Live News24 Nepal

Live LocalElection 2074

Nepali Unicode Converter

Dobbar Paisa Back

Science Conferences and NAST

Monday
वैज्ञानिक वा विज्ञानको कुरा गर्नासाथ हामी न्युटन, चार्ल्स डार्विन वा अल्बर्ट आइन्स्टाइनको नामबाट सोच्न सुरु गर्छौं जो स्वभाविक पनि हो । यस्ता उच्चस्तरिय वैज्ञानीकहरु नि:सन्देह संसारकै गहना भएपनी उनिहरु त्यस राष्ट्रको र त्यहाँका जनताका लागि पनि आफ्नै गर्वका बिषय बनेका हुन्छन् । नेपालमा धेरै अघिदेखी वैज्ञानिक अनुसन्धान गरेका वैज्ञानिकहरुको खासै अभिलेख नरहेपनी पछिल्ला समयमा बिभिन्न विकसित मुलुकमा गइ अनुसन्धानात्मक कार्यमा आवद्ध रहेका थुप्रै वैज्ञानिक हरुको नाम र उनिहरुले विकसित मुलुकका वैज्ञानिक सरह गरेका कामको चर्चा समय समयमा विभिन्न समाचारका माध्यममा सुन्नमा आईरहन्छ जो स्वयंमा गर्वको कुरो हो । भर्खरै मात्र नेपाल एकेडेमी अफ साईन्स एण्ड टेकनोलोजी (NAST) ले वैज्ञानिक सम्मेलन सम्पन्न गरेको छ ।
नास्टका कुलपती तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आथित्यमा उद्घाटित यो सम्मेलनमा २०० भन्दा बढी सोधपत्रहरु प्रस्तुत गरिएका थिए । नेपालको एकमात्र सरकार आवद्ध विज्ञान र प्रविधिको बिकास गर्न लागिपरेको संस्थाले गरेको यो सम्मेलन सर्हानिय र सम्झना योग्य छ । विभिन्न मुलुक लगायत नेपाली र बिदेशमा अध्ययन अनुसन्धानरत नेपालीहरुले प्रस्तुत गरेका सोधपत्रले नेपालमा वातवरण अनुकुल हुने र नेपाल सरकार विज्ञानको विकासमा सम्बेदनशिल हुने हो भने अबको यस वैज्ञानिक जमातले नेपाल भित्रपनी केहिगर्न सक्ने आँट राख्छ भन्ने स्पष्ट पारेको छ ।
नेपाल विश्वकै एउटा यस्तो भौगोलिक विविधता भएको देश हो जहाँका वनस्पति, शुक्ष्म जिवाणु लगायत अन्य प्राणिका प्रजातीहरु विश्वका अन्य देशमा पाइए पनि तिनिहरु भित्र रहेको तात्विक भिन्नता अन्य देशमा पाइने यिनै वनस्पति, जिवाणु वा प्राणिभन्दा भिन्न हुन्छ जस्को मुल कारण नेपालको भौगोलिक स्वरुप हो । नेपालको उत्तर दक्षिणको २६ देखी ३२ किलोमिटर को चौडाई भित्र समुन्द्रको सतह भन्दा ६० मिटर माथि रहेको झापाको केचना देखि ८,८४८ मीटर अग्लो सगरमाथा अवस्थित छ । यसरी सानो दुरीको फरकमा पनि धरातलिय स्वरुपमा ब्यापक भिन्नता बिद्यमान छ र यही भिन्नताको कारणले यहाँ अवस्थित वनस्पति तथा प्राणिको वासस्थान, खानपिन र बाच्ने पद्धति अन्य मुलुकमा पाईने यस्तै खाले वनस्पति तथा प्राणिभन्दा फरक हुन्छ जुन वैज्ञानिक हिसाबले महत्वपुर्ण मानिन्छ । यसरी नेपालमा विद्यमान आफ्ना मौलिक वनस्पतिका साथसाथै अन्य देशका नेपालमा पाईने प्रजातीहरुको पनि वैज्ञानिक अनुसन्धानका हिसाबले नेपाल उपयुक्त देश मानिन्छ । हाम्रो देशमा रहेका बनस्पतिविद र आयुर्बेद पद्दतिको उचित उपायोग गर्दै सबै किसिमका जडिबुटीको प्रयोग र प्रबर्धन गर्दै जाने हो भने मात्र पनि छोटो समयमा नै नेपालले यस क्षेत्रमा उल्लेखनिय प्रगती र आर्थिक उन्नती गर्न सक्ने निश्चित छ ।
यी वाहेक जलविद्युत अर्को महत्वपुर्ण क्षेत्र हो जसको महत्व स्वयंम नेपाल सरकारले धेरै अघिदेखि बुझ्दै आएपनि त्यसको उचित उपयोग गर्न न सक्नु र जल माफियाको चङुलमा पर्नुले देशका सम्पुर्ण नदिनालाहरु विद्युत उत्पादन गर्ने नाममा दलालहरुको खेल खेल्ने क्षेत्र हुन पुगेका छन् । कृषि उत्पादनमा वैज्ञानिक पद्द्तिको विकास्, खाद्य प्रविधी र हाम्रा परम्परागत खाद्यानको उचित प्रयोग सम्बन्धी अनुसन्धान र प्रयोग लगायत वातावरणीय प्रदुषण, वातावरणमा तापको प्रभाव, हिमनदी र त्यसमा परेका असर लगायतका थुप्रै विषयमा हाम्रो मौलिक पहिचानका साथ अनुसन्धान गर्न सकिने अवस्था विद्यमान छ र त्यसको लागि यो सम्मेलनबाट कम्तिमा एउटा आधार तयार भएको छ ।
यी सम्पुर्ण कार्यको थालनी, तत्सम्बन्धी कार्यदिशा र भर्खरैमात्र देखिएको नेपाली वैज्ञानिकहरुको समुहलाई देशको विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्नेवारे नास्टमा विद्यमान जमातले मन्थन गर्नैपर्ने बेला भएको छ । अबको दिनमा सरकारको सहयोगमा नास्टले केहि नयाँ कार्यक्रमहरु तुरुन्तै तर्जुमा ल्याउनुपर्ने आवश्यकता देखिन्छ, जसका लागि उसले सबैभन्दा पहिले आफ्ना प्राज्ञहरुको उचित उपयोग गर्न सक्नु पर्छ । ती बाहेक देशभित्र र बाहिर रहेका सम्बन्धित विज्ञहरुको निष्पक्ष सूची तयार गरी सम्पुर्ण नेपालीलाई छलफलमा सरिक बनाउनु पर्छ । त्यति पनि गर्न सकिँदैन भने पहिलो चरणमा कम्तिमा आफ्ना प्राज्ञहरुसँग मात्र भएपनि शिघ्र छलफल गरी छलफलबाट निस्केको सारलाई सम्बन्धित मन्त्रालयमा बुझाई विज्ञान र प्रविधिको क्षेत्रमा नास्टको अग्रसरता देखाउनु अत्यावश्यक छ । हालसम्ममा नास्टका प्राज्ञ र सह-प्राज्ञ गरी ४० भन्दा बढी सदस्यहरु आबद्ध छन । उनिहरुको सल्लाह, सुझाब सहित कतिपय अवस्थामा उनिहरुको संलग्नता समेत रहने गरी कार्यक्रमको तय गर्नुपर्ने आवश्यकता छ । पछिल्ला समयमा नास्टले आफ्ना प्राज्ञहरुलाई उचित उपयोग गर्न सकेको जस्तो लाग्दैन । त्यसका पछाडी धेरै कारणहरु हुन सक्छन तर पनि त्यसको पुनर्मुल्याङ्कन गर्ने काम पनि स्वयं नास्टकै हो ।
बिगतमा नास्टका केहि गतिबिधिहरु आश्चर्य लाग्दा छन्र । लगभग एक वर्ष अगाडी विज्ञान तथा प्रविधी मन्त्रालयले नेपालमा बायोटेक सेन्टर खोल्ने निर्णयसँगै तत्सम्बन्धी अवाश्यकपर्ने बजेट लगायतका पुर्वाधार सहितको कार्यपत्रको (Proposal) आव्हान गर्यो । त्यस पछिको घाटनाक्रममा दुइटा कुरा आश्चर्य लाग्दा देखिए । पहिलो, नास्ट स्वयंले एउटा प्राइभेट संस्थाजस्तो गरी आफ्नो कार्यपत्र मन्त्रालयमा बुझायो; दोस्रो नास्टकै केहि प्राज्ञ रहेको एक संस्थाले अर्को कार्यपत्र बुझायो । सबैभन्दा ठुलो नाटक मन्त्रालयमा भयो । आफ्नो देशको सरकारले सुबिधा सम्पन्न गर्दै गएको एउटामात्र विज्ञान तथा प्रविधी प्रतिष्ठान (नेपालको हालको अवस्थामा अन्य संस्थाभन्दा सुविधा सम्पन्न भन्ने अर्थमा) अनि त्यहाँ रहेका विज्ञहरुको जमातलाई यस्तो जिम्मेवारी दिनुको साटो मन्त्रालयले कुनै एउटा नाममात्रको संस्थालाई सो कामको जिम्मा लगायो । त्यसको पहिलो संस्करण सकियो र सायद फाईल अब मन्त्रालयमा थन्किएको होला ।
यहाँनेर तीनवटा पात्रलाई नियालेर हेर्नुपर्ने आवश्यक्ता छ । पहिलो, नास्टले आफ्नै मन्त्रालय बाट हुने यस्ता छलफलमा स्वयंलाई किन सरीक बनाउँदैन जसले गर्दा नास्ट हुँदै आउनु पर्ने कार्यक्रमहरुमा उल्टै उस्ले एउटा छुट्टै बाहिरी संस्थाले जस्तो कार्यपत्र बुझाउनुपर्ने वाध्यता आइपर्छ । दोस्रो, मन्त्रालयमा के तेस्तो सन्जाल छ जसलाई आफ्नै सरकारको उच्च प्राथमिकतामा रहेको नास्टजस्तो संस्थाको प्रयोगशाला र त्यहाँ विद्द्यमान प्राज्ञिक जमातलाई बिर्सेर उनिहरुसँग सर-सल्लाहनै नगरि त्यत्रो ठुलो कार्यको सम्पादन गर्न अगाडी बढ्छ । यसको तालमेल न मिल्नुको पछाडी जिम्मेवार को ? नास्टका नेतृत्वमा रहेका पदाधिकारिहरु वा मन्त्रालयको असहयोगी प्रबृती वा सरकार स्वयंको विज्ञान र प्रविधी प्रतिको अनिच्छा ? वैज्ञानिक वृत्तमा यसको पर्दा खोलिनु पर्छ । सबैभन्दा ठुलो र महत्वपुर्ण तेस्रो विषय, के नास्टका प्राज्ञहरु नास्टलाई सहयोग र सल्लाह दिनुको साटो उसकै प्रतिद्वन्दी जस्तो बनेर नास्टले गर्नुपर्ने कामलाई उछिट्टाएर अर्को कुनै सस्थासँगको आवद्दतामा काम गर्न मिल्छ ? यदी मिल्छ भने, के अब नास्टले आफ्ना प्राज्ञहरुको आचारसंहिता बनाउने र पदावधी तोक्ने बेला भएन ? सायद अहिलेको छलफलको बिषय हुनुपर्ने हो यो बेला यदी नास्टका नेतृत्वमा रहेका पदाधिकारिहरु सच्चिकै विज्ञान र प्रविधिप्रती सचेत छन भने । अन्यथा विद्वतबर्ग नै बरालिन थालेपछि देशको विज्ञान र प्रविधिको निकासमा कसले सहयोग गर्ने अनि बिदेशमा कार्यरत हाम्रा युवा वैज्ञानिकको जमातलाई देश फर्कने शन्देश कसरी दिने, सोच्नु पर्ने बेला भएन र?
धन्यवाद्
डा जनार्दन लामिछाने
काठमाडौं विश्वविद्द्यालय, धुलिखेल् काभ्रे
हाल- भिजिटिङ प्रोफेसर्, सन्मुन विश्वविद्यालय, दक्षिण कोरिया

No comments:

Post a Comment