सर्वसाधारणलाई खुला वाइम्याक्स

Monday
नेपाल टेलिकमले द्रुत गतिको ब्रोडब्याड सेवा वाइम्याक्स बुधबारबाट सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । हालसम्म कम्पनीलाई मात्र दिइँदै आएको उक्त सेवा एयरम्याक्स टेक्नोलोजी र युनिटेक नेटवर्कसँगको सहकार्यमा टेलिकमले सर्वसाधारणलाई दिन थालेको हो । काठमाडौं उपत्यकाभित्र सुन्धारा र जावलाखेलस्थित कम्पनीको काउन्टरका साथै पुतलीसडक, दरबारमार्ग, कुपन्डोल र नयाँबानेश्वर स्थित निजी कम्पनीका बिक्री केन्द्रबाट यो सेवा खरिद गर्न सकिने छ । उपत्यका बाहिर भने नेपाल टेलिकमकै कार्यालयको बिक्री केन्द्रबाट सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । वाइम्याक्स चलाउनका लागि ग्राहकले एक उपकरण सीपीई खरिद गर्नुपर्छ । तीन प्रकारमा उपलब्ध यो उपकरणको मूल्य ५ देखि ७ हजार रुपैयाँ तोकिएको छ । उपकरण जडान गरेपछि ग्राहकले आफूलाई पायक पर्ने २ सय ५६ केबीपीएस, ५ सय १२ केबीपीएस वा १ एमबीपीएस क्षमताको प्याकेज लिन सक्ने छन् । यी प्याकेजको अवधि १ महिना, ३ महिना वा १ वर्षको छ ।
कम्पनीले तीन महिना र एक वर्षको प्याकेज खरिद गर्नेलाई क्रमशः ५० र १५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ । कम्पनीका अनुसार २ सय ६५ केबीपीएस स्पिडको ५ जीबी डाटा प्याकेजको मासिक शुल्क ६ सय ५० रुपैयाँ राखेको छ । सोही डाटा ५ सय १२ केबीपीएस स्पिडमा लिँदा ८ सय ५० र १ एमबीपीएसमा लिँदा १३ सय ४० रुपैयाँ शुल्क लाग्छ । वाइम्याक्स सेवा कणर्ालीबाहेक मुलुकका १३ अञ्चल ४९ जिल्लामा उपलब्ध हुन थालेको छ । आगामी दुई महिनाभित्र बाँकी स्थानमा पनि सेवा सुरु गर्ने योजना टेलिकमको छ । फोरजी प्रविधिमा आधारित वाइम्याक्स मुलुकमा उपलब्ध सबैभन्दा आधुनिक रहेको टेलिकमको दाबी छ ।




प्रकाशित मिति: २०६९ चैत्र १२ १०:५०(ekantipur)

No comments:

Post a Comment