११ अश्लील नेपाली साइट बन्द

Monday
सरकारले अश्लील भिडियो तथा सामग्री भएका ९३ वेबसाइटलाई नेपालमा नखुल्ने गरी ब्लक गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले  अश्लील भिडियो तथा सामग्री भएका ९३ वेबसाइट नेपालमा नखुल्ने बनाउन सबै इन्टरनेट सेवाप्रदायकलाई निर्देशन दिएको बताइन्छ।  पहिलेको लिस्टमा नयाँ गुनासो आएका साइटसमेत थपेर ब्लक गर्न निर्देशन दिइएको प्राधिकरणका सहायक निर्देशक बाबुराम दवाडीले  बताएका छन्। दवाडीका अनुसार भदौ १२ गतेसम्म गुनासो आएका वेबसाइटहरूको लिस्ट इन्टरनेट सेवाप्रदायकलाई पठाइसकिएको छ।

नेपाली युवा-युवतीका यौन गतिविधि इन्टरनेटमा फैलिएर उनीहरूको जीवन नै बरबाद हुन थालेपछि गृहमन्त्रालयले त्यस्ता अश्लील भिडियो  भएका वेबसाइट नेपालमा बन्द गर्न निर्देशन दिएको बताइन्छ। नाम चलेकी एक नायिकाको नाममा खोलिएको वेबसाइटमा उनका साथै अन्य  अश्लील भिडियो रहेकाले प्राधिकरणले त्यसलाई पनि ब्लक गर्न निर्देशन दिएको कुरा सिंहदरबार डटकमले उल्लेख गरेको छ।

गृहमन्त्रालयले इन्टरनेटमा सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अश्लील सामग्री प्रसारण एवं प्रवाह हुने गरेको र तिनले समाजमा विकृति-विसंगतिका साथै आपराधिक गतिविधि बढाएकाले विद्युतीय कारोबार ऐन, २०६३ विपरीत त्यस्ता सामग्रीहरू प्रसारण, प्रदर्शन, बिक्री- वितरण र प्रवाह गर्न निषेध गरिसकेको छ। विद्युतीय कारोबार ऐनले निषेध गरेका त्यस्ता सामग्रीहरू इन्टरनेट सेवाप्रदायकलगायत सम्बद्ध  संस्थाहरूले तिनको प्रसारण, प्रवर्द्धन, वितरण एवं प्रवाह गर्ने कार्य बन्द गर्नुपर्छ। ऐनले निषेध गरेका सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अश्लील सामग्रीहरू प्रकाशन, प्रदर्शन, प्रसारण एवं बिक्री-वितरण गरे दफा ४७ अनुसार १ लाख रुपैयाँ जरिवाना तथा ५ वर्ष कैद  सजायको व्यवस्था छ। त्यस्ताखालका अश्लील सामग्रीहरू कसैले प्रसारण, बिक्री-वितरण एवं प्रवाह गरेको थाहा भए गृहमन्त्रालय, शान्ति  सुरक्षा शाखा, सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र प्रहरी प्रधान कार्यालयमा जानकारी दिन भनेको छ। त्यसरी  जानकारीमा आएका साइट ब्लक गर्न प्राधिकरणले इन्टरनेट सेवा-प्रदायकहरूलाई निर्दशन दिने गरेको छ। नेपालमा ब्लक भएका अधिकांश  अश्लील साइट नेपाली युवा-युवतीका भिडियोले भरिएको बताइन्छ। ब्लक हुने ९३ साइटमध्ये ११ नेपाली छन्। जसमध्ये अधिकांश निःशुल्क खो ल्न सकिने ब्लग हुन्
Sources:-  ekantipur.com

No comments:

Post a Comment