इन्जिनियरिङका विद्यार्थीलाई सरकारी परियोजनामा इन्टरर्नसीपको अबसर

Tuesday
संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालयले विभिन्न विश्वविद्यालयमा अध्ययनरत ५ सय जना इन्जिनियरिङका विद्यार्थीलाई सरकारका विभिन्न विकाश परियोजनामा खटाउने भएको छ ।
गुणस्तरीय तथा सक्षम जनशक्तिलाई सरकारी जनशक्तिका रुपमा आकषिर्त गर्ने उद्देश्यस्वरुप मन्त्रालयले यस्तो योजना बनाएको हो । अहिलेका विकाश योजनामा रहेका जनशक्तिको क्षमता तथा कार्यकुशलता सन्तोषजनक नरहेको तथा भ्रष्टाचार समेत व्याप्त रहेको गुनासो बढिरहेको बेला मन्त्रालयले ताजा तथा सक्षम जनशक्तिलाई विकाश परियोजनामा भित्राउने योजना बनाएको रिपब्लिका दैनिकले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले इन्जिनियरिङका विद्यार्थीहरुले अब मन्त्रालयका निर्माण आयोजनाहरुमा ६ महिने इन्टर्न गर्नुपर्नेछ । त्रिभुवन विश्वविद्यालय लगायत अरु विश्वविद्यायका इन्जिनियरिङ कलेजमा अध्ययनरत ५ सय जना विद्यार्थीले पहिलो चरणमा निर्माण आयोजनामा खटाउने योजना रहेको उहाँको भनाइ छ । यसबाट विद्यार्थीको करिअरको विकाशका लागि स्थानीय विकाशमा समेत सघाउ पुग्ने उहाँको भनाइ छ ।
योजना अन्तरगत इन्जिनियर अध्ययनरत विद्यार्थीहरुले जिविस तथा नगरपालिका मातहतका विकाश परियोजनामा काम गर्नेछन् भने ओभरसियर विद्यार्थीहरुले गाउँ विकाश समितिका विकाश परियोजनामा काम गर्नेछन् ।

स्रोत:- अनलाइन खबर डट कम
 

No comments:

Post a Comment