अब नेपाल पनि एप्पलले आइफोन-५

Friday
एप्पलले आइफोन-५ सार्वजनिक गर्दा संसारका ग्याजेट प्रेमी खुसी भए । नेपालीलाई भने नानो सीम मात्र लाग्ने खबरले दुखी बनायो । नेपाली आइफोन प्रेमीको चिन्ता नेपाली बजारमा आइफोन भित्रिएपछि हटेको छ । आइफोन ४ एस मा भन्दा सजिलै नयाँ भर्सनमा नेपाली मोबाइल प्रदायक कम्पनीको सीम प्रयोग गर्न सकिने भएको छ । त्यति मात्र कहाँ हो र ? आइफोन उत्पादन हुने मुलुक अमेरिकाका बासिन्दाले भन्दा अगाडि नेपालीले बजारमा सिधै आइफोन किन्न पाउने भएका छन् । अमेरिकामा आइफोन लिन चाहनेले मोबाइल सेवा प्रदायक कम्पनीमा फर्म भरेर कुर्नु पर्छ । विश्व बजारमा एप्पलका उत्पादन सार्वजनिक भएको दुई साता नबित्दै नेपालमा भित्रिएको यो पहिलो पटक हो ।

आइफोन-५ पर्खिएका धेरै देशका प्रविधिप्रेमीले दुई साताअघि चलाउन पाएका हन् । त्यो पनि मोबाइल सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा बेचिएका सेटमात्र । ती सेट किन्दा मोबाइल सेवा दिने कम्पनीको सेवा समेत प्रयोग गर्नै पर्ने बाध्यता हुन्छ । यसले गर्दा मोबाइलको मूल्य निकै महंगो पर्न जान्छ ।
नेपाली बजारमा न्युरोडको सिटिभी मोबाइलले आइफोन ५ भित्र्याएको हो । नानो सिम लाग्ने खबरले निराश भए पनि ग्याजेट प्रेमीको क्रेज देखेर सिटीभिका सञ्चालक अलाइभ ग्लाइडरले एउटा सेट झिकाएका थिए । त्यसमा उनले नेपाल टेलिकमको सीमलाई काटेर प्रयोग गरिहेरे । 'सीम काट्न आइफोन ४ मा भन्दा सजिलो भयो, उनले भने, 'आइफोन ५ मा नेपाली मोबाइल कम्पनीका सीम चलाउन समस्या हुँदैन ।'
आइफोन ४ मा समेत सानो साइज (माइक्रो) को सीम लाग्छ । आइफोन हुनेहरूले नेपाली कम्पनीका सीम काटेर प्रयोग गरेका छन् । आइफोन ५ का लागि चिप्स मात्र बाँकी राखेर अरु भाग कैचीले काटे हुने ग्लाइडरले बताए । आइफोन ४ का लागि भने सीम मेसिनले मिलाएर काट्नु पर्छ । नेपाली बजारमा एप्पलको उत्पादनका आधिकारिक बिक्रेता नभएकाले विक्रेताहरुले अन्तराष्ट्रिय बजारबाट ल्याएर बेच्ने गरेका छन् । विदेशबाट आफन्तमार्फत झिकाएर प्रयोग गर्नेहरू त्यतिकै छन् । नेपाली ग्याजेट प्रेमीले आइफोनमा लाग्ने सीम नेपाली मोबाइल कम्पनीका छैनन् भनेर निरास हुनु पर्दैन, उनले भने, हामी सिम लिएर आउनेलाई सेटमा फिट गरेर आइफोन ५ उपलब्ध गराउछौं ।'

नेपाली कम्पनीको सीम प्रयोग गरेर आइफोनको पछिल्लो भर्सन चलाउँदा निकै आनन्द आएको ग्लाइडरले सुनाए । आइफोन ४ एस चलाउँदै आएका उनले नयाँ भर्सन फाइभ निकै पातलो, हल्का र तीब्र गतिमा चलेको अनुभव गरे । फोरएसभन्दा १८ प्रतिशत पातलो छ । सेटको लम्बाइ केही लामो अर्थात स्क्रिन ४ इन्च छ । अघिल्लोभन्दा २० प्रतिशत हलुका भएकाले बोक्न सजिलो छ । 'मोबाइलमा ८ मेगा पिक्सेलको क्यामेरा जडान गरिएको छ, सिटिभीमा बिक्रेताको अनुभव बटुलेका सागर सेगलले सुनाए, पानोरोमिक भ्युमा खिच्ने भएकाले यसको क्लालिटी भने २८ मेगापिक्सेल बराबरको हुन्छ ।
ए सिक्स डअल कोर १.२ गिगाहर्जको प्रोसेसर जोडिएकाले निकै छिटो चल्ने उनको दाबी छ । यसले गर्दा बेब ब्राउजिङ, डाउनलोड दुई गुणा छिटो हुन्छ । कम्पनीले फोर एसको र्‍याम क्षमता २ सय ५६ बाट नयाँ भर्सनमा दोब्बर बनाएर १ जीबीको राखेको छ ।
बजारमा सार्वजनिक हुँदा यसमा अहिले प्रयोग भइरहेको एप्पलका एडप्टरबाट यो चार्ज नहुने बताइएको थियो । यसको एडप्टरको मात्रै २५ डलर तिर्नु पर्ने थियो ।  आइफोन ५ किन्न चाहनेले यसको पनि चिन्ता नगरे हुने भएको छ । पुरानो एडप्टरमा जोडेर चलाउन मिल्ने केबल एप्पलले उत्पादन गरेको छ । त्यसैले पुरानो एडप्टर हुनेले नयाँ फेर्नै पर्ने बाध्यता हुने छैन ।
आइफोन आफ्नै बजारमा यति छिटै किनेर प्रयोग गर्न पाउनु नेपालीहरूका लागि निकै खुसीको कुरा हो हुने खानेहरूका लागि । सर्वसाधारणको पहुँचमा आउन भने केही समय कुर्नै पर्छ । सिटीभीले सुरुमा आइफोन ५ को मूल्य १ लाख १६ हजार रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा सुलभ रूपमा पाउन थालेपछि केही सातामै यसको मूल्य घटने कम्पनीले जनाएको विश्व बजारमा समेत सजिलै नपाइने आइफोन भित्र्याउन निकै संघर्ष गर्नु परेको सिटिभी मोबाइलका ग्लाइडर बताउँछन् । 'बजारमा पाउनै कठिन भयो,' उनले भने, 'कम्पनीले तोकेभन्दा अतिरिक्त रकम तिरेर किन्दा, भन्सारलगायतका कर जोड्दा केही महंगो परेको उनले बताए ।
lnghimire@gmail.com

प्रकाशित मिति: २०६९ आश्विन २५ ०७:१७((कान्तिपुर ))

No comments:

Post a Comment