योगेश खतिवडा -
दूरसञ्चार कम्पनीवीचको प्रतिस्पर्धा अब डाटा (इन्टरनेट) सेवामा सुरु भएको छ
। डाटा सेवा बिस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको र ग्राहकको चासो
बढेकाले कम्पनी यसमा केन्दि्रत भएका हुन् ।
नेपाल टेलिकमका साथै निजी क्षेत्रका एनसेल र यूटीएलले डाटा विस्तारलाई
भ्वाइस (टेलिफोन) सरह प्राथमिकतामा राख्न थालेका छन् । भ्वाइस सेवा अहिले
सबैभन्दा ठूलो आम्दानीको स्रोत हो ।
जीएसएम मोबाइलमा गुणस्तरीय जीपीआरएस दिन नसकेको टेलिकमले अव आफू डाटामा
केन्दि्रत हुने घोषणा गर्यो । 'यस वर्षका योजनामा डाटा सेवालाई
प्राथमिकतामा राखेका छौं,' टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने,
'उपलब्ध प्रविधि र मागको कारण हामी यसमा केन्दि्रत भएका हौं ।' कम्पनीले
चालू आवका योजनामा वाइम्याक्स, आईपीसीडीएमए, स्माई प्रो, स्याटलाइट
इन्टरनेट प्रविधिको विस्तार छन् । जीएसएम थि्रजी र एनजीएन सेवाको पूर्वाधार
तयारी पनि उसको योजनामा छ । यी सबै आयोजना इन्टरनेट सेवा विस्तारमा
केन्द्रित छन् ।
शिक्षित र सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा पनि डाटा सेवाको माग
बढेको थिके बताउँछन् । कम्पनीले चीनको हुवाई कम्पनीसँग ४८ लाख क्षमताको
मोबाइल लाइन विस्तारको सम्झौता गरिसकेको छ । जसमा डाटा केन्दि्रत थि्रजी
सेवाको हिस्सा ४५ प्रतिशत हुनेछ ।
'नयाँ भित्रिएका प्रविधि पनि भ्वाइसभन्दा डाटामा केन्दि्रत छन्,' उनले भने
। ई-गभर्मेन्ट, ई-कमर्स, ई-एजुकेसन, ई-हेल्थजस्ता कुरालाई प्राथमिकतामा
राखेर कार्यक्रम ल्याइरहेकाले बेला ग्रामीण क्षेत्रमा डाटाको माग बढ्नेछ ।
मोबाइल सेवाको लाइसेन्स पाएको एनसेलले उच्च गति इन्टरनेट भएको थि्रजी सेवा
दिइरहेको छ । फ्रिक्वेन्सी पाए फोरजी प्रविधि पनि भित्र्याउने बताएको
एनसेलले प्याकेजमा डाटा सेवासमेत दिँदै आएको छ । उसका डाटा प्रयोगकर्ता
पछिल्लो समयमा लगातार बढिरहेका छन् । उसले ल्याएको ब्ल्याकबेरी सेवा पनि
डाटामा केन्दि्रत छ । 'हामी पनि डाटामै केन्दि्रत हुने हो,' एनसेलकी
कर्पोरेट कम्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले भने, 'माइक्रो वेभ
पि|mक्वेन्सीको कारण नयाँ योजना ल्याउन सकेका छैनौं ।'
नियामक निकाय दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले इन्टरनेट
प्रोटोकलमा आधारित प्रविधि व्यापक भएकाले अब डाटामा जानु बाध्यता भएको बताए
। 'प्रविधिले डाटा, भिडियो र भ्वाइसलाई एकै ठाउँमा ल्याइसकेको छ,' उनले
भने, 'त्यसैले सबै कुरा सम्भव भएको डाटा सेवामा प्रतिस्पर्धा बढेको हो ।'
विकसित मुलुकमा डाटा सेवाको प्रयोग उच्च भएको खनालले बताए । 'नेपालमा अझै
४/५ वर्ष भ्वाइसमै दूरसञ्चार कम्पनी केन्दि्रत हुन्छन्,' उनले भने,
'त्यसपछि डाटाको प्रयोग अत्याधिक हुन्छ ।'
भिडियो, भ्वाइस र डाटालाई नेपालको नियमनमा एकै ठाउँमा राख्नुपर्ने अवस्था
आएको खनालले बताए । 'अब टेलिभिजन इन्टरनेटमा हेर्न सकिन्छ,' उनले थपे,
'भ्वाइस कल इन्टरनेटमार्फत सम्भव भएको छ । त्यसैले नियमन र कानुनी व्यवस्था
एउटैमा हुनुपर्छ ।'
डाटा सेवा सम्बन्धी एप्लिकेसन निर्माणमा भएको वृद्धिले पनि यसको माग बढेको
उनले बताए । 'नेपालका दूरसञ्चार कम्पनीको आम्दानीमा अहिले डाटा सेवाको
हिस्सा काम छ,' उनले भने, 'अबको केही वर्षमा डाटा आम्दानीको मुख्य स्रोत
बन्ने निश्चित छ । त्यसैले प्रतिस्पर्धा यसमा केन्दि्रत भएको हो ।'
प्रवक्ता थिकेका अनुसार उनको कम्पनीको कुल आम्दानीमा ४ प्रतिशतको
हाराहारीमा मात्र डाटा सेवाको योगदान छ । 'यो बढ्ने क्रममा छ,' उनले भने ।
कम्पनीले यस आर्थिक वर्षभित्र साढे सात लाख आईपी सीडीएमए वितरण गर्ने योजना
बनाएको छ । डाटाको प्रयोग बढ्दै जाँदा यसको शुल्कमा पनि गिरावट आउने र
त्यसले प्रयोगलाई अझै व्यापक बनाउने उनले बताए ।
प्रकाशित मिति: २०६९ श्रावण २१ ०९:२५(
कान्तिपुर )