CAN: Student get 50% Off

Sunday

सूचना प्रविधिबारे जनचेतना फैलाउने उद्देश्यले आगामी बुधबारबाट सुरु हुन लागेको 'मिडास क्यान इन्फोटेक-२०१३' मेला अवलोकन गर्न आउने विद्यार्थीलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुट हुने भएको छ।
बढिभन्दा बढी अवलोकनकर्ता ल्याउनका लागि विद्यार्थीलाई छुट दिने निर्णय भएको मेला आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष विनोद ढकालले जानकारी दिए।
'इन्फोटेकले युवालाई बढी लक्ष्य गरेको छ। धेरैभन्दा धेरै युवा इन्फोटेक अवलोकन गर्न आउन् भन्ने हाम्रो उद्देश्य हो,' ढकालले आइतबार नागरिकसँग भने, 'विद्यार्थी पनि युवा नै हुन्, त्यही भएर उनीहरूलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय भएको हो।'
उनका अनुसार सरकारी विद्यालयका विद्यार्थीलाई भने प्रवेश निःशुल्क हुनेछ। तर, त्यसका लागि विद्यार्थीले आफ्नो विद्यालयबाट सिफारिसपत्र लिएर आउनुपर्छ। सरकारी विद्यालयको सिफारिसपत्र साथमा लिएर आउनेजति सबै विद्यार्थीलाई इन्फोटेक अवलोकन गर्न शुल्क तिर्नुपर्दैन।
'युवाले नै बढी हेर्ने भएकाले सूचना प्रविधिमा आएका पछिल्ला प्रविधि र सामग्री इन्फोटेकमा राखिने छन्,' ढकालले भने, 'जे-जे सामग्री र प्रविधि देख्न पाइन्छ, ती सबै नयाँ नै हुन्छन्।'
इन्फोटेकमा विभिन्न कम्पनी, कर्पोरेट हाउसलगायतका गरी २ सय २० स्टल रहने उनले बताए। ती स्टलमा मोबाइल फोन, ल्यापटप, कम्प्युटर, कम्प्युटर एक्सेसरिज, डेस्कटप कम्प्युटर, सेक्युरिटी डिभाइस, क्यामेरा, पावर ब्याकअप, इन्टरनेट फेसिलिटीलगायत अवलोकन गर्न पाइने उनले जानकारी दिए।
'इन्फोटकेमा राखिएका सामग्री वा प्रविधि खरिद गर्दा कति छुट पाइन्छ भन्ने सबै सम्बद्ध कम्पनी वा स्टलमै भर पर्छ,' उनले भने, 'यसमा क्यानले केही भन्न र गर्न मिल्दैन। हाम्रो काम सूचना प्रविधिबारे सर्वसाधारणलाई बढीभन्दा बढी जानकारी दिनेमात्र हो।'
उनका अनुसार इन्फोटेकको यो १९औं संस्करण हो। लगातार १८ वर्ष इन्फोटेकका सफल आयोजना गर्दै आएको क्यानका अध्यक्ष ढकालले इन्फोटेककै कारण मुलकले सूचना प्रविधि क्षेत्रमा ठूलो फड्को मारेको अनुभव गरेका छन्।
'यसमा निजी क्षेत्रको योगदान सबैभन्दा बढी रहेको हाम्रो ठम्याइ छ,' उनले भने, 'निजी क्षेत्रको योगदान नभएको भए सूचना प्रविधि क्षेत्रमा हाम्रो देश निकै पछाडि पर्थ्यो।'
सन् १९९५ मा थापाथलीस्थित तत्कालीन ब्लुस्टार होटलमा पहिलो पटक आयोजना गरिएको क्यान इन्फोटेकमा २ हजार दर्शकले मात्र अवलोकन गरेको अनुभव उनले सुनाए। तर, अहिले यसमा व्यापक उतारचढाव आएको उनको भनाइ छ।
'पहिलोबाट १८औं संस्करण आयोजना गर्दा दर्शक संख्या बढेर ४ लाख २० हजार पुर्यानउन सफल भयौं,' अध्यक्ष ढकालले भने, 'गत वर्षको संख्यालाई पनि जितेर यसपालि ५ लाख पुर्या उने लक्ष्य लिएका छौं। यति दर्शकले इन्फोटेक अवलोकन गर्छन् भन्नेमा हामी ढुक्क छौं।'
दर्शक जति संख्यामा आए पनि र जतिवटा स्टल भए पनि इन्फोटेक अवधिभर कति रकमबराबरको कारोबार हुन्छ भन्ने हिसाबकिताब क्यानले कहिले पनि नगर्ने उनले जानकारी दिए।
'इन्फोटेकमा यति करोड, उति करोडको कारोबार भयो भन्नुसँग हाम्रो कुने सरोकार हुँदैन,' अध्यक्ष ढकालले भने, 'हाम्रो विशुद्ध उद्देश्य भनेको सूचना प्रविधि क्षेत्रमा भइरहेका उतारचढाव, नयाँ प्रविधिलगायतको सर्वसाधारणलाई बढिभन्दा बढी जानकारी दिने र जनचेतना फैलाउने मात्र हो। र, यसमा हामी सफल भइरहेका छौं भन्ने हाम्रो दाबी हो। वर्षैपिच्छे बढिरहेको दर्शक संख्याले पनि यसलाई पुष्टि गर्छ।'
Source: nagariknews.com

No comments:

Post a Comment