तीन महिनालाई ५०० ठाउँमा टेलिकमको निशुल्क वाइफाइ (Wifi Free in different 500 places in Nepal)

Sunday

नेपाल टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ। सामाजिक दायित्वअन्तर्गत टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा 'हटस्पट' जडान गरी पहिलो चरणमा तीन महिना निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो। 

टेलिकमले त्यसखालको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गरिसकेको छ भने वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जलगायतका स्थानमा पनि सो सेवा उपलब्ध भइसकेको छ।   यस्तै गङ्गालाल हृदय रोग केन्द्रमा पनि त्यसखालको सुविधा उपलब्ध गराउने तयारी गरिएको छ।  टेलिकमले यस वर्ष मुलुकभर करिब ५०० स्थानमा हटस्पट जडान गरी वाइफाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। नागरिकको धेरै आवतजावत हुने स्थानमा पहिलो चरणमा त्यसखालको सेवा दिन लागिएको हो। 

टेलिकमका उपप्रबन्धक देवेन्द्र खतिवडाका अनुसार नागरिकको भेटवार्ता बढी हुने स्थानमा पहिलो चरणमा निःशुल्क वाइफाई सेवा प्रदान गरिने छ।  टेलिकमले अस्पताल, रेष्टुराँ, विमानस्थल, पार्क सपिङ मल, बसपार्क पर्यटकको आवतजावत हुने स्थानमा त्यसखालको सेवा उपलब्ध गराउन लागेको हो।  टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले सामाजिक दायित्व र कम्पनीको व्यापार विस्तार गर्ने ध्येयका साथ ग्राहकलाई यसखालको सुविधा दिन लागिएको बताइन्। डाटा सेवाको पहुँच बढाउन यसखालको कार्यक्रम अगाडि सारिएको टेलिकमको भनाइ छ।  

राजधानीका अन्य स्थानमा पनि काठमाडौँ महानगरपालिकाको सहयोगमा त्यसखालको सेवा उपलब्ध गराइने छ।   यसखालको सेवा ग्राहकले मोबाइल फोन, स्मार्टफोन, आइप्याड, ल्यापटपलगायतका साधनमा चलाउन सक्ने छन्। हाल टेलिकमले एडिएसएल, वाइम्याक्स, इभिडिओमार्फत इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ। - See more at: http://nagariknews.com/technology/story/10347#sthash.nrPol4ci.dpuf

1 comment: