४३ हजार घुमे क्यान सफ्टटेक २०१२मा

Tuesday
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा भएको क्यान सफ्टटेक आइतबार सकिएको छ । सफ्वेयर क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सुरु भएको मेला चार दिन चलेको थियो ।
क्यानका अनुसार मेला ४३ हजारले अवलोकन गरेका थिए । सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गरिरहेका सफ्टवेयर उद्योगी, प्रयोगकर्ता, नीति/निर्माता, विद्यार्थीलगायत यस क्षेत्रमा चासो दिने व्यक्तिले मेला अवलोकन गरेको क्यानले जनाएको छ । अन्तिम दिन मात्र ६ हजार ९ सय २५ ले मेला अवलोकन गरेका थिए ।
मेलामा सेवा, व्यापार, शिक्षालगायत विभिन्न क्षेत्रका लागि तयार पारिएका सफ्टवेयर थिए । मेलामा इन्फोडेभ्लपर्सको आई अफिस तथा इम्पावर सफ्टवेयर आकर्षण भएको क्यानको विज्ञप्तिमा उल्लेख छ । मर्कन्टाइलले दुर्गम क्षेत्रमा इन्टरनेट पुर्‍याउन सकिने सानो भिस्याट, वेल्ट्रोनिक्सका नयाँ प्रविधिको लेड पिन्टर, नेपवेयजको एन लोकेटलगायत विभिन्न किसिमका सफ्टवेयर मेलामा थिए । प्रहरीले साइबर कानुनसम्बन्धी जनचेतना प्रदान गर्ने स्टल पनि मेलामा राखेको थियो ।

मेलामा २०१२ मा सूचना प्रविधिमा लगानीका अवसर, सफ्टवेयर स्वतन्त्रता दिवसका अवसरमा भाइरस फ्री कम्प्युटिङ साथै माक्रोफाइनान्सलाई सूचना प्रविधिमैत्री बनाउनेबारे पनि छलफल भयो ।
प्रकाशित मिति: २०६९ आश्विन १ ०९:०४(कान्तिपुर )

No comments:

Post a Comment