Nepali Information Software and Technology News(NIST News)
🌙

बीईको प्रवेश परीक्षा रद्द, अर्को परिक्षा असोज २० भित्र

त्रिभुवन बिश्वबिद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले गत साउन २७ गते भएको बीईको प्रवेश परिक्षा रद्द गर्दै अर्को प्रवेश परीक्षा असोज २० गतेभित्र गर्ने भएको छ ।
प्रवेश परीक्षा अगावै प्रश्नपत्र आउट भएको भन्दै आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारी र संस्थान डीन कार्यालयवीच गएराती अबेर  भएको वार्तामा नयाँ प्रवेश परीक्षा गर्ने सहमति भएको हो ।
अखिल क्रान्तिकारीका नेवा राज्य समिति संयोजक रामचन्द्र अधिकारीले दिएको जानकारीअनुसार पुरानो परिक्षा रद्द गर्दै नयाँ प्रवेश परीक्षा गर्ने, परीक्षा बोर्ड बिघटन गरि नयाँ परिक्षा बोर्ड गठन गर्ने, प्रश्नपत्र आउट गर्नमा दोषी देखिएकालाई कारवाही गर्न सहयोग गर्ने र कार्यालयमा लागेको ताला खोल्ने ४ बुादे सहमति भएको छ ।
नेपाल सरकार केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिबेदनमा पनि प्रश्नपत्र चुहिएको उल्लेख भएकाले त्यसलाई मान्यता नदिने सहमति भएको त्यसमा संलग्न जो कोहीलाई कारवाही गर्न सहयोग गर्ने सहमति भएको अधिकारीले जानकारी दिनुभयो ।
Sources:- onlinekhabar.com