क्यान सफ्टटेकको तयारी

Sunday
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले भदौ २८ गतेदेखि गर्ने क्यान सफ्ट टेकको तयारी पूरा भएको छ । सफ्टवेयर तथा सोलुसनको क्षेत्रमा भएको नयाँ उत्पादनको प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सुरु भएको मेलामा ३५ कम्पनीको ५१ स्टल रहने क्यानका महसचिव नारायण न्यौपानेले जानकारी दिए । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सञ्चालन हुने पाँचौं संस्करणको मेला ४ दिनसम्म चल्नेछ । आयोजकले सफ्टवेयर क्षेत्रमा नेपालले गरेको विकासका साथै नेपालमा भएको सफ्टवेयर व्यवसायको सम्भावनाको जानकारी पनि मेला मार्फत गराउने जनाएको छ । यस क्षेत्रमा लगानी बढ्न नसकेको तर सम्भावना बढी भएको क्यानका अध्यक्ष सुरेश कर्णले बताए । 'सेवा क्षेत्रमा धेरै ठूलो परिवर्तन ल्याउन सम्भव छ,' उनले भने, 'मेला सफ्टवेयर र सोलुसनमा केन्दि्रत हुनेछ ।' नेपालमा सफ्टवेयर व्यवसाय गर्ने साना कम्पनीले केही वर्ष ठूलो उपलब्धि हासिल गरेको उदाहरण धेरै भएको उनले बताए । 'हामीले सफ्टवेयर आउटसोर्सिङको सम्भावना देखेका छौं,' उनले भने, 'अब नेपालभित्रै पनि सफ्टवेयरको व्यवसाय बढेको छ

No comments:

Post a Comment