Nepali Information Software and Technology News(NIST News)
🌙

चौथो क्यान इन्फोटेक मेला फागुन १० देखि

कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) कास्कीको आयोजनामा यही फागुन १० गतेदेखि १३ गतेसम्म पोखरा सभागृहमा चौथो क्यान इन्फोटेक मेला हुने भएको छ।
सूचना तथा सञ्चार प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले आयोजित उक्त मेलामा सूचना प्रविधिसँग सम्बन्धित ८० वटा भन्दा बढी कक्षहरू राखिनेछ।    सो मेला ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलामा अन्तर्राष्ट्रिय ब्रान्डका ल्यापटप, डेस्कटप, ब्रान्डेड कम्प्युटर, मल्टिमिडिया प्रोजेक्टर, युपिएसलगायतका सामानहरूको बिक्री तथा प्रदर्शनी गरिनेछ।
मेलाको अवसरमा दृष्टिबिहीनका लागि कम्प्युटर शिक्षा, विद्यार्थीबाट बनाइएको रोबर्ट प्रदर्शनी र कम्प्युटरबाट साउन्ड टेष्टको व्यवस्थासमेत गरिने आयोजक मूल समारोह समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले बताए । रासस