Press release of Subisu CAN Info-Tech 2014

Tuesday
प्रेस विज्ञप्ती

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत वुद्धिजीवी, विज्ञ र व्यवसायीहरुको छाता संगठन हो। क्यानले विगत २१ वर्ष देखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनको लागि विभिन्न किसिमका सेमिनार, कार्यशाला गोष्ठि, अन्तरक्रिया मार्फत आम जनमानसमा चेतना अभिवृद्धि तथा यस क्षेत्रका विषयगत समस्या समाधानका लागि व्यवसायी तथा सरकारका सम्बन्धीत निकायसँग समन्वय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रदर्शनी र सम्मेलन गर्दै आईरहेको यहाँहरुमा विदितै छ ।
यसै सन्दर्भमा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले विगत २० वर्ष देखि वर्षेनी आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेक आगामी मिती २०७० पौष १८ गते देखि २३ गते (तदनुसार सन् २०१४ जनवरी २ देखि ७ ) सम्म काठमाण्डौं भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना  गर्न गईरहेको छ । विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास, तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको ईन्फोटेकको यो २० औं संस्करण हो ।
यस २० औं संस्करणको क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसुले गरेकोे हुनाले यस संस्करणको अफिसियल नाम नै सुविसु क्यान ईन्फोटेक २०१४ रहेको छ । त्यस्तै सुविसु क्यान ईन्फोटेक २०१४ को प्लाटिनम स्पोन्सर डेल बाई नियोटेरिक नेपाल, गोल्ड स्पोन्सरहरु जेनेरेशन नेक्स्ट र कलर्स मोबाईल, सिल्भर स्पोन्सरहरु एस.पावर वि.पि.ई र माया एनिमेशन  एकेडेमी र अफिसियल बैंकमा सिद्धार्थ बैंक रहेका छन् ।
सुविसु क्यान ईन्फोटेक २०१४ मा मुख्य प्रदर्शनी हल भित्र ३९ वटा, हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु, ट्रसमा १४४, ओपन स्पेसहरु २० र फुुड स्टलहरु १५ गरी जम्मा २२१ स्टल (प्रदर्शनी कक्षहरु) रहनेछन् । यस पदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टेनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटहरु, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स र अन्य रहेका छन् । हालसम्म मुख्य प्रदर्शनीहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ८० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् ।
विगतका वर्षहरुमा पनि क्यान ईन्फोटेकमा सर्वसाधारणहरुको उत्साहजनक सहभागिता रहेको कुरा यहाँहरु समक्ष विदितै छ । यस पटक पनि त्यो उत्साहमा अझ उर्जा थपिने छ भन्ने आशा हामीले लिएका छौं । गत वर्षको क्यान ईन्फोटेक मा ४,३१,३५० जना अवलोकनकर्ता रहेकोमा यस पटक हामीले ४,५०,००० भन्दा बढी अवलोकनकर्ता आउने आशा लिएका छौं । सुविसु क्यान ईन्फोटेक २०१४ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु १००÷– र विद्यार्थीहरुलाई रु ५०÷– तोकिएको छ । २०७० पौष २१ गतेलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क रु १००÷– तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेस हरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा विजनेश डिल  गर्न सक्नुहुनेछ ।

सुविसु क्यान ईन्फोटेक २०१४ को अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आम जनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस सुविसु क्यान ईन्फोटेक २०१४ मा अनलाईन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाईने छ भने अनलाईन टिकट खरीदमा २५ प्रतिशत छुट समेत प्रदान गरीनेछ ।
सुविसु क्यान आई सी टी कन्फेरेन्स २०१४
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना गर्दै आएको क्यान आई सी टी कन्फेरेन्स यस वर्ष सन् २०१४ जनवरी ५ र ६ मा होटेल याक एण्ड यती, दरबारमार्ग, काठमाण्डौंमा हुन गई रहेको छ । यस संस्करणको कन्फेरेन्सको पनि शिर्ष प्रायोजक सुविसु रहेको हुनाले अफिसियल नाम नै सुविसु क्यान आई सी टी कन्फेरेन्स २०१४ रहेको छ । त्यस्तै अफिसियल बैंक पनि सिद्धार्थ बैंक रहेको छ ।
“मोवाईल टेक्नोलाजी फर स्मार्ट सोसाईटी” मुल विषयमा सम्पन्न हुन लागेको उक्त सम्मेलनमा नविनतम प्रविधि, एम–गभर्नेन्स, एम–कमर्श र पेमेन्ट, एम–बैंकिङ्ग, एम–एजुकेशन तथा मोबाईलले पारेको सामाजिक परिवर्तनको विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले कार्यपत्र मप्रस्तुत गर्नुहुनेछ ।
अन्तमा, सुविसु क्यान ईन्फोटेक २०१४ प्रदर्शनी अवधि भरका सम्पूर्ण गतिविधिहरु यहाँहरु सबैले आ–आफनो समाचार माध्यमबाट जनमानस समक्ष पु¥याइ दिन हुन सबै पत्रकार महोदयहरुमा हार्दिक अनुरोध गर्दछु । यहाँहरुबाट पाईरहेको सहयोगका लागि हार्दिक धन्यवाद दिंदै भविष्यमा पनि यहाँहरुको सहयोग पाइरहने आशा लिएका छौं ।
धन्यवाद !!!



............................
अमृत कुमार पन्त
महासचिव
Source: CAN

No comments:

Post a Comment