Nepali Information Software and Technology News(NIST News)
🌙

सेक्स पार्टी गर्न खोज्ने पक्राउ फेसबुकबाट

              सामाजिक सञ्जाल साइट फेसबुकमा बुङ्गा बुङ्गा नामको सेक्स पार्टी गर्न सूचना राख्ने ४० वर्षका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार जिल्ला मोरङ हनुमान मन्दिर टोल - ६ विराटनगर स्थायी ठेगाना भई कुमारीगाल (नयाँ बस्ती) बस्ने किर्तन पोखरेल पक्राउ परेका हुन्।
Web hosting
              उनले फेसबुकमा कृशी कृशको नामबाट बुङ्गा बुङ्गा इभेन्ट बनाएका थिए। सो पार्टीमा १० देखि १७ वर्ष उमेरका किशोरीहरु समावेश गरी उनीहरुबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने ब्यक्तिहरुका लागी दुई हजार यूरो खर्च लाग्ने भन्ने सूचना प्रवाह गरेको देखिएको सिआइबीले बताएको छ।

                पोखरेल अन्तर्राष्ट्रिय रुपमा यौन पर्यटन कार्यमा संलग्न रहेको र उनले प्रयोग गरेका इमेलहरुबाट आर्थिक लाभका लागि नग्न तस्विरहरु आदान प्रदान गर्ने गरेको आरोप प्रहरीले लगाएको छ।
प्रहरीले उनलाई कुमारीगालबाट शुक्रबार नै पक्राउ गरेको र विद्युतीय कारोबार ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरिय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ।
अभियोग प्रमाणित भए विद्युतीय कारोबार ऐन अन्तर्गत ५ वर्ष कैद र १ लाखसम्म जरिवाना हुनसक्छ।
साभार:- नागरिक