Live News24 Nepal

Live LocalElection 2074

Nepali Unicode Converter

Dobbar Paisa Back

बसभित्रै इन्टरनेट सुविधा सुरू (internet facilities start in bus)

Thursday
पोखराबाट काठमाडौं वा चितवन जाँदै हुनुहुन्छ र माउन्टेन ओभरल्यान्ड टुर्स एन्ड ट्राभल्सको बसमा यात्रारत हो भने अबदेखि तपाईले बसभित्रै इन्टरनेट चलाउन पाउनुहुन्छ । पोखराको उक्त ट्राभल्सले राजमार्गमा गुड्ने बसभित्रै इन्टरनेट सेवा दिन थालेको छ ।

यो रुटमा पहिलोपटक यसरी नियमित रुपमा बसभित्रै इन्टरनेट सेवा उपलब्ध गराइएको हो । बसमा यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुको सुविधालाई ध्यानमा राखेर बसभित्रै निःशुल्क वाइफाई सेवा दिन थालिएको बसका सञ्चालक सोम थापाले बताए ।  ‘यात्रुको सुविधाका लागि यो सेवा जडान गरेका हौं । यसबाट बसमा यात्रा गर्दा सञ्चारसम्पर्कबिहीन हुनुपर्ने अवस्था आउनेछैन्,’ थापाले भने ‘यात्रा गर्दै इन्टरनेट चलाएर यात्रुले आफन्त र साथीभाईसँग सम्पर्क गर्दै व्यक्तिगत कामसमेत गर्न सक्नेछन् ।’ राजमार्गका केही खोंच र घुम्तीबाहेक अन्यत्र यो सेवा सहज भएको उनले बताए । ‘खोच र घुम्तीमा नचल्न सक्छ ।

अन्यत्र राजमार्गमा यो सेवा चलाउन सकिने रहेछ,’ उनले भने ।  थापाका अनुसार नेपाल टेलिकमको वाइम्याक्सका आउटडोर युनिट बसमा जडान गरिएको नागरिक दैनिकमा खबर छ । त्यसमा वाईफाई राउटरको कनेक्सनमार्फत इन्टरनेट सेवा दिइएको छ । हालका लागि २५६ केविपिएसको गतिमा सेवा प्रदान गरिएको छ । - See more at: http://www.onlinekhabar.com/2013/12/144606/#sthash.GpcmXD50.dpuf

No comments:

Post a Comment