कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को
१९औं वार्षिक साधारण सभा सम्बन्धि सूचना
कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) को १९ औं वार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा बस्ने भएकाले
विधानमा भएको व्यवस्था बमोजिम सबै सदस्यहरुलाई सहभागिताका लागि ईमेल मार्फत
जानकारी पठाइने साथै यस एशोसिएसनको वेव साईट www.can.org.np मा पनि सूचना
प्रकाशित गरिएको सूचित गर्दछौं । कारणवस कुनै सदस्यहरुले उक्त सूचना नपाए
यसै सूचनालाई आधार मानि उक्त वार्षिक साधारण सभामा उपस्थित हुनको लागि
अनुरोध गर्दछौं ।
साधारण सभाहुने मिति र स्थान
मिति ः २०६९ आश्विन २० गते शनिबार
समय ः विहान ठिक ९ः३० बजे
साधारण सभामा छलफल हुने विषयहरु
१. वार्षिक कार्य प्रगति प्रतिवेदन
क) क्यानको आ.व. २०६८÷०६९ को वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत तथा पारित ।
ख) आ.व. २०६९÷०७० को निमित्त भावी कार्ययोजना प्रस्तुत तथा पारित ।
२. आर्थिक प्रतिवेदन
क) आ.व. २०६८÷०६९ को लेखापरिक्षण प्रतिवेदन प्रस्तुत तथा पारित ।
ख) आ.व. २०६९÷७० को लागि अनुमानित बजेट प्रस्तुत तथा पारित ।
ग) आ.व. २०६९÷०७० को निमित्त लेखा परीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण ।
३) क्यान महासंघीय अवधारणामा छलफल ।
४) कार्यसमितिको निर्वाचन
५) विविध
नोटः
१.
मताधिकारका लागि सदस्यता नविकरण अनिवार्य भएकाले नविकरण गर्नु पर्ने सबै
सदस्य महानुभावहरुले यहि २०६९ आश्विन ५ गते भित्र क्यानको सचिवालय, मैतिदेवीमा आफ्नो सदस्यता नियमानुसार नविकरण गर्नुहुन अनुरोध छ ।
२. संस्थागत सदस्य महानुभावहरुले संस्थाको प्रतिनिधित्व जनाउने पत्र समय भित्र सचिवालयमा बुझाउन र व्यक्तिगत सदस्य महानुभावहले परिचय पत्र साथमा लिई आउन अनुरोध छ । स्थानीय संघ सदस्यहरुलाई नविकरण तथा प्रतिनिधित्व सम्बन्धि पत्र ईमेल मार्फत जनकारी गराईएको छ । यदि सो पत्र इमेल मार्फत नपाइएको भए यसै सूचनालाई आधार मानी क्यान सचिवालयमा सम्पर्क गर्न हुन तथा समय भित्र नविकरण गर्नु हुन अनुरोध छ ।
३.
निर्वाचन तालिका क्यान सचिवालयको सूचना पाटीमा टाँस गरिनेछ । मतदान बाहेक
निर्वाचन सम्बन्धि सबै कार्यक्रमहरु क्यानको सचिवालय मैतिदेवीमा सम्पन्न
गरिनेछ । थप जानकारीका लागि क्यानको सचिवालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।
नारायण न्यौपाने
महासचिव
कम्प्यूटर एशोसिएसन अफ नेपाल (क्यान)
मैतिदेवीमार्ग, काठमाण्डौं, नेपाल ।
फोनः ४४३२७००, ४४२४०४३
Email: info@can.org.np
URL: www.can.org.np
No comments:
Post a Comment