छ र यही भिन्नताको कारणले यहाँ अवस्थित वनस्पति तथा प्राणिको वासस्थान, खानपिन र बाच्ने पद्धति अन्य मुलुकमा पाईने यस्तै खाले वनस्पति तथा प्राणिभन्दा फरक हुन्छ जुन वैज्ञानिक हिसाबले महत्वपुर्ण मानिन्छ । यसरी नेपालमा विद्यमान आफ्ना मौलिक वनस्पतिका साथसाथै अन्य देशका नेपालमा पाईने प्रजातीहरुको पनि वैज्ञानिक अनुसन्धानका हिसाबले नेपाल उपयुक्त देश मानिन्छ । हाम्रो देशमा रहेका बनस्पतिविद र आयुर्बेद पद्दतिको उचित उपायोग गर्दै सबै किसिमका जडिबुटीको प्रयोग र प्रबर्धन गर्दै जाने हो भने मात्र पनि छोटो समयमा नै नेपालले यस क्षेत्रमा उल्लेखनिय प्रगती र आर्थिक उन्नती गर्न सक्ने निश्चित छ ।
यी वाहेक जलविद्युत अर्को महत्वपुर्ण क्षेत्र हो जसको महत्व स्वयंम नेपाल सरकारले धेरै अघिदेखि बुझ्दै आएपनि त्यसको उचित उपयोग गर्न न सक्नु र जल माफियाको चङुलमा पर्नुले देशका सम्पुर्ण नदिनालाहरु विद्युत उत्पादन गर्ने नाममा दलालहरुको खेल खेल्ने क्षेत्र हुन पुगेका छन् । कृषि उत्पादनमा वैज्ञानिक पद्द्तिको विकास्, खाद्य प्रविधी र हाम्रा परम्परागत खाद्यानको उचित प्रयोग सम्बन्धी अनुसन्धान र प्रयोग लगायत वातावरणीय प्रदुषण, वातावरणमा तापको प्रभाव, हिमनदी र त्यसमा परेका असर लगायतका थुप्रै विषयमा हाम्रो मौलिक पहिचानका साथ अनुसन्धान गर्न सकिने अवस्था विद्यमान छ र त्यसको लागि यो सम्मेलनबाट कम्तिमा एउटा आधार तयार भएको छ ।
यी सम्पुर्ण कार्यको थालनी, तत्सम्बन्धी कार्यदिशा र भर्खरैमात्र देखिएको नेपाली वैज्ञानिकहरुको समुहलाई देशको विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्नेवारे नास्टमा विद्यमान जमातले मन्थन गर्नैपर्ने बेला भएको छ । अबको दिनमा सरकारको सहयोगमा नास्टले केहि नयाँ कार्यक्रमहरु तुरुन्तै तर्जुमा ल्याउनुपर्ने आवश्यकता देखिन्छ, जसका लागि उसले सबैभन्दा पहिले आफ्ना प्राज्ञहरुको उचित उपयोग गर्न सक्नु पर्छ । ती बाहेक देशभित्र र बाहिर रहेका सम्बन्धित विज्ञहरुको निष्पक्ष सूची तयार गरी सम्पुर्ण नेपालीलाई छलफलमा सरिक बनाउनु पर्छ । त्यति पनि गर्न सकिँदैन भने पहिलो चरणमा कम्तिमा आफ्ना प्राज्ञहरुसँग मात्र भएपनि शिघ्र छलफल गरी छलफलबाट निस्केको सारलाई सम्बन्धित मन्त्रालयमा बुझाई विज्ञान र प्रविधिको क्षेत्रमा नास्टको अग्रसरता देखाउनु अत्यावश्यक छ । हालसम्ममा नास्टका प्राज्ञ र सह-प्राज्ञ गरी ४० भन्दा बढी सदस्यहरु आबद्ध छन । उनिहरुको सल्लाह, सुझाब सहित कतिपय अवस्थामा उनिहरुको संलग्नता समेत रहने गरी कार्यक्रमको तय गर्नुपर्ने आवश्यकता छ । पछिल्ला समयमा नास्टले आफ्ना प्राज्ञहरुलाई उचित उपयोग गर्न सकेको जस्तो लाग्दैन । त्यसका पछाडी धेरै कारणहरु हुन सक्छन तर पनि त्यसको पुनर्मुल्याङ्कन गर्ने काम पनि स्वयं नास्टकै हो ।
बिगतमा नास्टका केहि गतिबिधिहरु आश्चर्य लाग्दा छन्र । लगभग एक वर्ष अगाडी विज्ञान तथा प्रविधी मन्त्रालयले नेपालमा बायोटेक सेन्टर खोल्ने निर्णयसँगै तत्सम्बन्धी अवाश्यकपर्ने बजेट लगायतका पुर्वाधार सहितको कार्यपत्रको (Proposal) आव्हान गर्यो । त्यस पछिको घाटनाक्रममा दुइटा कुरा आश्चर्य लाग्दा देखिए । पहिलो, नास्ट स्वयंले एउटा प्राइभेट संस्थाजस्तो गरी आफ्नो कार्यपत्र मन्त्रालयमा बुझायो; दोस्रो नास्टकै केहि प्राज्ञ रहेको एक संस्थाले अर्को कार्यपत्र बुझायो । सबैभन्दा ठुलो नाटक मन्त्रालयमा भयो । आफ्नो देशको सरकारले सुबिधा सम्पन्न गर्दै गएको एउटामात्र विज्ञान तथा प्रविधी प्रतिष्ठान (नेपालको हालको अवस्थामा अन्य संस्थाभन्दा सुविधा सम्पन्न भन्ने अर्थमा) अनि त्यहाँ रहेका विज्ञहरुको जमातलाई यस्तो जिम्मेवारी दिनुको साटो मन्त्रालयले कुनै एउटा नाममात्रको संस्थालाई सो कामको जिम्मा लगायो । त्यसको पहिलो संस्करण सकियो र सायद फाईल अब मन्त्रालयमा थन्किएको होला ।
यहाँनेर तीनवटा पात्रलाई नियालेर हेर्नुपर्ने आवश्यक्ता छ । पहिलो, नास्टले आफ्नै मन्त्रालय बाट हुने यस्ता छलफलमा स्वयंलाई किन सरीक बनाउँदैन जसले गर्दा नास्ट हुँदै आउनु पर्ने कार्यक्रमहरुमा उल्टै उस्ले एउटा छुट्टै बाहिरी संस्थाले जस्तो कार्यपत्र बुझाउनुपर्ने वाध्यता आइपर्छ । दोस्रो, मन्त्रालयमा के तेस्तो सन्जाल छ जसलाई आफ्नै सरकारको उच्च प्राथमिकतामा रहेको नास्टजस्तो संस्थाको प्रयोगशाला र त्यहाँ विद्द्यमान प्राज्ञिक जमातलाई बिर्सेर उनिहरुसँग सर-सल्लाहनै नगरि त्यत्रो ठुलो कार्यको सम्पादन गर्न अगाडी बढ्छ । यसको तालमेल न मिल्नुको पछाडी जिम्मेवार को ? नास्टका नेतृत्वमा रहेका पदाधिकारिहरु वा मन्त्रालयको असहयोगी प्रबृती वा सरकार स्वयंको विज्ञान र प्रविधी प्रतिको अनिच्छा ? वैज्ञानिक वृत्तमा यसको पर्दा खोलिनु पर्छ । सबैभन्दा ठुलो र महत्वपुर्ण तेस्रो विषय, के नास्टका प्राज्ञहरु नास्टलाई सहयोग र सल्लाह दिनुको साटो उसकै प्रतिद्वन्दी जस्तो बनेर नास्टले गर्नुपर्ने कामलाई उछिट्टाएर अर्को कुनै सस्थासँगको आवद्दतामा काम गर्न मिल्छ ? यदी मिल्छ भने, के अब नास्टले आफ्ना प्राज्ञहरुको आचारसंहिता बनाउने र पदावधी तोक्ने बेला भएन ? सायद अहिलेको छलफलको बिषय हुनुपर्ने हो यो बेला यदी नास्टका नेतृत्वमा रहेका पदाधिकारिहरु सच्चिकै विज्ञान र प्रविधिप्रती सचेत छन भने । अन्यथा विद्वतबर्ग नै बरालिन थालेपछि देशको विज्ञान र प्रविधिको निकासमा कसले सहयोग गर्ने अनि बिदेशमा कार्यरत हाम्रा युवा वैज्ञानिकको जमातलाई देश फर्कने शन्देश कसरी दिने, सोच्नु पर्ने बेला भएन र?
धन्यवाद्
डा जनार्दन लामिछाने
काठमाडौं विश्वविद्द्यालय, धुलिखेल् काभ्रे
हाल- भिजिटिङ प्रोफेसर्, सन्मुन विश्वविद्यालय, दक्षिण कोरिया
Read more ...

सस्ता स्मार्टफोनको प्रतिस्पर्धा

Sunday
पहिलाजस्तो मोबाइल अब फोन गर्ने माध्यममात्र भएन। अहिलेको पुस्ताले फोनलाई 'मिनी कम्प्युटर'कोरुपमा प्रयोग गर्न थालिसक्यो। मोबाइलाई 'मिनी कम्प्युटर'कोरुपमा प्रगोग गर्ने चलन बढेपछि प्रायजसो कम्पनीले स्मार्टफोन बजारमा ल्याइरहेका छन्। विश्वबजारमा आएको एक-दुई महिनाभित्रै नेपालमा पनि यस्ता स्मार्टफोन आइपुग्छन्। नेपाल भित्रने यस्ता स्मार्टफोनबिच प्रतिस्पर्धा बढ्न थालेको छ।
नेपाली ग्राहकको क्रय क्षमताका हिसाबले हुनसक्छ, साना र सस्तो भाउका स्मार्टफोनबीच बजारमा प्रतिष्पर्धा चर्कदो छ। पछिल्लो समयमा सामसङ, नोकिया, एलजी, सोनी इरिक्सनलगायत नाम चलेका कम्पनीले नेपाली बजारमा सस्ता स्मार्टफोन भिœयाइएरहेका छन्। लामो समयदेखि मोबाइल व्यापारमा छाएका यस्ता कम्पनीलाई चुनौती दिँदै अहिले भने भारतीय र चिनियाँ कम्पनीले समेत नेपाली बजारमा सस्ता स्मार्टफोन ल्याएका छन्।
नेपाली बजारमा कलर्स, कार्बनजस्ता भारतीय र जेडटिई, हुवेईजस्ता चिनियाँ कम्पनीले पनि सस्ता स्मार्टफोन बजारमा ल्याइसकेका छन्। भारतीय र चिनियाँ कम्पनीकै भाउमा ब्रान्डेड कम्पनीहरुले पनि स्मार्टफोन बजारमा ल्याएपछि सस्ता मोबाइलमा प्रतिपर्स्धा बढेको हो।
'अहिले धेरैले अरु फोनभन्दा स्मार्ट र मल्टिमिडिया फोन नै खोज्छन्,' मोबाइल व्यापार संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले भने, 'यसले गर्दा स्मार्टफोनबीच प्रतिस्पर्धा बढेको छ।' बजारमा धेरै कम्पनीका स्मार्टफोन भित्रिए पनि सबैभन्दा धेरै सामसङका नै बिक्री हुने गरेको बिक्रेतहरु बताउँछन्। सामसङ, एलजी, सोनीइरिक्सन, कलर्स, कार्बन, जेडटिइलगातले गुगलको एन्ड्रोइड अपरेडिङ सिस्टम(ओएस)युक्त स्मार्टफोन नेपाली बजारमा ल्याएका छन्। नोकियाले भने आफ्ने सिम्बियन अपरेटिङ सिस्टमयुक्त फोन बजारमा ल्याएको छ।
बिक्रेताहरुका अनुसार १५ हजार रुपैयाँभन्दा कम भाउका यस्ता फोनमा अहिले निक्कै प्रतिस्पर्धा हुन थालेको छ। नेपाली बजारमा अहिले न्यूनतम ७ हजार ९ सय ९५ रुपैयाँदेखिका स्मार्टफोन उपलब्ध छन्। बजारमा आएको सबैभन्दा सस्तो स्मार्टफोन कलर्सको एक्सफ्याक्टर मिनी हो। गुगलको एन्ड्रोइड २.३.६(जिन्जरब्रेड)अपरेटिङ सिस्टमयुक्त यो स्मार्टफोनमा दुइवटा सिमकार्ड प्रयोग गर्न मिल्छ।
कलर्सले योसहित एक्सफ्याक्टर र एक्सफ्याक्टर प्लस मोडल पनि बजारमा ल्याएको छ। सिम्बियन अपरेटिङ सिस्टमयुक्त नोकियाको भने सबैभन्दा सस्तो स्मार्टफोन भने नोकिया आशा-३०५ हो। यसको भाउ ८ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ।
सामसङको सबैभन्दा सस्तो स्मार्टफोन भने सामसङ ग्यालेक्सी वाई पकेट हो। यसको भाउ १२ हजार ५ सय रुपैयाँ तोकिएको छ। सामसङले सस्तोदेखि आइफोनसँग टक्कर गरिरहेका महँगा मोडलका स्मार्टफोन पनि नेपाली बजारमा भिœयाएको छ। अन्य फोनको तुलनामा स्मार्टफोनप्रति अहिले ग्राहकको चासो बढेको सामसङ स्मार्टक्याफे नेसनल मोबाइल हवका प्रबन्ध निर्देशक कैलाश प्रधानले बताए।
सामाजिक सञ्जाल र इन्टरनेट चलाउन सजिलो हुने, छिटो इन्टरनेट चल्ने, मल्टिमिडया सुविधालगायतले अहिले स्मार्टफोनतर्फ ग्राहक आकर्षित भएको उनले बताए। विभिन्न खाले आधुनिक र सुविधायुक्त मोबाइल एप्लिकेसन र गेमहरु चालउन मिल्ने भएकाले युवापुस्ता अझ यस्ता फोनमा आकर्षित छन्। सामसङसहित एलजीको अप्टिमस, सोनी इरिक्सनको एक्सपेरियलगायत मोडल पनि सस्ता स्मार्टफोनमध्येमा पर्छन्। नेपाली बजारमा उपलब्ध केही सस्ता स्मार्टफोन

मोडल : - नोकिया आशा ३०५
मूल्य : - ८ हजार ५ सय ५० रुपैयाँ
मोडल : - नोकिया आशा ३०६
मूल्य : - ९ हजार २ सय ६० रुपैयाँ
मोडल : - नोकिया सी-५०६
मूल्य : - १४ हजार ७ सय ४० रुपैयाँ
मोडल : - कलर्स एक्स फ्याक्टर मिनी
मूल्य : - ७ हजार ९ सय ९५ रुपैयाँ
मोडल : - कलर्स एक्स फ्याक्टर
मूल्य : - ८ हजार ९ सय ९९ रुपैयाँ
मोडल : - कलर्स एक्स फ्याक्टर प्लस
मूल्य : - १० हजार ५ सय ५५
मोडल : - एलजीको अप्टिमस एलथ्री ई-४००
मूल्य : - १५ हजार ८ सय रुपैयाँ
मोडल : - सामसङ ग्यालेक्सी वाई पकेट
मूल्य : -१२ हजार ५ सय रुपैयाँ
मोडल : - सामसङ ग्यालेक्सी वाई डुज लाइट
मूल्य : -१२ हजार ७ सय ९० रुपैयाँ
मोडल : - सामसङ ग्यालेक्सी वाई
मूल्य : - १३ हजार ९० रुपैयाँ
मोडल : -सामसङ ग्यालेक्सी वाई डुज
मूल्य : - १५ हजार ६ सय ९० रुपैयाँ
मोडल : - सोनइरिक्सन एक्सपेरिया एक्स-८
मूल्य : - १२ हजार ५ सय रुपैयाँ
के हुन्छ स्मार्टफोनमा?
कम्प्युटरजस्तो सुविधायुक्त मोबाइल नै स्मार्टफोन हो। यसमा उत्कृष्ट कम्प्युटरको क्षमता र उच्च गतिको नेटवर्क कनेक्टिभिटी हुन्छ। स्मार्टफोनमा सामान्य खालको फोनभन्दा धेरै मल्टिमिडिया र वेबबेस सुविधा हुन्छन्।
यसलाई व्यक्तिगत स्वचालित सहायक र मोबाइल क्यामेराको संगम मान्न सकिन्छ। पछिल्ला मोडलमा समावेश भएको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) ले अझ यसलाई सुविधासम्पन्न बनाएको छ।
उच्चस्तरीय गुणस्तरको टचस्क्रिन, वेब ब्राउजर एक्सेसजस्ता सुविधा यसमा हुन्छन्। नेपाली बजारमा आएका सस्ताखाले धेरैजसो स्मार्टफोनले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिएको छ। आइफोनमा भने एप्पलको आइओएस प्रयोग भएको छ। नोकियाले सिम्बियन र ब्ल्याकबेरीले ब्ल्याकबेरी ओएस प्रयोग गर्छन्।
स्मार्टफोन र अन्य टचस्त्रि्कनयुक्त फोनबीच फरक भएपछि यिनीहरूको भिन्नतालाई सामान्य ग्राहकले सजिलै छुट्ट्याउन सक्दैनन्। हेर्दा उस्तै देखिए पनि यी फोनबीच धेरै भिन्नता छन्। बाहिरबाट हेर्दा कतिपय टचफोन र स्मार्टफोन उस्तै देखिए पनि यिनीहरूमा प्रयोग हुने अपरेटिङ सिस्टम नै फरक हुन्छ। स्मार्टफोनजस्तो उच्च गतिको वेब ब्राउजिङ र नेटवर्क कनेक्टिभिटी समान्य फोनमा हुँदैन।स्रोत:- नागरिक  न्युज डट कम
Read more ...

GDG DevFest Kathmandu

Friday

    GDG DevFest Kathmandu

    GDG DevFests are large scale community-run events that can offer speaker sessions across Google product areas, all-day hack-a-thons or both. DevFest Kathmandu is inspired by and uniquely tailored to the needs of our developer community. We are planning to cover Android, Google App Engine, Google Drive, Google Maps, GWT during devfest. Also, we are beginning "GDG Kathmandu - Barcamp" from this devfest which will continue as separate event afterwards. GDG DevFest at its core are powered by a shared belief that when developers come together to exchange ideas, amazing things can happen.
    Many GDGs across the globe have been organizing DevFest. Our effort is to participate in global devfest celebration and acknowledge the theme behind DevFests - i.e - "Engage, Learn & Share with the Google Developers Community".
    Expected Participants: ~250, Technology enthusiasts, developers, designers, entrepreneurs & companies
    Registration fee: NPR. 100/-. (Free snacks, event kit/swags, internet available) Register Now
    GDG Kathmandu T-shirt Price : NPR. 250/- (On the event day) Afterwards: NPR. 450/-
    Join in our Google+ event. Remember to turn on party mode on October 6th

    Agendas


    • 9:30AM-9:45AM - Registration/Kit/Tea
    • Conference Hall (A)
    • 10:00AM-10:15AM - GDG Kathmandu Keynote & Barcamp Intro
    • 10:30AM-1:30PM - Build your first Android App, Codelab/Training Session by Samrakchan Ghimire & friends, Gorato Works
    • 1:30PM-2:30PM - Refreshment/Snacks
    • 2:30PM-3:45PM - Android Developer Programs Engineer, Anirudh Dewani, Speaker Session over HoA (9am GMT)
    • 3:45PM-5:45PM - GDG Kathmandu Barcamp (Oct, 2012)
    • 5:45PM-6:00PM - Barcamp Wrapup
    • Conference Hall (B)
    • 10:30AM-12:00PM - Robotics with Android, Speaker Session by Robotics Association of Nepal
    • 12:15PM-1:30PM - Android App Development : Google Map and Location, Codelab by Sudarshan Pant, Arihant Technologies
    • 1:30PM-2:30PM - Refreshment/Snacks
    • 2:45PM-3:45PM - Using Google Technologies for Product Development, Speaker Session by Manoj Ghimire, ImmuneSecurity
    • 3:45PM-5:45PM - GDG Kathmandu Barcamp (Oct, 2012)
    • Conference Hall (D)
    • 10:30AM-11:30AM - Google I/O 2012 Keynote 1, Video Session
    • 11:30AM-1:15PM - Community Speaker from GDG Bangalore, Chintan Shah, Google Drive - Enterprise / Developers perspective
    • 1:30PM-2:30PM - Refreshment/Snacks
    • 2:45PM-3:00PM - ChromeOS / ChromeBox Demonstration
    • 3:00PM-3:45PM - Google I/O 2012 - Making Good Apps Great: More Advanced Topics for Expert Android Developers, Video Session
    • 3:45PM-5:45PM - GDG Kathmandu Barcamp (Oct, 2012)
    • GDG T-shirts will be available for sell through-out the event at registration desk.
     

    Speakers


    • Samrakchan Ghimire , Build your first Android App, Codelab/Training Session
      Samrakchhan have been developing android application since his college days (2010). Since than he have been working as an android application developer. Lately have been engaged in social event by providing android development training. What he thinks about mobile application development is that we can develop Nepal as a hub of mobile application development in Asia. For achieving it, we should increasingly provide numbers of trainings in colleges. His friend Prayag will be facilitating participants. They have been member in GDG Kathmandu as well.
    • Anirudh Dewani , Speaker Session on Android, over HoA
      Anirudh is a Developer Programs Engineer for Android and helps developers build compelling apps for the Android platform. Before joining Google, he worked as an architecture consultant, designer, developer and performance engineer. Gaming consoles and Football matches keep him busy when he is not working.
    • Suresh Ghimire & Pavitra Gautam , Robotics Association of Nepal
      Suresh & Pavitra will present about how we can control electronics devices / robots with our day to day handheld android phones. Suresh & Pavitra both are active in GDG Kathmandu since the beginning.
    • Sudarshan Pant, Android App Development : Google Map and Location, Codelab
      Sudarshan Pant is Software Engineer at Arihant Technologies. Having over three years of experience in Android development, he has been working intensively in android app development. He actively blogs at : technoguff.com. On this session Sudarshan will talk about General Introduction to Android Google API, Sample Application, Debugging and Discussion. Sudarshan is active member at GDG Kathmandu and he's very interested to work on the field of Android development in community level.
    • Manoj Ghimire,Using Google Technologies for Product Development
      Manoj Ghimire is Chief Application Architect at ImmuneSecurity. He is Co-founder of nLocate. He holds expertise in Log Analytics and Big Data. At times he enjoys diving into Python.
    • Chintan Shah, Google Drive - Enterprise / Developers perspective
      Chintan Shah is co-organizer of GDG Bangalore. He is visiting Kathmandu all the way from Bangalore just to present/participate in our DevFest. He enjoys technology and hence working as evangelist. He works at Mahindra Satyam Computer Services as Technology Evangelist. Before that he worked at Nokia India. 
    Read more ...

    होस पुर्‍याएर सिम काटे नेपालमा पनि चल्छ आइफोन ५

    Thursday
    एप्पल कम्पनीले धेरैको आकर्षण बनेको आइफोन फाइभ सार्वजनिक गरे लगत्तै नेपाली ग्याजेटप्रेमीहरु निराश भए। कारण? यसमा नानो सिम लाग्ने बनाइएको छ। त्यस्तो सिम, जुन सिम नेपालका कुनै पनि टेलिकम कम्पनीहरुले बनाएकै छैनन्। नानो सिम आकारमा मात्र सानो नभएर पातलो पनि हुन्छ। त्यसैले यसअघि माइक्रो सिम बनाउन रेगुलर सिमलाई काटे जस्तै काटे पनि पातलो बनाउन नसकिने तर्क गरिएको थियो। बजारमा कसैको हातमा आइफोन फाइभ परिनसकेकोले यसै हो भन्न सक्नेहरु पनि कोही थिएनन्।

    एप्पलले आइफोन फाइभ सात देशमा बिक्री सुरु गरेपछि ती देशका ग्याजेटप्रेमीहरुले आफ्नो ब्लगमा, टेक रिपोर्टरहरुले आफ्नो वेबसाइटमा दिएको जानकारीका आधारमा भन्न सकिन्छ, नेपालमा पनि अहिले चलिरहेकै सिमलाई काटेर आइफोन फाइभ चलाउन सकिन्छ। कसैले नानो सिम नेपालमा नभएकै कारण आइफोनको पछिल्लो संस्करण चलाउनबाट वञ्चित हुनुपर्दैन, ढुक्क हुनुस्। आइफोन फाइभको नानो सिम राख्ने ठाउँले मोटो सिम पनि लिने भएकोले सिमको बाक्लोपनाले समस्या गर्दैन। मोटाइ हैन आकार मात्रै सानो बनाए पुग्छ। ठीक लम्बाई र चौडाई मिलाएर काट्ने हो भने नेपाल टेलिकमले १०० रुपियाँ लिएर दिने माइक्रो सिमलाई नै नानो सिम बनाउन सकिन्छ।
    अहिले विभिन्न वेबसाइटमा रेगुलर वा माइक्रो सिमलाई कसरी नानो सिम बनाएर काट्ने भन्ने बारे जानकारीहरु राखिएका छन्। यहाँ हेर्नुस् http://bit.ly/SiEJhV युट्युबमा भिडियो राखिएका छन्। हेर्नुस् http://bit.ly/NN8qXB

    सिम काट्दा अलि ध्यान भने दिनुपर्छ। बजारमा सिम कटर पनि आइसकेका छन्। त्यसैले नेपाली बजार मै कसैले नानो सिम काटिदिने सेवा पनि सुरु भएको देख्न धेरै समय पर्खन पर्दैन।
    स्रोत:- नागरिक  न्युज डट कम
    Read more ...